पुस २१, २०७९
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
काठमाडाैं | असोज १८, २०७९
दशैं शुरू भइसकेपछि आएको भिसाका कारण खुशी नेपालमै छाडेर विदेशिनुपरेको पीडा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेपालीले पोखेका छन् ।
रोजगारी, अध्ययन र आफन्तसँगको भेटघाटका लागि विदेशिने नेपाली दशैंको टीका छाडेर बाहिरिन बाध्य भएका छन् ।
दशैं बर्सेनि आउने भए पनि समय र अवसर सधैं नआउने भएकाले बाध्यताका कारण विदेशिनुपरेको पीडा विमानस्थल पुगेका यात्रुले पोखेका छन् । परिवारसँग रमाउँदै दशैैं मनाउनुअघि नै लागेको भिसा र तोकिएको समयमा काममा पुग्नुपर्ने बाध्यताले लखेट्यो ।
नुवाकोटका अनिल तामाङ मलेसिया प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुर्याउन गएका आफन्तसँग बिदाइको सेल्फी लिँदै थिए । दशैंको मुखैमा स्वदेश छाडेर वैदेशिक रोजगारीका लागि विदेशिएका तामाङका दाजु २ दिनअघि मात्रै दुबई गए । तामाङ र कान्छो भाइसँगै मलेसिया गएका छन् ।
तीनै जना दाजुभाइ वैदेशिक रोजगारीमा विदेशिँदा घर परिवारका लागि नरमाइलो लागेको उनले बताए । तीनै जना दाजुभाइ दशैंअगाडि विदेशिँदा परिवारका लागि चाडपर्व उजाड लागेको र आफूहरूलाई पनि नरमाइलो अनुभूति भएको तामाङले बताए ।
निःशुल्क भिसामा मलेसिया जान लागेकाले पनि टिकट दशैंभन्दा पर सार्न नमिल्ने भएकाले उनले तोकिएको समयमै कामका लागि पुग्नुपर्नेछ । त्यसैले दशैंको टीकाको २ दिनअघि विदेशिँदा परिवारसहित आफूलाई पनि नरमाइलो लागेको प्रतिक्रिया दिए ।
सिन्धुपाल्चोककी रञ्जना तामाङ पनि दशैंको टीकाअगाडि नै दुबई उडेकी छन् । एकपटक वैदेशिक रोजगारीमा गएर फर्किसकेकी उनी दशैं पछाडि फेरि जाने मनस्थितिमा भए पनि भिसा दशैं अगाडि नै आएकाले गइहाल्नुपरेको बताइन् । दशैंतिहारको मुखमा मम्मी, बुवा, भाइबहिनीलाई छाडेर बाहिर जानुपर्दा पीडा भएको उनको भनाइ छ ।
नुवाकोटकी प्रतिमा राई पनि एकपटक वैदेशिक रोजगारीमा गएर फर्किएकी भए पनि पुनः यो वर्षको दशैं छाडेर गएकी छन् । दुबईमा रोजगारीका लागि जानुअघि राईले भनिन्, ‘परिवारले मिल्छ भने दशैं पछाडिलाई टिकट सार्नु भनेका थिए तर अगाडि नै जानुपर्ने बाध्यता पर्यो ।’
नेपालमा कामै नपाइने र ज्यामी काम मात्रै पाइने, त्यसमा पनि पैसा कम हुने भएकाले पटक–पटक विदेशै जानुपरेको गुनासो उनले पोखिन् ।
मकवानपुरका अनिल तामाङ पनि वैदेशिक रोजगारीका लागि दुबई गएका छन् । उनले पनि बाध्यताले आफू दशैंको मुखमा परिवारका सदस्य छाडेर बाहिरिनुपरेको बताए । उनले भने, ‘स्वदेशमा भए २ दिन पछाडि आउँछु भन्न पाइन्थ्यो होला तर विदेशमा बोलाएको समयमा पुग्नैपर्छ ।’
नेपालमा काम नपाइने र पाइए पनि तलब कम हुने हुँदा खान लाउनै नपुग्ने भएकाले आफूजस्तै धेरै युवा पुस्ता विदेशिन परेको मकवानपुरका तामाङ बताए । उनले दशैंको मुखमा परिवारलाई छाडेर बाहिरिनुपर्दा मनमा भारी पीडा भएको लोकान्तरलाई प्रतिक्रिया दिएका छन् ।
डेढ वर्षदेखि पर्खेर बसेको भिसा दशैंको मुखमा आएकाले इमाडोलकी उषा शर्मा पनि दशैंको टीकाको २ दिन अगाडि विदेशिएकी छन् । उनलाई परिवार र साथीहरूले ‘अलिपछि गए पनि हुन्न ?’ भनेका थिए तर दशैं अगाडि नै भिसा आउनु र उड्न पाउनुले दशैंमा परिवार छाडेर बाहिर जानुपरेको बताइन् ।
शर्माले यो वर्ष नेपालमा बसेर दशैं मनाउनुभन्दा पनि क्यानडा जाने र पुगेकै भोलिपल्ट पतिसँग बसेर आफ्नो जन्मदिन मनाउनुमा आफूलाई ठूलो खुशी लागेको बताइन् ।
सोलुखुम्बुका युगेलदिङरुक शेर्पा भने व्यावसायिक प्रयोजनका लागि चाडपर्वलाई बेवास्ता गरेरै कोरिया गएका छन् । हिन्दूहरूको महान् चाड दशैैंलाई धार्मिक सहिष्णुताको हिसाबले मनाउनुपर्ने भए पनि आफू भने काम विशेषले दशैं अगाडि नै बाहिरिनुपरेको शेर्पाले बताए ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
काठमाडौं महानगरपालिकाले मापदण्डविपरीत बनेका अनधिकृत भौतिक संरचनाहरू भत्काएपछि असरल्ल छाडिएको करिब ४ महिना बितिसकेको छ । भत्काइएका संरचनाको अहिलेसम्म उचित व्यवस्थापन हुन नसक्दा शहर नै कुरुपझैं ...
अर्घाखाँचीको छत्रदेव गाउँपालिका ठूलापोखराका कृष्णप्रसाद पौडेल ६९ वर्षका भए । उनको तौल जम्मा १२ केजी रहेको छ । अर्घाखाँची जिल्लामा उनी शिक्षासेवी र प्रेरक व्यक्तित्वको रूपमा परिचित छन् । विक्रम संवत् २०११ सालमा ...
ध्यान भन्नेबित्तिकै आममानिसको बुझाइ छ, यो केही लामो समयको हुन्छ । तर, ललितपुर निवासी डा. विजय बज्राचार्यले मानिसहरूलाई जम्मा ३ मिनेटमा गर्न सकिने ध्यान सिकाउँदै आएका छन् । शान्ति वन अभियान ‘द व...
महेन्द्र सुवेदीले ३० वर्षअघि काठमाडौंमा रोजगारी खोज्ने सिलसिलामा नर्सरी पेशा अँगाले । विक्रम संवत् २०५० सालको कुरा हो । भर्खरै एसएलसी पास गरेर भोजपुरबाट काठमाडौं आएका बेला भिनाजुको भाइमार्फत नर्सरी पेशामा...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...