×

NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

काठमाडौं– ७ : चुनावी घरदैलोमा मानुषीलाई डेढ घण्टा पछ्याउँदा... [फोटो/भिडियो]

‘प्रत्येक घरमा पुगेर भोट माग्दै, नाम र नम्बर टिप्दै’

कात्तिक २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

मंगलवार बिहान १०ः३० बजे काठमाडौं महानगरपालिका वडा नं. १८ मा पुग्दा मानुषी यमी भट्टराई घरदैलो कार्यक्रममा व्यस्त थिइन् ।

यो वडा काठमाडौं क्षेत्र नंं. ७ मा पर्छ । मानुषी यही क्षेत्रबाट सत्ता गठबन्धनको साझा उम्मेदवार छिन् । निधारमा रातो टीका । गलामा खादा । सामान्य पहिरन । डल्लु पुलनजिकै उनी मतदातासँग मत मागिरहेको भेटिइन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनीसँगै मत माग्दै थिए, वसन्त मानन्धर, सविन तामाङ र प्रभादेवी बज्राचार्य । उनीहरूको टोली २०/२५ जनाको थियो । 


Advertisment
Rupse Holidays
Nabil box

Vianet communication

वसन्त काठमाडौं क्षेत्र नं. ७ (१)बाट प्रदेशसभा सदस्य उम्मेदवार छन् भने सविन काठमाडौं ७ (२)बाट उम्मेदवार बनेका छन् ।​ प्रभादेवी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छिन् । 

मानुषी माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडा लिएर चुनावी मैदानमा उत्रिएकी हुन् ।

वसन्त र सविन क्रमशः कलम र रुख चुनाव चिन्हबाट चुनावी मैदानमा छन् । प्रभादेवी एकीकृत समाजवादीका तर्फबाट समानुपातिक उम्मेदवार बनेकी हुन् । 

‘नमस्कार म मानुषी यमी भट्टराई,’ पर्चा दिँदै उनी मतदातासँग भन्थिन्, ‘चुनाव चिह्न याद राख्नू ल । अरूलाई पनि सिकाइदिनू है !’ 

त्यसैगरी अन्य उम्मेदवारहरू क्रमशः मतदातासँग मत माग्थे । टोलीका सदस्यले मतदाताहरूको हातमा पर्चा थमाउँथे ।

नाम र मोबाइल नम्बर टिपोट गर्थे । 

यत्तिकैमा टोली साँघुरो गल्लीभित्र छिर्‍यो । मानुषी एक–एक घरमा नमस्कार गर्दै, त्यसैगरी भोट माग्दै अगाडि बढिन् ।

मतदाताहरू पनि टाउको हल्लाउँदै मत दिने सांकेतिक विश्वास दिलाउँथे । घरदैलौ गरिरहँदा मानुषी छतमा रहेका मतदातालाई पनि तल बोलाउँथिन् । मानुषीको चुनावी प्रचारमा मुख्य तीनवटा विशेषता पाइयो ः 

पहिलो – प्रत्येक घरघरमा पुगेर मत माग्ने ।

दोस्रो – नाम र मोबाइल नम्बर टिपोट गर्ने 

तेस्रो – मतदातासँग भेट हुन नसके प्रचार सामाग्री गेट वा ढोकाबाहिर छाडिदिने । 

घरघरमा पुगेर मत माग्दै गर्दा बुढाबुढी मात्र भेटिए मानुषी प्रचार सामाग्री छाड्दै भन्थिन्, ‘युवाहरू भोट माग्न आएका थिए भनिदिनू है !’

घरदैलोमा उनले एजेन्डाहरू भने सुनाइनन् । मतदाताहरूले पनि आफ्ना समस्याहरू एवं गुनासोहरू सुनाएको पाइएन् । 

भुरुङखेल चौरनिर राजेश थपलिया भेटिए । उनले भने आफ्नो ठाउँमा रहेको पानीको समस्याबारे गुनासो पोखे । उनले भने, ‘पानी खान पाइएन । हुम्ला, जुम्लामा भन्दा पनि चर्को भयो ।’ 

त्यत्तिकैमा प्रदेशसभा सदस्यका उम्मेदवार वसन्त मानन्धर नजिक आए । उनले आफूहरूले पानीको समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिए । त्यसपछि ती मतदाताले लोकान्तरसँग भने, ‘यस क्षेत्रमा पानी आउँदै आउँदैन भन्दा पनि हुन्छ । १५ दिनमा एकपटक आउँछ । सबैले किनेर खानुपर्ने अवस्था छ ।’

पानीको समस्या वडाभर रहे पनि बढी समस्या भुरुङखेल चौर आसपासमा रहेको राजेशले सुनाए । मानुषीको घरदैलो अगाडि बढिरहँदा उनले मत मागिसकेका केही मतदाताहरूसँग हामीले कुरा गर्‍र्यौं । त्यसक्रममा उनीहरूले पनि वडामा पानीको समस्या विकराल रहेको सुनाए । 

अघि उम्मेदवारहरू आउँदा किन नसुनाउनुभएको त ? भन्ने लोकान्तरको प्रश्नमा लक्ष्मी महर्जनले जवाफ फर्काइन्, ‘उहाँहरूसँग सुनाएर के गर्नु ? काम गर्ने होइन । अहिले आश्वासन मात्रै दिनुहुन्छ । भोट पाएपछि उहाँहरू कोट लगाएर जानुहुन्छ ।’

१२ बज्दै गर्दा मानुषीको बिहानको घरदैलो कार्यक्रम सकियो । चुनावी प्रचार कार्यालयलाई दाहिने पार्दै टोली खाना खान होटलभित्र छिर्‍यो ।

त्यही क्रममा लोकान्तरसँग मानुषीले छोटो कुराकानी गरिन् । शिक्षित र युवा आएको भन्दै मतदाताहरू एकदमै उत्साहित रहेको उनले बताइन् ।  जनताको समस्या र मागलाई सम्बोधन गर्नेगरी एजेन्डाहरू तयार पारेको बताउँदै उनले मत पाउने विश्वास व्यक्त गरिन् ।

मानुषी पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई तथा सोही क्षेत्रकी पूर्व सांसद हिसिला यमीकी छोरी हुन् । यस क्षेत्रमा २०६४ सालमा हिसिला यमीले जितेकी थिइन् भने त्यसयता दुईपटक एमालेले जितेको छ ।

यसपटक एमालेबाट श्यामकुमार घिमिरे उम्मेदवार छन् । यस क्षेत्रका निवर्तमान सांसद रामवीर मानन्धरले एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

हेर्नुहोस्, भिडियो :


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x