कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
असोज १०, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले गोरखा २ बाट आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत उक्त क्षेत्रबाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।
गोरखा २ बाट यसअघि तत्कालीन नयाँ शक्ति पार्टीबाट पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले निर्वाचन जितेका थिए । हाल उनी नेपाल समाजवादी पार्टीका अध्यक्ष छन् । उनी यसपटक नेकपा माओवादी केन्द्रको निर्वाचन चिह्न लिएर गठबन्धन उम्मेदवारका रुपमा सोही क्षेत्रबाट निर्वाचन लड्ने तयारीमा छन् । डा. भट्टराईसँग निर्वाचन लड्न आफू तयार रहेको बुर्लाकोटीले बताएका छन् ।
बुर्लाकोटीले नेपाली समाजको लोकतान्त्रिकरण, न्याय र समानताका खातिर नेपाली जनताले गरेका तमाम राजनीतिक एवं सामाजिक आन्दोलनहरूलाई सम्मान गर्दै भ्रष्टाचार, बेथिति, नातावाद, कृपावाद र राजनीतिक वंशवादविरुद्ध उम्मेदवारी दिएको बताएका छन् ।
बुर्लाकोटीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘विगतमा मैले युवा नेतृत्व विकास, युवा सहभागिताको अभियान, नीति वकालत, सुशासन, भ्रष्ट्राचारविरुद्धको अभियान र नागरिक आन्दोलनका माध्यमबाट नेपाली समाजको समग्र पक्षलाई नजिकबाट नियालेको छु । आज हामीजस्तो अर्थ–सामाजिक अवस्थामा बाँचिरहेका छौँ त्यसको मूलकारण भनेको मूलधारका भनिएका राजनीतिक पार्टीहरू र तीनका शीर्ष नेतृत्वको अकर्मण्यता र जनमतप्रतिको बेइमानी हो । मेरा लागि यो उम्मेदवारी केवल चुनावी प्रतिस्पर्धा मात्र होइन । विगत लामो समयदेखि नेपाली राजनीतिमा मौलाएको बेथिति र जनभावना विरुद्धको अराजनीतिक गतिविधिमाथिको विद्रोह हो ।’
बुर्लाकोटीले अहिलेसम्म गोर्खाले नेपाललाई चिनाएको भन्दै उनले अब नेपालले गोर्खा चिन्ने बनाउने अठोट ब्यक्त गरेका छन् । उनले भने, ‘यो यात्रामा तपाईंको अमूल्य सुझाव, साथ र सहयोगको अपेक्षा गरेको छु । आउनुहोस्, हामी आँट गरौँ, देश परिवर्तन गरौँ !’
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
सुत्केरी अवस्थामा मृत्यु भएकी रुपन्देहीको सियारी गाउँपालिका वडा नम्बर ५ की सावित्रा खरेल खनालको परिवार उपचारमा लापरबाही गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने माग लिएर जिल्ला प्रशासन कार्यालय, रुपन्देही पुगेको छ ।...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...