×

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल : नेपाल र पाकिस्तान भिड्ने

कात्तिक २९, २०७९

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भोलि नेपाल र पाकिस्तानबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने उक्त खेल भोलि साँझ ५ बजेदेखि सुरुआत हुनेछ । पाकिस्तानविरुद्धको खेलसँगै दशरथ रङ्गशालामा नेपालको लागि यो ५० औँ खेल हुनेछ । पाकिस्तान फिफाको निलम्बनबाट फुकुवा भएपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न नेपाल आएको हो ।


Advertisment

पाकिस्तानविरुद्धको खेल खेल्नुअघि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक प्रवेश कटुवालले पाकिस्तानविरुद्धको खेलमा जित निकाल्ने उद्देश्यका साथ मैदानमा उत्रने बताए । 


Advertisment

उनले नेपाल र पाकिस्तान भिड्दा हालसम्म पाकिस्तानले सात खेल जितेको र नेपालले पाँच खेल जितेको बताए।

मुख्य प्रशिक्षक कटुवालले छोटो समयको बाबजुद राम्रो टिम बनाएको बताउँदै राष्ट्रिय टोलीका केही खेलाडी विदेश पलायन भए पनि नेपालमा नै रहेका खेलाडीबाट बलियो टिम बनाएको बताए । 

नेपाल र पाकिस्तानबीच हालसम्म १६ खेलमा प्रतिस्पर्धा भएको छ । नेपालले पछिल्लो पटक पाकिस्तानसँग सन् २०१८ मा खेलेको थियो । साफ च्याम्पियनसिपअन्तर्गत ढाकामा भएको खेलमा नेपाल २–१ ले पराजित भएको थियो । 

यसैगरी राष्ट्रिय टोलीका कप्तान रोहित चन्दले पाकिस्तान कठिन प्रतिद्वन्द्वी भए तापनि आफ्नो टोलीले जित निकाल्ने विश्वास व्यक्त गरे । पाकिस्तानका कप्तान हसन बसिरले नेपालसँगको खेलका लागि सकारात्मक रहेको भन्दै आफ्नो टोलीले राम्रो खेल प्रदर्शन गर्ने बताए। रासस
 

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ १५, २०८१

सरकारले विराटनगरको गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनाका रुपमा विकास गर्ने भएको छ ।  मंगलवार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

x