×

NIC ASIA

निर्वाचन केन्द्रित अभियानलाई तिव्रता दिँदै राजनीतिक दल

असोज २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

प्रमुख राजनीतिक दलले काठमाडौं उपत्यकाका विभिन्न निर्वाचन क्षेत्रमा आफ्नो चुनावी अभियानलाई तिव्रता दिएका छन् । काठमाडौं उपत्यकामा प्रतिनिधि सभातर्फ १५ निर्वाचन क्षेत्र छन् । यस्तै प्रदेश सभातर्फ ३० निर्वाचन क्षेत्र छन् । सत्तारुढ गठबन्धन र विपक्षी गठबन्धनले आआफ्नै शैलीमा चुनावी अभियानलाई तीव्र पारेका हुन् ।

Muktinath Bank

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई केन्द्रमा राखेर दलले मतदातासँग मत माग्नेदेखि, उम्मेदवार परिचय तथा कार्यकर्ता परिचालन शुरु गरेका छन् । प्रतिनिधि सभातर्फ काठमाडौं क्षेत्र नं २ मा शनिवार वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार परिचयको कार्यक्रम आयोजना गरियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सत्तारुढ गठबन्धनका उम्मेदवारको परिचय तथा निर्वाचन क्षेत्र केन्द्रित योजनाका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा(एकीकृत समाजवादी)सँग आबद्ध नेता तथा कार्यकर्ताले संविधानको रक्षाका खातिर भएको गठबन्धनले नै देश र जनताको हित गर्ने धारणा राखेका थिए ।


Advertisment
Nabil box
Kumari

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्वसांसद दिपक कुइँकेलले लोकतन्त्र, संविधान र राजनीतिक व्यवस्थाको रक्षाका लागि पनि गठबन्धन नै सही भएको र नेपाली जनताले विजयी गराउने बताए । 

Vianet communication

सो क्षेत्रमा सत्तारुढ गठबन्धनका तर्फबाट पूर्वसभामुख ओनसरी घर्ती उम्मेदवार छन् । कार्यक्रममा उम्मेदवार घर्तीले संविधान सभाबाट संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनाका लागि पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र तत्कालीन नेकपा(एमाले)का महासचिव माधवकुमार नेपालको भूमिका महत्वपूर्ण रहेको स्मरण गर्दै सोही जगमा वर्तमान गठबन्धन तयार भएको बताए । 

वाम लोकतान्त्रिक गठबन्धन रामेछापले शनिवार यहाँ आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई संविधानसम्मत बाटोमा हिँडाउने काम वर्तमान सत्तारुढ गठबन्धनले गरेको बताए । उनले संविधान विरोधी तत्वलाई पराजित गर्नका लागि पनि वाम लोकतान्त्रिक गठबन्धनको विजय जरुरी रहेको धारणा राखे । 

रामेछापमा वाम लोकतान्त्रिक गठबन्धनकोतर्फबाट कांग्रेसका पूर्णबहादुर तामाङ प्रतिनिधि सभातर्फ  उम्मेदवार छन् भने प्रदेश सभातर्फ माओवादीका तारानारायण श्रेष्ठ र युवराज चौलागाईं उम्मेदवार छन् । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभामा कैलाश ढुंगेल र प्रदेशमा शान्ति पौडेल र मिलन घिसिङ उम्मेदवार छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x