×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ५ : राजनीति र राजधानी दुवै सफा गर्छु भन्दै घरदैलोमा प्रदीप पौडेल [भिडियो]

कात्तिक १८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलको उम्मेदवारीका कारण काठमाडौं– ५ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ ।

Muktinath Bank

यस क्षेत्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उम्मेदवार छन् । अघिल्लोपटक पोखरेलले सहज जीत दर्ता गरेको क्षेत्रमा यसपटक कडा टक्कर हुने देखिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अघिल्लो स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा पराजित उम्मेदवार रञ्जु दर्शनले पनि यसै क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएकी छन् ।


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

प्रदीपको टीम यसै साता काठमाडौंको गल्फुटार र लाजिम्पाटमा चुनावी घरदैलोमा भेटियो । पौडेल हात जोड्दै भोट मागिरहेका थिए ।

उनले भने, ‘राजधानी र राजनीति दुवै प्रदूषित बन्यो । यसलाई सफा गर्न एकपटक युवालाई मौका दिनुहोस् ।’

यसअघि निर्वाचित हुनेहरू फर्केर नआएका र समस्या समाधान गर्ने प्रयास नगरेको गुनासो जनताले गरिरहेको बताउँदै नेता पौडेलले भने, ‘पहिले निर्वाचित हुनेहरूको व्यवहारले मतदाता आजित भएको देखिन्छ, तर हामीले उहाँहरूलाई विश्वास दिलाउन खोजेका छौं । हामी राजधानी पनि सफा गर्छौं र राजनीति पनि सफा गर्छौं ।’

चुनाव जितेपछि जनप्रतिनिधि र जनताको संवादलाई सहज बनाउने उनले बताए । ​‘यस क्षेत्रमा ७ किलोमिटर सडक बनाउने मुद्दा १५ वर्षदेखि चुनावी एजेन्डा बनाइएको छ,’ उनले पुराना नेतालाई इंगित गर्दै भने । 

‘हेभीवेट’ उम्मेदवारसँग प्रतिस्पर्धा भइरहेको भन्ने प्रश्नमा उनले भने, ‘जनताको बीचमा टेस्टेड भएर काम गर्न नसकेकाहरू हेभीवेट भएका नेता हुन सक्दैनन् । आजको खास समस्या बुझेको अनि समाधान पनि दिन सक्ने नेता मात्र हेभीवेट भएका नेता मानिन्छ ।’

मुद्दागत हिसाबमा आफूसँग कोही पनि प्रतिस्पर्धी नदेखिएको उनको भनाइ छ । ‘हेभीवेट भनिनेहरूले राजनीतिमा असाध्यै धेरै प्रदूषण बढाएको अवस्था छ । त्यसैले राजधानी र राजनीति यी दुवैको प्रदूषणमुक्त गर्न पनि यस क्षेत्रमा मेरो उम्मेदवारी हो,’ उनले भने ।

स्वतन्त्र उम्मेदवारको बाढी रहेको क्षेत्रमा चुनाव जित्न आउने चुनौतीबारे उनले भने, ‘स्वतन्त्र उम्मेदवार धेरै छन् भनेर डराउने, आत्तिने कुरै आउँदैन । यस्तो खालको प्रतिस्पर्धालाई हामीले सहजरूपले लिनुपर्छ । हामीले जनताको बीचमा लैजाने भनेको आ–आफ्नो मुद्दा हो । यदि मेरोभन्दा अरूको मुद्दा राम्रो छ भने मतदाताले राम्रोलाई छान्न पाउनुहुनेछ तर मतदाताले पनि कसको मुद्दा राम्रो छ ? त्यो हेरिदिनुपर्छ । कसले विगतमा कस्तो काम गरे ? कसले मौका पाउँदा पनि काम गरेन ? कसको काम गर्ने हुटहुटी छ ? यी कुराहरूमा मतदाताले भोट हाल्दा विवेक प्रयोग गर्नुहुनेछ ।’

वैकल्पिक राजनीतिको वकालत गर्ने सन्दर्भमा स्वतन्त्रले महत्त्वपूर्ण योगदान गरेको उनले बताए ।

‘वैकल्पिक राजनीतिको वकालत गर्ने व्यक्तिहरू पार्टीभित्र पनि छन् । सुधारका निम्ति पहल गर्ने व्यक्तिहरू पार्टीभित्र पनि छन् । त्यसैले पार्टीको प्रतिनिधि संसदभित्र पुगेमा उ एक्लै हुँदैन । उसले संगठित भएर आवाज उठाउन सक्छ । त्यसैले तमाम विसंगति–विकृति हटाउन पनि पार्टी प्रतिनिधिले मात्र महत्त्वपूर्ण योगदान गर्नसक्छ,’ उनले भने, ‘तर त्यसो भन्दैमा पार्टीका प्रतिनिधिहरूले विषयहरू उठान गरेका छन् कि छैन ? त्यो हेर्न भने जरुरी छ ।’

पर्यटनबाट समृद्धि प्राप्त गर्न सकिने आधार कांग्रेसको घोषणापत्रमा रहेको उनले बताए । 

‘काठमाडौंलाई प्रदूषणमुक्त बनाऔं । यहाँको अक्सिजन अशुद्ध छ, शुद्ध बनाऔं । यहाँका नदीनाला सफा बनाऔं । काठमाडौंलाई ग्रीन सिटी बनाऔं । अहिलेसम्म जितेकाले किन गर्न नसकेको ? के कारणले रोकेको हो ?’ उनले प्रतिप्रश्न गर्दै भने ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x