×

NMB BANK
NIC ASIA

मोरङमा ११ जनाले फिर्ता लिए उम्मेदवारी

असोज २६, २०७९

NTC
Premier Steels

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि मोरङमा ११ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

Muktinath Bank

मोरङमा २२७ जनाले उम्मेदवारी दर्ता गरेका थिए । प्रतिनिधि सभा सदस्यतर्फ ३ जना र प्रदेश सभा सदस्यतर्फ ८ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङले जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मुख्य निर्वाचन अधिकृतको कार्यालय मोरङका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का राजु मण्डल राजवंशीले मोरङ क्षेत्र नं. ६ को प्रतिनिधि सभा सदस्यका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन् । काग्रेसका नेता डा. शेखर कोइरालालाई समर्थन गर्दै उनको उम्मेदवारी फिर्ता लिएका हुन् । 


Advertisment
Nabil box
Kumari

यसैगरी सुजाता थापाले मोरङ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा दिएको उम्मेदवारी पनि फिर्ता लिएकी छन् । उनी स्वतन्त्र उम्मेदवार थिइन् । मोरङ क्षेत्र नं. ४ बाट गोकुलप्रसाद पोखरेलले दिएको स्वतन्त्र उम्मेदवारी पनि फिर्ता लिएका छन् । 

Vianet communication

नेकपा एकीकृत समाजवादी पार्टीका दुई जना नेताले उम्मेदवारी फिर्ता लिएका छन् । एकीकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य महेश रेग्मीले मोरङ क्षेत्र नं. ४(२) बाट प्रदेश सभामा उम्मेदवारी दिएका थिए । उनको उम्मेदवारीले सत्ता गठबन्धन तथा एमालेका उम्मेदवारलाई पनि असर पर्ने अनुमान गरिएको थियो । रेग्मी मोरङ क्षेत्र नम्बर ४ मा लोकप्रिय मानिन्छन् । यस क्षेत्रमा सत्ता गठबन्धनबाट कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुली चुनावी मैदानमा छन् । 

एकीकृत समाजवादी मोरङका प्रवक्ता वसिम आलमले मोरङ क्षेत्र नं. ६(२) मा दिएको उम्मेदवारी उम्मेदवारी फिर्ता लिएका छन् । यस क्षेत्रमा पनि कांग्रेसका केदार कार्की उम्मेदवार छन् । 

यसैगरी मोरङ क्षेत्र नं.१(२) मा उम्मेदवारी दिएका डिल्लीराम शर्मा अधिकारी, मोरङ क्षेत्र नं. ३(२) का तिलकप्रसाद राई, कञ्चनकुमार बुढाथोकी, मोरङ क्षेत्र नं. ५(२) का भुराज राई, मोरङ क्षेत्र नं. ६(२) बाट जीवनकुमार गुप्ता र सुरेशकुमार श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका छन् । उनीहरू सबै जनाले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका अनुसार संघतर्फ ६ र प्रदेशतर्फ १२ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा २१४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि सभातर्फ १०५ र प्रदेशमा १०९ जनाले उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएकामध्ये मोरङ क्षेत्र नं. १(१) का स्वतन्त्र उम्मेदवार प्रेम बर्देवा र मोरङ क्षेत्र नं. २(१) बाट जनमत पार्टीबाट उम्मेदवारी दिएका दीपेन्द्रकुमार चौधरीको उम्मेदवारी निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको छ । बर्देवा कालोसूचीमा परेको र चौधरीले स्थानीय तहको निर्वाचनमा उम्मेदवार बने पनि खर्च विवरण भने तोकिएको समयमा बुझाएका थिएनन् । 

मत परिणाम आएको ३० दिनभित्रमा आयोगमा खर्च विवरण बुझाउनु पर्ने कानूनी बाध्यता रहेको छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x