×

NMB BANK
NIC ASIA

नवौँ राष्ट्रिय खेलकुद समापन, नेपाल आर्मी बन्यो च्याम्पियन

कात्तिक ३, २०७९

NTC
Premier Steels

विभागीय टोली त्रिभुवन आर्मी क्लब नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ मा प्रथम भएको छ । ३६ खेलमा ३ सय ९६ स्वर्ण पदकका लागि भएको प्रतिष्पर्धामा आर्मीले १ सय ७२ स्वर्ण पदक सहित उपाधि कब्जा गरी ह्याट्रिक पूरा गरेको हो । 

Muktinath Bank

आर्मीले १ सय ७२ स्वर्ण, १ सय ९ रजत र ८९ कास्य पदकसहित ३ सय ७० पदकसहित पहिलो पटक निर्माण गरिएको रनिङ ट्रफि प्राप्त ग¥यो । आर्मीले यस अघिका सातौँ र आठौँ संस्करणको उपाधिसमेत जितेको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

६४ स्वर्ण, ७३ रजत र ८१ कास्यसहित २ सय १८ पदकसहित शसस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो, ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य पदकसहित १ सय ९५ पदकसहित नेपाल प्रहरी क्लब तेश्रो भएको छ ।


Advertisment
Nabil box
Kumari

घरेलु मैदानको सदुपयोग गर्दै गण्डकी प्रदेश चौँथो तथा प्रदेशहरूमध्ये पहिलो हुन सफल भयो । बागमती प्रदेशलाई पछि पार्दै गण्डकीले ३२ स्वर्ण, ३१ रजत, ५७ कास्यसहित १ सय २० पदकसहित समग्रमा चौँथो भयो । बागमती प्रदेश २४ स्वर्ण, ४७ रजत र ७४ कास्य पदकसहित १ सय ४५ पदकसहित पाँचौँ स्थानमा रहेको छ ।

Vianet communication

प्रदेश १ ले १० स्वर्ण २३ रजत र ५० कास्य पदकसहित छैँटौ भएको छ । १० स्वर्ण, १० रजत ४३ कास्य पदकसहित सुदूरपश्चिम प्रदेश सातौँ, एनआरएनए १० स्वर्ण, ९ रजत र ७ कास्यपदकसहित आठौँ, ६ स्वर्ण, २२ रजत र ४० कास्य पदकसहित लुम्बिनी प्रदेश नवौँ स्थानमा रह्यो । मधेश प्र्रदेश दशौं स्थानमा र कर्णाली प्रदेश अन्तिम तथा एघारौैं स्थानमा रहेको छ ।

मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य पदक जित्दा कर्णाली प्रदेशले २ स्वर्ण, ४ रजत र १२ कास्य पदक जितेको हो । शुरुमा ४ सय ४ स्वर्ण पदकमा प्रतिष्पर्धा हुने घोषणा गरिए पनि प्याराग्लाइडिङ, पौडी र आर्चरीमा २÷२ स्वर्ण पदक र स्क्वास र सफ टेनिसमा एक/एक स्वर्ण पदकको लागि खेल स्थगित भएको प्रविधिक संयोजक हिमाल दाहालले बताए । गण्डकी प्रदेशका ८ जिल्लामा उक्त प्रतियोगिता भएको हो भने सुटिङ र पुरुष क्रिकेट काठमाडौंमा भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १८, २०८१

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्समाथि जीत दर्ता गरेको छ ।  सोमबार राति घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा उत्कृष्ट फर्ममा रहेको कोलकाताले द...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

बैशाख २०, २०८१

नेपालले वेस्ट इन्डिज ‘ए’सँगको टी–२० क्रिकेट श्रृंखला एक खेलअगावै गुमाएको छ । पाँच खेलको श्रृंखलाअन्तर्गत चौथो खेलमा पराजित भएसँगै नेपालले अन्तिम खेल नखेली वेस्ट इन्डिजलाई नतिजा सुम्प...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x