मंसिर २, २०८०
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
शुक्रवारदेखि प्रदर्शनमा आएको सन्तोष पन्तको चलचित्र ‘हिजो आजका कुरा’ले बक्स अफिसमा निराशाजनक ओपनिङ गरेको छ । उल्लेख्य शोजसहित प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको उपस्थिति न्यून देखिएको हो ।
चलचित्रले शुक्रवार र शनिवार निराशाजनक व्यापार गरेको छ । यद्यपि, निर्माण टिमले चलचित्रको ओपनिङ कलेक्सन सार्वजनिक गरिसकेको छैन । हल सञ्चालकहरू शुक्रवार र शनिवार पनि चलचित्र हेर्न दर्शकको उपस्थिति न्यून रहेको बताउँछन् । आइतवारदेखि दर्शकको संख्या अझ घट्दो अवस्थामा छ । उल्लेखनीय दर्शक नपाएसँगै मल्टिप्लेक्स हलहरूले आइतवार चलचित्रको शो संख्यामा भारी कटौती गरेका छन् ।
नयाँ रिलिज ‘हिजो आजका कुरा’भन्दा अघिल्लो साता प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’मा धेरै दर्शकहरू रहेको हल सञ्चालकहरूको भनाइ छ । राजधानीमा रहेको क्युज सिनेमाजका प्रबन्ध निर्देशक सुमित मैनालीले लोकान्तरसँग भने, ‘हामीकहाँ हिजो आजका कुरा खासै चलेन ।’ कीर्तिपुरमा रहेको ‘कीर्तिपुर सिनेप्लेक्स’का प्रबन्ध निर्देशक नरेन्द्र महर्जन ‘हिजो आजका कुरा’ हेर्न दर्शकको उपस्थिति न्यून रहेको बताउँछन् ।
‘हामी हरेक चलचित्रले राम्रो गरोस् भन्छौँ । तर, दर्शकहरु नआएपछि के गर्नु ?’, उनले भने । कुनै समयको चर्चित टेलिसिरियलको नाममा निर्माण भएको मल्टिस्टारर चलचित्रले सुखद ओपनिङ गर्ने अपेक्षा थियो । चलचित्रमा समावेश गीत समेत निकै हिट भएको थियो ।
यद्यपि, गीत हिट हुनुका साथ मल्टिस्टारर कलाकार हुनुले चलचित्रलाई भने कुनै फाइदा पुर्याएन् । साकार पन्तको निर्देशनमा ‘हिजो आजका कुरा’ निर्माण भएको हो । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, दिव्यदेव पन्त, ऋचा शर्मा, रीमा विश्वकर्मा, साकार पन्तलगायतको प्रमुख भूमिका छ ।
‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...
नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...
निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...