×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

मकवानपुर–२ : ३१ वर्षदेखिको खतिवडाको विरासत उल्ट्याउँदै प्रतिनिधिसभा सदस्यमा बर्ताैला विजयी

मंसिर ८, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागमती प्रदेशको राजधानी रहेको मकवानपुरबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका महेश बर्ताैला विजयी भएका छन् । 

Muktinath Bank

प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा एमालेका नेता महेशकुमार बर्तौलाले सत्ता गठबन्धनका नेकपा एकीकृत समाजवादीका उम्मेदवार विरोध खतिवडालाई पराजित गरेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कूल ८६ हजार ६५२ मत खसेको क्षेत्रमा पूर्व स्वास्थमन्त्री समेत रहेका खतिवडाले ३० हजार ३९६ मत प्राप्त गर्दा विजयी बर्ताैलाले ३४ हजार ९१६ मत प्राप्त गरे । दुवैको मतान्तर ४ हजार २२० छ ।


Advertisment
Nabil box
Kumari

सो क्षेत्रमा तेस्रो पार्टीको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ । प्रतिनिधिसभा सदस्यको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार भरत पराजुलीले १२ हजार ३९ मत पाएका छन् ।

Vianet communication
Laxmi Bank

खतिवडाको विरासत उल्ट्याएका बर्ताैला को हुन् ?

अघिल्लोपटक एमालेबाट जितेर हाल एकीकृत समाजवादीमा रहेका पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडा यसपटक फरक दल अर्थात् सत्तारुढ गठबन्धनको नेकपा एकीकृत समाजवादीबाट लडेका थिए । उक्त क्षेत्रमा २०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो ।

२०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा नै विजयी भएका थिए । तत्कालीन समयमा नेता खतिवडाले ४६ हजार ४८१ मत प्राप्त गर्दा कांग्रेस नेत्री महालक्ष्मी उपाध्याय (डिना) ले ३४ हजार ९० मत प्राप्त गरेकी थिइन् । खतिवडा १२ हजार ३९१ मतको फराकिलो अन्तरले विजयी भएका थिए । उनी सांसद भएको ३० वर्षपछि स्वास्थ्यमन्त्री बनेका थिए ।

एकीकृत समाजवादीको मत एकदमै न्युन रहे तापनि सत्ता गठबन्धनको मत एमालेको भन्दा एकदमै धेरै थियो । गत स्थानीय निर्वाचनमा वडाध्यक्षका उम्मेदवारले पाएको मत हेर्दा खतिवडा सहजै विजयी हुने आकलन गरिएको थियो ।

सो क्षेत्रमा सत्ता गठबन्धनका वडाध्यक्षका उम्मेदवारले ५९ हजार ७६५ मत पाएका थिए । एमालेका वडाध्यक्षका उम्मेदवारहरूको मत ३६ हजार ९६२ मात्रै थियो । सत्ता गठबन्धनको दल कांग्रेसका वडाध्यक्षका उम्मेदवारको मत ३४ हजार २३६ थियो  ।

माओवादी केन्द्रका उम्मेदवारले २२ हजार ६७७ मत प्राप्त गरेका थिए । एकीकृत समाजवादीको मत २ हजार ८८ रहेको थियो । 

निर्वाचित बर्ताैला बागमती प्रदेश कमिटी उपसचिव समेत हुन् भने विद्यार्थी राजनीतिबाट पार्टीको राजनीतिमा आएका नेता हुन् । उनी पहिलोपटक संसंदीय निर्वाचनमा होमिएर विजयी भएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x