×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री कप क्रिकेट : प्रदेश १ र एपीएफ क्लब विजयी

कात्तिक १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

अंकित सुवेदीको शतकको सहयोगमा मंगलवार प्रदेश १ ले प्रधानमन्त्री कप पुरुष एकदिवसीय प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा बागमती प्रदेशमाथि ६९ रनको जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा प्रदेश १ दिएको ३ सय ५ रनको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश २ सय ३५ रनमा समेटिएको थियो ।

Muktinath Bank

जवाफी ब्याटिङ गरेको बागमतीले ४५.५ ओभरमा सबै विकेट गुमाउन पुगेको थियो । बागमतीका लागि नन्दन यादवले ४८ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रन जोडेका थिए । ओपनर इशान पाण्डेले ३५, कप्तान ज्ञानेन्द्र मल्लले २७, दुर्गेश थापाले २६ र रामनरेश गिरीले अविजित २८ रनबाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । बागमतीलाई सस्तैमा समेट्ने क्रममा प्रदेश १ का लागि सार्वन यादवले सर्वाधिक ३ तथा दीपक जोशी, फिर्दोस अनसारी र कप्तान सिद्धान्त लोहनीले २–२ विकेट लिए । लव कामतको नाममा एक विकेट रह्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको प्रदेश १ ले निर्धारित ५० ओभर सकिन एक बल बाँकी रहँदा सबै विकेट गुमाएर ३ सय ४ रन जोड्न सफल भएको थियो । शतकीय पारी खेलेका अंकितले १ सय ३४ बलमा १२ चौका र १ छक्कासहित १ सय १० रनको व्यक्तिगत स्कोर बनाए । कप्तान सिद्धान्तले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ३ चौका र ८ छक्कासहित ७२ रनको अर्धशतकीय इनिङ खेल्दा विवेक मेहेताले ३० रनबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेका थिएनन् । प्रदेश १ को विकेट निकाल्दा बागमतीका रामनरेश गिरीले सर्वाधिक ५ विकेट आफ्नो नाममा लेखाए । इसान पाण्डे, प्रतिश जिसी, सूर्य तामाङ र नन्दन यादवले १÷१ विकेट हात पारे ।


Advertisment
Nabil box
Kumari

जितसँगै समूह ‘बी’ मा रहेको प्रदेश १ ले दोस्रो खेलबाट पहिलो जित निकालेको छ । दुई खेलबाट स्पष्ट जित निकालेको पुलिस ४ अंकका साथ तालिकाको शीर्ष रहँदा प्रदेश १, २ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

Vianet communication
Laxmi Bank

प्रतियोगिता अन्तर्गत मंगलवार नै भएको अर्को खेलमा विभागीय टोली एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशमाथि १० विकेटको फराकिलो जित निकालेको छ । खेलमा भुवन कार्कीको ४ विकेटको शानदार बलिङबाट एपीएफले जारी प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा भुवन कार्कीको कसिलो बलिङका कारण सुदूरपश्चिम प्रदेश २७ ओभरमा समेटिएको थियो । सुदूरपश्चिमले २७ ओभर खेल्दा सबै विकेट गुमाएर मात्र ६७ रन जोडेको थियो । ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको एपीएफले ११.२ ओभरमा बिना विकेट पूरा गरेको थियो । 

एपीएफका लागि ओपनरद्वय प्रदिप ऐरी र आशिफ शेखले अविजित क्रमश २५ र ४२ रन जोड्दै जित निश्चित गरेका थिए । यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमका लागि कप्तान तथा विकेटकिपर राजु रिजालले सर्वाधिक २५ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । कसिलो बलिङ गरेको एपीएफका लागि भुवन कार्कीका अलावा कमल ऐरी र मौसम ढकालले समान २÷२ विकेट हात पार्दा किशोर महतो र अमर रौटेलाले १÷१ विकेट निकाले ।

प्रतियोगितामा बुधवार पनि दुई खेल हुनेछन् । कीर्तिपुर मैदानमा कर्णाली र गण्डकी तथा मूलपानी मैदानमा बागमती र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x