असोज २४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
काठमाडाैं | कात्तिक ४, २०७९
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एक महिनाको समय बाँकी रहँदा निर्वाचन आयोगले आचारसंहिता पालना गराउने काममा सक्रियता देखाएको छ ।
सरकारका मन्त्री र दलका शीर्ष तहका नेतासँग पनि आयोगले धमाधम स्पष्टीकरण मागिरहेको छ । बिहीवार आयोगले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग स्पष्टीकरण मागेको छ ।
चुनाव जितेमा युवालाई निःशुल्क विदेश पठाइदिने भाषण गरेका माधव नेपालसँग आयोगले २४ घण्टे स्पष्टीकरण सोध्दै कारवाहीका लागि प्रहरीलाई पत्राचार समेत गरेका जनाएको छ ।
सोही पार्टीका अर्का नेता किसान श्रेष्ठले बारा– ४ मा युवालाई त्यस्तै प्रलोभन दिएको समाचार लोकान्तरले प्रकाशित गरिसकेको थियो । उनीसँग पनि आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आचारसंहिता ठूला नेतालाई नलाग्ने र निर्दो उम्मेदवारका लागि मात्र बाध्यकारी रहने विगतको अभ्यास थियो ।
स्थानीय तह निर्वाचनमा पनि आयोगले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायत दलका शीर्ष नेतासँग स्पष्टीकरण सोधेको थियो ।
उम्मेदवारी मनोनयन र निर्वाचन मितिबीचको लामो ग्यापका कारण उम्मेदवारहरूले चलखेल गर्ने र मतदाता प्रभावित गर्ने काम शुरू गरिसकेका छन् ।
कात्तिक १७ गते पछि मात्र घरदैलो गर्न पाउने व्यवस्था भएपनि नेताहरू जनताको घरमा जाने र उनीहरूको काम सघाएको जस्तो चटक देखाउन थालिसकेका छन् । अमूक दल होइन, प्रायः सबै दलका नेताले घरदैलो गरिरहेका छन् ।
राजनीतिक दलका नेता, प्रशासक, व्यापारीदेखि मतदाता सबैले भन्ने गरेको कुरा पछिल्लो समयमा निर्वाचन निकै महंगो भयो । पैसा नभएकाले चुनाव लड्नै नसक्ने भयो ।
पैसा खर्च गरेर चुनाव जित्ने र चुनाव जितेपछि त्यो खर्च उठाउने चक्रले देशमा भ्रष्टाचार मौलाएको छ । पैसावालले मात्र चुनाव जित्ने परिपाटी अन्त्य नभएसम्म भ्रष्टाचार अन्त्यको सुगा रटाइको कुनै औचित्य छैन । यो बेथिति नियन्त्रण गर्ने कर्तव्य र दायित्व निर्वाचन आयोगको हो ।
चुनावलाई सक्दो मितव्ययी बनाउन तथा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि आयोगले खेलेको भूमिका प्रशंसनीय छ । आयोगको नेतृत्व गरिरहेका दिनेशकुमार थपलिया धन्यवादको अंशियार छन् ।
आगामी दिनमा हुनसक्ने आर्थिक चलखेल रोक्नका लागि पनि मंसिर ४ सम्म निर्वाचन आयोग हदै कठोर बन्नु जरुरी छ ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन सम्पन्न भएको छ । मतदानका लागि झण्डै डेढ महिना बाँकी रहेको समयमा आइतवार भएको मनोनयनले उम्मेदवारले मतदातासँग पर्याप्त अन्तरक्रिया गर्...
सिंहदरबारलाई ओझेल पारेर प्रधानमन्त्रीको सरकारी निवासबाट सरकार सञ्चालन हुँदै आएकोमा नयाँ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्यो प्रथा तोड्ने संकेत गरेका छन् । ‘केही नयाँ गर्ने&rsq...
आइतवार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बिहीवार मध्यरातिबाट मौन अवधि शुरू भएको छ । राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसारका लागि पर्याप्त समय पाएका थिए । बिहीवार साँझसम्ममा उम्मेदवारले घ...
प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको एक महिनापछि मुलुकले नयाँ सरकार पाएको छ । प्रतिनिधिसभाको पहिलो दल नेपाली कांग्रेस सत्ताबाहिर रहँदा तेस्रो दलको नेतृत्वमा संयुक्त सरकार बनेको छ । नेकपा (माओ...
लोकतान्त्रिक विश्व समुदाय ‘खुला सरकार’को बहसमा रहेको समयमा नेपाली समाजलाई अँध्यारो युगतिर फर्काउने सोचसहित सूचनाको हकलाई संकुचित गर्ने प्रयास भएको छ । संविधानले नै सुनिश्चित गरेको सूचनाको हक...
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रमुख दलका स्थानीय कमिटीले सम्भावित उम्मेदवारको नाम धमाधम सिफारिश गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका तल्ला निकायले सम्भावित उम्मे...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...