×

NMB BANK
NIC ASIA

हिङ्ग धेरैले सुनेको नाम र परिचित मसला पनि हो । धेरैको घरको भान्सामा हिङ्ग हुनुपर्छ तर हिङ्ग केबाट बन्छ र कहाँबाट आउँछ भन्ने ज्ञान धेरै कमलाई थाहा छ ।

Muktinath Bank

हिङ्गले तिखो स्वाद दिने मात्र होइन, यसका स्वास्थ्य सम्बन्धी अनगिन्ती फाइदा छन् । औषधीय विज्ञानमा मात्र नभई व्यावसायिक पाककलामा पनि हिङ्गले अभिन्न हिस्सा ओगटेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हिङ्गको विषयमा कुरा गर्दा यो बहुउपयोगी विभिन्न प्रकारका विशाल सौंफको गम हो, जसमा प्राकृतिक रूपमा बलियो र तिखो गन्ध हुन्छ । हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो भन्ने कथनझै हिङ्ग नहुँदा पनि धेरै समयसम्म हिङ्गको गन्ध रहिरहने हुनाले परापूर्वकालदेखि यसको महत्त्व छ । 


Advertisment
Nabil box
Kumari

काठमाडौंका नेवार समुदायको किचन हिङ्ग विना अधुरो रहन्छ । भोजभतेरको दाल होस् या अन्तमा खाने पाउचामा पनि हिङ्ग नभई हुँदैन । मासुमा पनि त्यत्तिकै प्रयोग गरेको पाइन्छ । हुँदाहुँदा पछिल्लो समय होटल रेस्टुरेन्टका लागि यो अभिन्न मसलाको रूपमा किचनका सेफको साथी भइसकेको छ । प्याज, लसुन नखाने वा नखानेहरूका लागि यो धेरै उपयोगी मसला हो, किनकि यसले खानामा समान गहिराइ र स्वाद थप्छ । वास्तवमा जैन र ब्राह्मण भारतीयहरू जसलाई लसुन र प्याज खान प्रतिबन्ध लगाइएको छ, तिनीहरूले यसलाई खाना पकाउन धेरै प्रयोग गरेको पाइन्छ ।

Vianet communication

के हो त हिङ्ग ?

हिङ्ग एउटा फेरुला वर्गका केही बहुवर्षीय पोथ्राहरूको जराबाट निकालिने औषधीय गुण भएको खोटो हो । यो प्रजातिको वनस्पति अफगानिस्तानको हिमाली क्षेत्रको रैथाने वनस्पति हो र यसको खेती यस आसपासका भारतीय तथा इरानी भूभागहरूमा गरिन्छ । जडिबुटीहरू १ देखि १.५ मिटर लामो हुन्छ । तिनीहरू सेलेरी परिवारमा पर्ने वनस्पति हुन् । उत्तर अफ्रिकी बिरुवा अहिले लोप भइसकेको मानिन्छ र शास्त्रीय पुरातनताको ऐतिहासिक रूपमा महत्त्वपूर्ण जडिबुटीको सस्तो विकल्पको रूपमा प्रयोग गरिएको पाइन्छ ।

औषधीय प्रयोजनभन्दा पनि पाककलामा हिङ्ग लोकप्रिय हुँदै गएको छ । विभिन्न रोगहरूको निदान गर्न प्रयोग गरिने हिङ्ग भारतको हिमाञ्चल प्रदेशमा केही खेती हुने भए तापनि ९५ प्रतिशत हिङ्ग भारतले पनि बाहिरबाट आयात गर्दछ । खोटोको रूपमा आउने हिङ्ग पछिल्लो समय पाककलामा व्यापक रूपमा व्यावसायिक रूपमा प्रयोग हुन थालेपछि धुलोको रूपमा विभिन्न ब्रान्डमा उपलब्ध हुन थालेको छ । उत्तरी भारतको पकवान परिकारभन्दा अझ धेरै दक्षिणी भारतको पकवान परिकारमा धेरै हिङ्ग प्रयोग गरेको पाइन्छ ।

भोटे लसुन वा प्याजका अन्य नातेदारहरूको सम्झना दिलाउने तिखो स्वाद हुने हिङ्गलाई अंग्रेजीमा शैतानको गोबर भनेर पनि चिनिन्छ । पेट मडारिने, घोच्ने, दुख्ने, दिसा लाग्ने, कान दुख्ने, पेटमा अधिक ग्यास भएमा, पिप आउने, खटिरा आउने, कम्मर दुख्ने जस्ता यावत् समस्याका लागि हिङ्ग औषधिको रूपमा प्रयोग गरिन्छ । हिङ्गमा भिटामिन, क्याल्सियम, आइरन, एन्टिअक्सिडेन्ट, एन्टीभाइरल गुण हुन्छ । फाइदा गर्छ भनेर कुनै पनि कुराको बढी सेवन भने हानिकारक हुन सक्छ । गर्भवती हुँदा, शरीर सुन्निने समस्या भएमा, टाउको दुख्दा, छालामा समस्या हुँदा भने सकेसम्म हिङ्ग सेवन नगर्दा उत्तम मानिन्छ ।

के–के खानामा हिङ्गको प्रयोग हुन्छ ?

भारतीय प्रसिद्ध पाककला लेखिका तरला दलालले हिङ्ग प्रयोग गरेर १४२५ रेसिपी तयार गरेकी छन् । उनको रेसेपीबाट पनि प्रस्ट हुन्छ कि खानामा हिङ्गको प्रयोग कति मात्रामा प्रयोग गरिन्छ भनेर । भारतीयहरूले अत्यधिक मात्रामा शाकाहारी परिकारमा हिङ्गको प्रयोग गरे तापनि मांसाहारी परिकारमा पनि यसको प्रयोग कम छैन । हिमाञ्चल र पञ्जाबमा धेरै मासुको आइटममा हिङ्गको प्रयोग गरिन्छ । केरला र मद्रासी खानाका परिकारमा पनि हिङ्ग अनिवार्य जस्तै छ । दाल, तरकारी, माछा, मासु जेमा हालेर पकाउँदा पनि हिङ्गले छुट्टै खालको तिखो स्वाद थपिदिन्छ । खानामा हिङ्ग प्रयोग गर्दा तेलमा प्याज, अदुवा, लसुन फुराउने समय या खुर्सानी पड्काउने समयमै फुराउनु उत्तम हुन्छ ।

लसुन, प्याज नखाने ब्राह्मण जातले पनि हिङ्ग हालेर खानामा स्वाद थप्ने काम गरेका हुन्छन् । खिचडी, पुवा, अचार, करी, ढोकला, पुलाउ, बिर्यानी, रसम, चाट जेमा फुराएर खाए पनि हिङ्गले उत्तम स्वाद दिन्छ । गुजराती र राजस्थानीहरूले पनि हिङ्गको स्वाद खुब मन पराउँछन् । नेपालमा पनि हिङ्गको प्रयोग व्यापक बढेको छ । पहिला–पहिला नेवारी समुदायले भोज खाएपछि पचाउन सहयोग गर्छ भनी लप्सिको माडको पाउमा हिङ्ग र मेथी झानेर खाने चलनबाट शुरू भएको हिङ्ग पछिल्लो समय सबैजसोको घरमा हिङ्ग एक अभिन्न मसलाको रूपमा प्रयोग हुन थालेको छ । होटल रेस्टुरेन्टहरूले पनि हिङ्ग नियमित रूपमा धेरै परिकारमा प्रयोग गर्ने गर्छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ५, २०७८

आमाले मलाई ‘तलाई त मोटोघाटो राम्रो देखिन्छ’ भन्नुहुन्थ्यो । हजुर आमा बितेर जानुभयो, उहाँले पनि त्यस्तै भन्नुहुन्थ्यो । सानोमा म दुब्लो–पातलो नै थिए । मेरो नाति खान नपाएजस्तो ‘मरनच्यास...

फागुन ७, २०८०

कम्यूनिस्टहरूको चौघेराभित्र बाल्यकाल बिताएको भएर होला, सानै उमेरदेखि मैले कांग्रेस कार्यकर्तालाई कांग्रेसी भनेको सुनेको थिएँ । अलि होच्याएर, अलि नमीठो गरेर यी कांग्रेसीहरू भनेर सम्बोधन गर्ने गरेको.... । उमे...

असार २५, २०७९

सातु नेपालीहरूको धेरै पुरानो र मौलिक परिकार हो । सातु बिहानको खाजा मानिने भए तापनि पछिल्लो समय यसलाई बिहान, दिउँसो, साँझ कुनै पनि समय खान थालिएको छ । कुनै समय सातु भनेर हेप्ने यो परिकार अति स्वास्थ्य...

मंसिर ८, २०८०

दुई वर्षअघि नेपाल पीएचडी एसोसिएसनको काठमाडौंमा भएको साधारणसभाले नयाँ कार्यसमिति बनायो । म कोषाध्यक्षमा निर्वाचित भएँ । मैले कार्यसमितिका साथीहरूको सामूहिक तस्वीरसहित ट्विटर र फेसबूकमा यो विषय पोस्ट गरें । त्...

पुस ९, २०७९

नेपालमा गुद खाने चलन धेरै कम छ । कारण – यसको स्वास्थ्य सम्बन्धी गुण नबुझेर हुनसक्छ । हामीले गुद खाने भनेको मात्र गुदपाक हो र जुन निकै प्रसिद्ध मिठाइको रूपमा पनि चिनिएको छ । कसैलाई कोशेली लानुपर्&zwj...

माघ ८, २०८०

राज कुमार गजुरेल विदेशको सुखसयल र सुख सुविधा छोडेर बेलायती लाहुरे चामबहादुर पुन गाउँ फर्किए । सपरिवार बेलायतमा रहे पनि चामबहादुर नेपालमै भेटिन्छन् । गाउँको सेवा गर्न समुन्द्रपारि (...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x