×

NMB BANK
NIC ASIA

राप्रपासँगको वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा रविन्द्र मिश्रको आह्वान

असोज ११, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गर्न लागेका नेता रविन्द्र मिश्रले वैचारिक ध्रुवीकरणमा सहभागी हुन सबैमा आह्वान गरेका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबूकमा लेख्दै मिश्रले आफू एक्लै राप्रपाको एकता प्रक्रियामा जान लागेको नभई सबै सहभागी हुनसक्ने जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मिश्रले राष्ट्रिय सभागृह भृकुटीमण्डपमा बुधवार दिउँसो १ बजे एकता घोषणा कार्यक्रम हुने जनाएका छन् । 


Advertisment
Nabil box
Kumari

उनले लेखेका छन्, ‘चुल्हे निम्ता ! यसबीच संवाद हुन नसकेका कैयौं साथीहरूलाई म मात्र एकतामा संलग्न हुन लागेको हो कि भन्ने भान परेको देखियो । त्यसो होइन । यो वैचारिक ध्रुवीकरणमा इच्छुक सबै साथीहरू सहभागी हुन सक्छन् । केन्द्रीय तहमा तत्काल मिलानको प्रक्रिया शुरू हुनेछ भने तहगत मिलानका लागि एउटा समिति पनि बन्नेछ । बृहत् शक्ति निर्माणमा संलग्न हुन चाहने साथीहरूलाई छाड्ने भन्ने त कुरै भएन । गरेरै छोड्ने हो, परिवर्तन हेरेरै मर्ने हो !’

Vianet communication
Laxmi Bank

एकताका क्रममा मिश्रले राप्रपाको सहअध्यक्ष माग गरेका थिए । राप्रपा नेतृत्व त्यसका लागि तयार भएपछि मिश्र आफ्ना समर्थक लिएर राप्रपा प्रवेश गर्न लागेका हुन् ।

राप्रपा प्रवेशसँग मिश्र काठमाडौं–१ बाट प्रतिनिधि सभाको उम्मेदवार बन्ने बताइएको छ । २०७४ सालको चुनावमा मिश्र सोही क्षेत्रका कांग्रेसका प्रकाशमान सिंहसँग पराजित भएका थिए । 

पछिल्लो समय विचारभन्दा माथि देश भन्दै मिश्रले राजतन्त्र पुनःस्थापनाको अभियान चलाइरहेका छन् ।

उनै मिश्रलाई आगामी चुनावमा काठमाडौं क्षेत्र नम्बर १ मा एमालेले सघाउने संकेत गरेको छ । मिश्र र एमाले अध्यक्ष केपी ओलीका बीचमा चुनावी सहकार्यबारे विस्तृतमा कुरा भइसकेको छ । १ महिनाअघि भएको ओली–मिश्र भेटमा सम्भावित सहकार्यबारे सहमति बनेको मिश्रले निकटस्थहरूसँग बताउने गरेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x