×

NMB BANK
NIC ASIA

एमाले पार्टी कार्यालयमा कमल थापा, चुनावमा साथ पाउनेमा ढुक्क !

असोज १३, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गृह जिल्ला मकवानपुरमा चहल-पहल बढाएका छन् । निर्वाचनकाे मिति नजिकिँदै जाँदा दैनिकजसो पार्टीको चुनावी प्रचार–प्रसारमा व्यस्त रहेका उनी बिहीवार एमाले मकवानपुरको पार्टी कार्यालयमा देखा परे ।  

Muktinath Bank

एमाले र राप्रपा नेपालको साझा उम्मेदवारको रुपमा थापा मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधि सभातर्फ चुनावी प्रतिस्पर्धामा भिड्ने तयारी रहेको चर्चा चलिरहेको छ । यही चर्चाबीच उनको पार्टी कार्यालयमा भएको उपस्थितिले उक्त चर्चालाई केही हदसम्म बल मिलेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार हेटौंडा–५ पुष्पलाल–पार्कस्थित एमाले पार्टी कार्यालयमा भएको विजया दशमी, दीपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा अध्यक्ष थापा सहभागी भएका हुन् । थापाले मकवानपुर क्षेत्र नम्बरबाट प्रतिनिधि सभामा भिड्ने तयारी गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

उक्त क्षेत्रमा बहुदल स्थापनापछि २०४८ सालमा भएको प्रतिनिधि सभाको पहिलो निर्वाचनमा एमाले विजयी भएको थियो । २०५१ सालमा राप्रपा, २०६४ सालको पहिलो संविधान सभामा माओवादी, २०७० सालको दोस्रो संविधान सभामा नेपाली कांग्रेस विजयी भएको थियो । २०७४ सालमा पुनः एमालेले ‘कम ब्याक’ गरेको थियो । एमाले २०४८, २०५६ तथा २०७४ सालमा विजयी भएको थियो । 

Vianet communication
Laxmi Bank

एमालेबाट तीनैपटक कृष्णप्रसाद दाहाल विजयी भएका थिए । २०७४ को निर्वाचनमा कांग्रेस र राप्रपाको गठबन्धन हुँदासमेत प्रतिनिधिसभा निर्वाचनमा राप्रपा अध्यक्ष थापा पराजित भएका थिए । 

गत स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबाट पछि परेको एमालेको आफ्नै पार्टीभित्र आकांक्षीहरू रहेका छन् । उक्त क्षेत्रबाट एमाले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रामेश्वर रानालगायत अन्य नेताहरूले उम्मेदवार बन्ने आकांक्षा व्यक्त गरिरहेका छन् ।

राना भने दुई वटा क्षेत्र रहेको मकवानपुरमा क्षेत्र नं. २ मा बागमती प्रदेश कमिटी उपसचिव महेश बर्तौलालाई छाडेर क्षेत्र नम्बर १ को प्रतिनिधि सभा निर्वाचनमा लड्ने तयारीमा छन् । केन्द्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएका थापाले जिल्लामा पनि एमाले छहारी पाउने संकेत देखिएको छ । योसँगै आफूले निरन्तर विजयी हुँदै आएको सो क्षेत्रमा पार्टीभित्रकै केन्द्रीय नेतृत्व हाबी हुँदा प्रतिनिधि सभा निर्वाचनमा भिड्ने तयारी गरेका आकंक्षीहरू ‘ब्याक’ हुने चुनावी चर्चा शुरू भएको छ । 

सो क्षेत्रमा सत्तारुढ गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र क्षेत्र नं. २ मा एकीकृत समाजवादीका नेता एवं पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा चुनावी प्रतिष्पर्धा गर्ने चर्चा रहेको छ । त्यस्तै, सोही क्षेत्रमा राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को तर्फबाट दीपक सिंहले प्रतिनिधि सभा निर्वाचनमा प्रतिष्पर्धा गर्ने घोषणा गरिसकेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x