×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद : आईटीएफ तेक्वान्दो शनिवारदेखि

असोज २८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शनिवारदेखि शुरु हुने आईटीएफ तेक्वान्दोको सबै तयारी पूरा भएको छ । सदरमुकामस्थित बाङ्गेचौर कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि पूर्वाधार र व्यवस्थापकीय तयारीका काम सकिएको जनाइएको छ ।

Muktinath Bank

खेलस्थल सुधार, सामग्री व्यवस्थापन, साजसज्जादेखि खेलाडी, प्राविधिकलाई आवाससम्मको प्रबन्ध भइसकेको आईटीएफ तेक्वान्दोका केन्द्रीय सचिव एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका अनुसार शनिवार मध्याह्न विशेष समारोहमा प्रतियोगिता शुरु गरिनेछ । त्यसअघि सांस्कृतिक झाँकी, बाजागाजासहित खेलाडी, प्राविधिक, आयोजक र खेलप्रेमी सम्मिलित र्‍यालीले बागलुङ बजार परिक्रमा गर्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘उद्घाटन समारोहलाई भव्य र आकर्षक बनाउने तयारीमा छौँ, जिल्लाको पहिचान झल्काउने झाँकी तथा सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ’, नगरउपप्रमुख खड्काले भने, ‘जिल्लामा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेकाले यो हाम्रा लागि गौरव र आत्मसम्मानको विषय हो ।’


Advertisment
Nabil box
Kumari

प्रतियोगिता व्यवस्थापनका लागि नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय समिति व्यवस्थाकीय तयारीका काममा सक्रिय छ । कभर्डहलसँगै खुला मैदानमा पनि प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । कात्तिक २ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका गरी दुई सय ५० खेलाडीले भाग लिनेछन् ।

Vianet communication
Laxmi Bank

खेलाडीसहित ४५ रेफ्री, प्रत्येक टिमका प्रशिक्षक, अफिसियल, प्राविधिकलगायत गरी झण्डै तीन सय ५० जना प्रतियोगितामा सहभागी हुनेछन् । अधिकांश टिमका खेलाडी र प्राविधिक बिहीबार नै जिल्लामा आइसकेको प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।

गण्डकी प्रदेशका आईटीएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताउनुभयो । विभिन्न उमेर र तौल समूहका खेलाडीले खेलमा प्रतिस्पर्धा गर्नेछन् । प्रशिक्षक घर्तीमगरका अनुसार हरेक टिमबाट २५ खेलाडीले प्रतियोगिता खेल्नेछन् । आइटिएफ तेक्वान्दोमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । 

नवौँ राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा भए पनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन् । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए । 

खेलाडीलाई नजिकका गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उनको भनाइ छ । ‘राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ’, उपाध्यक्ष केसीले भने, ‘देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ ।’ 

प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो । चार दशकपछि पोखरामा दोस्रोपटक आयोजित राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङसहित धवलागिरि क्षेत्रका तीन जिल्लामा चार खेल हुँदैछन् । म्याग्दीमा महिला भलिबल, तेक्वान्दो र पर्वतमा कराते प्रतियोगिता आयोजना गरिएको छ । रासस
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x