×

NMB BANK
NIC ASIA

कस्तो छ चलचित्र ‘दुई नम्बरी’ ?

असोज २७, २०७९

NTC
Premier Steels

गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले यतिबेला हलमा राम्रो व्यापार गरिरहेको छ ।

Muktinath Bank

दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको उल्लेखनीय सहभागिता छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकांश दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिईरहेका छन् । 


Advertisment
Nabil box
Kumari

बिहीवार पनि चलचित्र हेर्न दर्शकको उपस्थिति उल्लेखनीय नै देखिन्छ । 

Vianet communication

कस्तो छ फिल्म ? 

दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्र ‘दुई नम्बरी’ दुई मिल्ने शिकारी साथीको कथा हो ।

चलचित्रको मुख्य विषयवस्तु भने वन्यजन्तुको गैरकानुनी शिकारलाई बनाइएको छ ।

छिरिङ (दयाहाङ राई) र हिमाल (सौगात मल्ल) मिल्ने साथी हुन्छन्, जो बन्यजन्तुको सिकारमा रुची राख्छन् । 

एकअर्काको लागि जे पनि गर्न तयार हुने उनीहरू जंगली जनावर मारेर बेच्छन्, र आ–आफ्नो जीविकोपार्जन गर्छन् । 

उनीहरूको जीवनमा दुई युवतीको प्रवेशपछि आउने परिवर्तनको वरिपरि चलचित्र घुम्छ । 

दुईमध्ये हिमालको जीवनमा पहिल्यैदेखि एक युवती छिन, बाली (उपासना सिंह ठकुरी) । 

यता, छिरिङको जीवनमा पनि एक युवती उगेन (उगेन छोदेन)को प्रवेश हुन्छ्, जो भुटानबाट गाउँ आएकी हुन्छिन् ।

दुई मिल्ने साथी, उनीहरूले गर्ने वन्यजन्तुको सिकारी काम, युवतीसँगको प्रेमसम्बन्ध यही वरिपरी चलचित्र घुमेको छ । 

चलचित्रमा अर्का पात्र अभिनेता बुद्धि तामाङ पनि विशेष भूमिकामा देखिएका छन् । 

उनले उपस्थिति दर्शकका लागि हाँस्यरस बनेको छ । 

कमेडी धारमा निर्माण गरिएको चलचित्रले अन्त्यमा सन्देश प्रवाह गरेको छ । 

सामान्य त दुई नम्बरी भन्नेबित्तिकै गलत तरिकाले काम गरेर पैसा कमाउने बुझिन्छ । 

चलचित्रमा ‘दुई नम्बरी’को दुईवटा अर्थ देखाइएको छ । 

पहिलो, वन्यजन्तुको शिकार गरेर तस्करी गर्नु दुई नम्बरी काम हो । 

दोस्रो, दुईजना मिल्ने साथीहरूको मित्रतालाई पनि दुई नम्बरी भनिन्छ । 

चलचित्रको कथा सामान्य तर सन्देशमूलक छ । 

पटकथा राम्रो लाग्छ । संवादहरू रमाइला छन् । कलाकारहरूले पनि राम्रो अभिनय गरेका छन् । संगीत पक्ष भने औसत मात्रै छ ।

विशेष गरि रमाइलो चलचित्र मन पराउने दर्शकलाई २ नम्बरीले २ घण्टा ५ मिनेट हलमा बाँधेर राख्न सफल देखिन्छ ।  

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x