×

NMB BANK
NIC ASIA

गठबन्धनको सकस

जसपाका ४ मन्त्रीको जिम्मेवारी खोस्ने प्रधानमन्त्रीको तयारी

असोज २५, २०७९

NTC
Premier Steels

प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट सरकारमा सहभागी मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका छन् । नेकपा एमालेसँग चुनावी गठबन्धन गरेको जसपाका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाउन लागिएको कांग्रेस उच्च स्रोतले जानकारी दियो ।

Muktinath Bank

सत्ता गठबन्धनमा छलफल गरेर जसपा मन्त्रीहरूको जिम्मेवारी खोस्ने तयारी गरेका हुन् । यसबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक मंगलवार बालुवाटारमा बस्दैछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देउवा सरकारमा जसपाका चार मन्त्री छन् । संघीय मामिला तथा स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठ, शहरी विकासमन्त्री मोहमद इस्तियाक राई, वनमन्त्री प्रदीप यादव र कृषिमन्त्री मृगेन्द्र सिंह यादवको जिम्मेवारी खोस्ने तयारी गरिएको हो । 


Advertisment
Nabil box
Kumari

निर्वाचन आचारसंहिताका कारण मन्त्रिमण्डल विस्तार गर्न नमिल्ने र मन्त्रीलाई बर्खास्त गर्न नमिल्ने भएका कारण उनीहरूको जिम्मेवारी खोस्ने तयारी भएको कांग्रेस स्रोतले बतायो । 

Vianet communication

२०७४ सालमा माओवादीले एमालेसँग चुनावी तालमेलको निर्णय गरेपछि त्यो बेला पनि माओवादीका मन्त्रीहरूलाई जिम्मेवारीबिहीन बनाइएको थियो । मन्त्रीहरूले राजीनामा नगर्दासम्म बखास्त गर्न नमिल्ने भएकोले जिम्मेवारी खोस्न लागिएको स्रोतले बतायो ।

‘आचारसंहिताका कारण मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेकोले विगतमा जस्तै मन्त्रीहरूको जिम्मेवारी खोस्न लागिएको हो’ स्रोतले लोकान्तरसँग भन्यो । २०७४ सालमा माओवादी मन्त्रीको जिम्मेवारी खोसिएपछि विनाविभागीय हैसियतमा मन्त्रीहरू झण्डा हल्लाउँदै चुनाव प्रचारमा गएका थिए । 

गठबन्धनको बैठकमा मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गठबन्धनमा भएको सहमतिबेगर गरिएका बागी उम्मेदवारीलाई मान्यता नदिनेबारे निर्णय हुने माओवादीका एक नेताले जानकारी दिए । आइतवार भएको मनोनयनमा कतिपय स्थानमा गठबन्धनबाटै बागी उम्मेदवारी परेको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x