×

NMB BANK
NIC ASIA

रोल्पामा वर्षमान पुनको उम्मेदवारी दर्ता

असोज २३, २०७९

NTC
फाइल फोटो
Premier Steels

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ले रोल्पामा प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । 

Muktinath Bank

पुनले सत्तारुढ गठबन्धनका तर्फबाट लिवाङस्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा वारेसमार्फत उम्मेदवारी दर्ता गराएका हुन् ।
 
पुनका तर्फबाट माओवादी रोल्पा संयोजक गुणेन्द्र घर्तीमगरले उम्मेदवारी दर्ता गराएका थिए । पुनको उम्मेदवारीको समर्थकमा रोल्पा नगरपालिकाका निवर्तमान प्रमुख पूर्ण केसी र समर्थकमा माओवादी लुम्बिनी प्रदेश परिषद्का सदस्य भानबहादुर घर्ती छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलका सदस्य समेत रहेका पुनले व्यस्तताका कारण उम्मेदवारी दर्तामा आफैं उपस्थित हुन नसकेको बताए । ‘राष्ट्रिय राजनीतिक जिम्मेवारीका कारण उम्मेदवारी दर्तामा सहभागी हुन सकिनँ । गएराति अबेरसम्म पनि कतिपय निर्वाचन क्षेत्रको सिट बाँडफाँटको काममा व्यस्त थिएँ,’ पुनले भने, ‘फेरि एकपटक रोल्पाली जनताको प्रतिनिधिका रूपमा काम गर्न मैले उम्मेदवारी दिएको छु ।’


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभामा १ मात्र निर्वाचन क्षेत्र रहेको रोल्पाबाट पुन यसअघि २०७४ सालमा निर्वाचित भएका थिए । उनी २०६४ सालको संविधानसभा निर्वाचनमा ललितपुर–१ बाट निर्वाचित भएका थिए । प्रदेश सभातर्फ भने प्रदेश (१) बाट माओवादीका जोखबहादुर महरा र (२) बाट कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दर्ता गराएका छन् ।

Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x