×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

विगतमा फराकिलो मतान्तर रहेको काभ्रे– २ : गोकुल बास्कोटा र शिव हुमागाईंमा को बलियो ?

‘सामाजिक सञ्जालमा भइरहेको अनुमानभन्दा भिन्न छ धरातलको यथार्थ’

कात्तिक ४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

राजनीतिक दलको शीर्ष नेता नभएपनि प्रतिनिधि सभा निर्वाचनका लागि देशका ‘हट सीट’मध्ये एक हो, गोकुल बास्कोटा चुनावी मैदानमा रहेको काभ्रे– २ ।

Muktinath Bank

सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका गोकुलका प्रतिस्पर्धी ‘हेभी वेट’ उम्मेदवार पनि होइनन् । तर, काभ्रे– २ गोकुल बास्कोटाको चुनावी क्षेत्रको रूपमा परिचित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केपी ओली प्रधानमन्त्री रहेको सरकारका पालामा धेरै बजेट गएको क्षेत्रमध्ये काभ्रे– २ पनि एक हो ।


Advertisment
Nabil box
Kumari

ओलीको निर्वाचन क्षेत्र झापा– ५, विष्णु पौडेलको क्षेत्र रुपन्देही– २, महेश बस्नेतको भक्तपुर– २ र गोकुलको काभ्रे–२ मा रकमान्तर गरेर बजेट लगिएको भन्दै तत्कालीन विपक्षी दलले संसदमा विरोध गरेका थिए । 

Vianet communication
Laxmi Bank

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा काभ्रे २ मा मुख्य प्रतिस्पर्धा एमाले उम्मेदवार बास्कोटा र नेपाली कांग्रेसका शिव हुमागाईंबीच हुँदैछ । 

पाँच वर्ष सांसद बन्दा गरेको काम र काभ्रेमा भएको विकासको आधारमा चुनाव जित्ने बास्कोटाको विश्वास छ भने हुँमागाईंलाई गठबन्धनको भर छ ।

नेकपा एमालेले बास्कोटाको निर्वाचन क्षेत्र काभ्रे– २ लाई ‘ग्रीन जोन’मा राखेको छ ।

दुई प्रभावशाली नेताबीच हुने भिडन्तले काभ्रेको चुनावी मैदानलाई रोमाञ्चित बनाइदिएको छ । 

निर्वाचन क्षेत्रमा कमजोर छैनन् गोकुल

२०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका बास्कोटा पहिलोपटक सांसद बनेलगत्तै मन्त्री बने । 

नेकपा एमाले नेतृत्वको सरकारको बेला बास्कोटा सञ्चारमन्त्री एवं सरकारको प्रवक्ता थिए । टर्रो बोलीका कारण सरकारको प्रवक्ताको रूपमा उनी चर्चामा रहे । 

मन्त्री रहेको समयमा बास्कोटाका ‘डायलग’ विपक्षी दलका कार्यकर्ताका लागि पनि चर्चा योग्य बने ।

आफू सरकारबाट बाहिरिएको र पछि एमाले पार्टी समेत सरकारबाट बाहिरिएको अवस्थामा पनि गोकुल पार्टी र सरकारको प्रतिरक्षा गर्न अग्रपंक्तिमा उभिए । एमालेको सरकार हुँदा निर्वाचन क्षेत्रमा बजेटको बाढी लगाए । 

‘काभ्रेको विकासका लागि गोकुल बास्कोटाले यसअघिका सांसदले गर्न नसकेको काम गरेका छन्, गाउँ–गाउँसम्म पूर्वाधार विकास भएका छन्,’ आफूहरूले चुनाव जित्ने आधार पेश गर्दै एमाले काभ्रेका एक नेताले लोकान्तरसँग भने, ‘राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने र केन्द्रमा राम्रो पहुँच भएकाले पनि उहाँलाई मतदाताले छान्छन् ।’ 

काभ्रे– २ मा भएको विकासलाई विपक्षी नेताहरूले समेत अस्वीकार गर्न सकेका छैनन् । बनेपा, पनौती, धुलिखेल र पाँचखालमा खानेपानीका ठूला आयोजना, सूर्यविनायक धुलिखेल राजमार्ग विस्तार, ग्वार्को–कुशादेवी–पनौती सडकलाई राजमार्गको रूपमा विकास जस्ता कामले बास्कोटा काभ्रेमा परिचित छन् ।

मदन भण्डारी प्राविधिक विश्वविद्यालय र प्रतिरक्षा विश्वविद्यालय काभ्रेमा लैजान गरेको पहल पनि गोकुलका चुनावी एजेण्डा बन्दैछन् ।

हुमागाईंलाई गठबन्धनको भर, पार्टीभित्रै चुनौती

सत्ता गठबन्धनको साझा उम्मेदवार बनेका शिव हुमागाईं २०५६ सालमा सांसद बनेका थिए । 

सत्ता गठबन्धनको समर्थन रहेका कारण हुमागाईंले काभ्रेमा एमालेको लालकिल्ला तोड्ने योजना बनाएका छन् । स्थानीय तह निर्वाचनमा वडास्तरमा पाएको मतलाई आधार मान्दा गठबन्धन बलियो देखिन्छ । तर, मत कत्तिको ट्रान्सफर हुन्छ भन्ने कुरा उनका लागि चिन्ताको विषय छ ।

गठबन्धनको साझा उम्मेदवार भएपनि गठबन्धन सरकारको कार्यशैली समेत हुमागाईंका लागि चुनौती बनेको छ । तरकारी, आलु र गहुँ छर्ने समयमा काभ्रेमा भइरहेको रासायनिक मलको चरम अभावका बारेमा मतदाताले हुमागाईंलाई प्रश्न गरिरहेका छन् । सत्ता पक्ष भएकाले यी प्रश्नको जवाफ दिनुपर्ने बाध्यतामा छन्, उनी ।

आफ्नै पार्टीभित्रको असन्तुष्टि पनि उनका लागि चुनौतीको विषय हो । विगतमा पार्टीकै अन्य नेता उम्मेदवार हुँदा सहयोग नगरेको आरोप उनीमाथि लाग्ने गरेको छ ।

हुमागाईंका लागि कांग्रेसकै नेताहरू अहिलेसम्म भित्रदेखि खुलेर प्रचारमा लागेका छैनन् । 

यस्तो छ चुनावी अंकगणित 

२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गरेर गोकुल विजयी भएका थिए । 

गोकुलले ५४ हजार ४ सय २७ मत पाउँदा प्रतिद्वन्द्वी कांग्रेसका मधु आचार्यले ३६ हजार ५ सय ७९ मत प्राप्त गरेका थिए । दुई उम्मेदवारबीचको मतान्तर १७ हजार ८ सय ४८ थियो । 

वैशाख ३० गते सम्पन्न स्थानीय तहको वडा तहको मतमा पनि एमाले अगाडि छ । एमालेको ४५ हजार ५ सय १४ मत छ भने कांग्रेसको ४५ हजार ४ सय ५६ मत छ । 

‘स्थानीय तहको मतलाई प्रतिनिधिसभाको चुनावमा तुलना गर्नु उपयुक्त हुँदैन । उम्मेदवारको व्यक्तिगत क्षमता र प्रभावका आधारमा मतदाताले भोट हाल्छन्,’ काभ्रेका एक शिक्षकले लोकान्तरसँग भने, ‘सामाजिक सञ्जालमा हुने चर्चा र यहाँको भूधरातलीय यथार्थ फरक छ ।’

काभ्रे– २ मा १ लाख ५७ हजार ४ सय ४२ मतदाता छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x