![एमालेको समानुपातिक सूची– पहिलो नम्बरमा शंकर पोखरेलकी बहिनी, एकनाथ ढकाल समेत समेटिए [नामावली]](https://lktcdn2.prixacdn.net/media/UML_Election_Banner_mwi1riw3YS.png)
नेकपा एमालेले समानुपातिक बन्दसूचीको पहिलो नम्बरमा पार्टी महासचिव शंकर पोखरेलकी बहिनीलाई राखेको छ ।
शुक्रवार सार्वजनिक भएको १०९ जनाको सूचीमा सरिता भुसाल दोस्रो, शोभा ज्ञवाली तेस्रो र विजुला रायमाझी चौथो नम्बरमा छन् । अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नाम नवौं नम्बरमा छ ।
खस आर्य पुरुषतर्फ रघुजी पन्तको नाम १ (समग्रमा १८) नम्बरमा छ । त्यसपछि परिवार दलका अध्यक्ष एकनाथ ढकालको नाम छ । परिवार दलले सूर्य चिह्नमा मत माग्ने गरी एमालेसँग सहकार्य गरेको छ ।
ढकाल तिनै पात्र हुन्, जो होली वाइन प्रकरणमा जोडिएका नेपालका मुख्य व्यक्ति हुन् ।
आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा नैनकला थापाको नाम छ । थापा पार्टी उपाध्यक्ष रामबहादुर थापा बादलकी पत्नी हुन् ।
कुल ११० जनासम्मको नाम बुझाउन सकिने भएपनि एमालेले १०९ जनाको नाम बुझाएको छ ।
हेर्नुहोस्, सूची :