माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
चुनावको मिति घोषणा हुँदै गर्दा जन्मिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चुनावी मैदानमा आश्चर्यजनक प्रर्दशन गर्यो । स्थापित भनिएका ठूला दलका उम्मेदवारलाई हायल–कायल पारिदियो ।
पहिलो प्रयासमै प्रत्यक्षतर्फ ६ जनाले चुनाव जितिसकेका छन् । अझै केही ठाउँमा अग्रता कायम छ । यसअघि कहिल्यै राजनीतिमा नजोडिएका व्यक्तिहरू अहिले चुनाव जितेर सांसद भएका छन् ।
रास्वपाका सभापति रवि लामिछाने यसअघि कुनै राजनीतिक मोर्चामा थिएनन् । टेलिभिजनमा कार्यक्रम प्रस्तोता रहेका लामिछानेले गत असार–१ मा जागिरबाट हात झिकेर राजनीतिक यात्रा तय गरेका थिए । पहिलो प्रयासमै चितवन–२ बाट चुनाव जिते र सांसद बने ।
रविमात्रै होइन, उनको नेतृत्वमा ६ जना नयाँ अनुहार प्रवेश गर्ने पक्का भइसकेको छ ।
काठमाडौं–२ बाट सोविता गौतमले चुनाव जितेकी छन् । उनी पहिलो प्रयासमै संसद् पुग्ने सबैभन्दा कम उमेरकी सांसद हुने सम्भावना छ । यसअघि सञ्चार क्षेत्र र वकालत पेशामा रहेकी उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेकी थिइन् ।
गौतमले एमालेका उम्मेदवार मणिराम फुँयाल, सत्ता गठबन्धनकी उम्मेदवार ओनसरी घर्तीलाई पराजित गरेर संसद् छिर्ने साँचो आफ्नो हातमा पारेकी हुन् ।
काठमाडौं–६ बाट जितेका शिशिर खनाल, काठमाडौं–७ बाट विजयी भएका गणेश पराजुली पनि पहिलो प्रयासमै सांसद बनेका हुन् । खनाल नीति निर्माणका विज्ञ हुन् । उनले अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् । पराजुलीको पृष्ठभूमी पर्यटन व्यवसाय हो ।
त्यसैगरी, ललितपुर–३ बाट निर्वाचिन डा. तोसिमा कार्की पनि यसअघि राजनीतिक मोर्चामा थिइनन् । पाटन अस्पतालमा कार्यरत कार्की नेपाल मेडिकल काउन्सिलको सदस्य निर्वाचित भएकी थिइन् । डाक्टरी पेशा छाडेर राजनीतिमा होमिएकी कार्की पनि पहिलो चुनावी प्रतिस्पर्धाबाटै सांसद पुगेकी हुन् ।
कांग्रेस, एमाले र माओवादी केन्द्रबाट पनि पहिलो प्रयासमै संसदमा पुग्ने उम्मेदवार धेरै छन् ।
उदयपुर–२ बाट निर्वाचित एमालेका अम्बरबहादुर रायमाझीले पहिलो पटक चुनावी प्रतिस्पर्धाका लागि टिकट पाएका थिए । उनका लागि आफैँ उम्मेदवार भएर चुनाव लडेको यो पहिलो अनुभव हो । उनले गठबन्धनका साझा उम्मेदवार एवं एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडालाई पराजित गरेका हुन् ।
राजनीतिक जिम्मेवारीका हिसाबले पनि रायमाझी एमालेको प्रदेश कमिटीका सचिवालय सदस्य मात्रै हुन् । उनले राष्ट्रिय राजनीतिमा पहिचान बनाइसकेका खतिवडालाई पराजित गरे ।
एमालेकै नेता ठाकुर गैरे अनेरास्ववियुको अध्यक्ष हुँदै पार्टी राजनीतिमा आएका हुन् । तर, उनले संसदीय राजनीतिमा आउन भने ठूलो मेहनत लगाउनुप¥यो । पार्टीभित्र उनी लामो समय ‘लखेटाइ’मा परेका थिए ।
यसपटक उनले चुनावी मैदानमा उत्रिने टिकट पाए । उनले टिकट पाउनुमा पनि एमाले विभाजन मुख्य कारण हो । एमालेबाट टिकट लिएर चुनाव लड्दै आएका सोमप्रसाद पाण्डे एकीकृत समाजवादीमा लागेपछि गैरेका लागि मैदान खाली भयो ।
उक्त मैदानमा गैरेसँग प्रतिस्पर्धा गर्न उनै सोमप्रसाद पाण्डे आए । पाल्पा–२ को मतगणना जारी छ । तर, गैरे पाण्डेभन्दा ४ हजार मतले अगाडि छन् । गैरे निर्वाचित हुने लगभग पक्काजस्तै छ ।
मकवानपुर–२ मा तीन दशकदेखिको विरोध खतिवडाको विरासत भत्काउँदै एमालेका महेश बर्तौलाले चुनाव जितेका छन् । बर्तौलाको लागि पनि यस पटकको चुनावी मैदान पहिलो अनुभव थियो ।
अघिल्लोपटक एमालेबाट जितेर अहिले एकीकृत समाजवादीमा रहेका खतिवडा स्वास्थ्यमन्त्री भइसकेका व्यक्ति हुन् । ०४६ सालपछि भएका सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो । २०४८, २०५१, २०५६ र २०७४ सालको निर्वाचनमा खतिवडा नै विजयी भएका थिए । उनै खतिवडालाई विस्थापन गरेर बर्तौला संसद् प्रवेश गर्ने भएका छन् ।
एमालेका केन्द्रीय सदस्य सूर्य थापा प्युठानबाट निर्वाचित भएका छन् । थापाका लागि पनि आफैँ उम्मेदवार भएर संसदीय चुनाव लडेको पहिलो अनुभव हो ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाले सिन्धुपाल्चोक–१ बाट चुनाव जितेका छन् । उनले पनि पहिलो पटक संसदीय चुनावको टिकट पाएका हुन् ।
सिन्धुपाल्चोक–१ बाट अघिल्लो पटक एमाले–माओवादी गठबन्धनको बलमा अग्निप्रसाद सापकोटाले चुनाव जितेका थिए । यसपटक उनका भतिजालाई अघि सारेर अग्निले विश्राम लिए । माधव सापकोटालाई सत्तारूढ गठबन्धनको साथ थियो । सिन्धुपाल्चोकमा अघिल्लो पटक एमालेले माओवादी उम्मेदवारलाई चुनाव जिताएको थियो भने यसपटक कांग्रेसको साथमा सापकोटाले चुनाव जितेका छन् । उनले एमालेका नेता सरेश नेपाललाई पराजित गरेका हुन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का रामप्रकाश चौधरी पनि पहिलो प्रयासमै संसद् छिरेका छन् । उनले सर्लाही–१ बाट चुनाव जितेका हुन् । उनले एमालेका बागी उम्मेदवार मानबहादुर खड्कालाई पराजित गरे ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त (सीके) राउत पनि पहिलो चुनावी प्रतिस्पर्धामै संघीय संसदमा आएका अनुहार हुन् । उनले मधेशमा स्थापित राजनीतिक ‘ब्राण्ड’ उपेन्द्र यादवलाई भारी मतान्तरले पराजित गरेका हुन् । यादवलाई मधेशका ‘मसिहा’को उपनामले चिनिन्थ्यो । मधेश आन्दोलनको बलमा उनले सत्तारोहन गर्दै आएका थिए । तर, यादवको सत्तारोहण यात्रालाई राउतले ब्रेक लगाइदिएका छन् ।
मधेशलाई ‘छुट्टै देश बनाउनु पर्छ’ भन्ने नारा स्थापित गरेर आएका राउतले केपी शर्मा ओली नेतृत्वको सरकारसँग सम्झौता गरी विखण्डनको बाटो त्यागेका थिए ।
मुस्ताङबाट चुनाव जितेका कांग्रेसका २९ वर्षीया योगेश गौचन थकाली पनि संसदमा ‘फ्रेस’ अनुहार हुन् । उनले आफ्नै मामा एमालेका उम्मेदवार प्रेम तुलाचनलाई चुनावमा पराजित गरेका हुन् । उनले पनि संसदीय चुनावमा पहिलो पटक टिकट हात पारेका हुन् ।
रूपन्देही–५ बाट चुनाव जितेका एमालेका नेता वासुदेव घिमिरे पनि संसदमा नयाँ अनुहार हुन् । उनले पनि संसदीय चुनावको पहिलो अनुभव लिएका छन् । यसअघि २०७४ मा उनले तिलोत्तमा नगरपालिकाको प्रमुख जितेका थिए । त्यसबेला, नगरपालिकालाई देशकै उत्कृष्ट बनाउने गरी काम गरेको श्रेय घिमिरेले पाएका थिए ।
जुम्लाबाट निर्वाचित भएका राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) पनि पहिलो प्रयासमै संसदमा पुगेका छन् । बेथिति र भ्रष्टाचारबारे युट्युबमा टिप्पणी गर्दै अभियन्ताकारूपमा आफूलाई स्थापित गराएका शाहीले जन्मथलो जुम्लाबाटै चुनाव लडेका थिए । उनले माओवादी केन्द्रकी गोमा गौतमलाई चुनाव हराएर संसदको सिट पक्का गरेका हुन् ।
दैलेख–२ बाट निर्वाचित भएका नेपालीकांग्रेसका दिक्पाल शाहीले पनि पहिलो प्रयासमै संसदमा सिट सुरक्षित गरेका छन् । उनले नेकपा एमालेका लक्ष्मीप्रसाद पोखरेललाई पराजित गरेका हुन् । पहिलो पटक संसदीय निर्वाचनमा उत्रिएका शाही विभिन्न सामाजिक संघ, संस्थामा रहेर कामगर्दै आएका छन् ।
सोलुखुम्बुबाट चुनाव जितेका एमालेका केन्द्रीय सदस्य मानवीर राई पनि पहिलो प्रयासमै संसदमा आइपुगेका छन् । मानवीरले चुनाव जितेर एकै पटक २ वटा रेकर्ड बनाए । मानवीर नै सोलुखुम्बुमा एमालेलाई जिताउने पहिलो उम्मेदवार हुन् । यसअघि सोलुमा एमालेले कहिल्यै संसदीय चुनाव जितेको थिएन । सातौँ पटक उम्मेदवार भएका कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको जीत यात्रालाई राईले ब्रेक लगाइ दिएका हुन् । राई आफैँले पनि पहिलो पटक संसदीय चुनाव फेस गरेका थिए ।
त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार भएकाहरू पनि पहिलो प्रयासमा संघीय संसदमा आउने क्रममा छन् ।
कैलाली–३ बाट गंगाराम चौधरीले जितेका छन् भने कैलाली–१ मा रेशम चौधरीकी श्रीमति रञ्जिता श्रेष्ठले चुनाव जित्ने पक्का–पक्की छ ।
दोलखमा उम्मेदवार रहेका एमालेका बालकृष्ण सिवाकोटी र गठबन्धनकातर्फबाट उम्मेदवार भएका गंगाबहादुर कार्की दुवै जना पहिलोपटक संसदीय चुनाव फेस गरिरहेका छन् । तर, दोलखाबाट प्रदेशसभाका उम्मेदवार कांग्रेस नेता कुन्दन काफ्लेले बुथकब्जा गरेको भन्दै एमालेले मतगणना हुनदिएको छैन । दोलखाबाट प्रतिनिधि सभामा जसले चुनाव जिते पनि चुनाव जित्ने व्यक्ति पहिलो पटक सांसद हुनेछन् ।
इलामबाट उम्मेदवार रहेका एमालेका जिल्लाअध्यक्ष महेश बस्नेत पनि पहिलो पटक संसदीय चुनावको मैदानमा आएका हुन् । इलाम–१ बाट उम्मेदवार रहेका बस्नेत आफ्नै अग्रज झलनाथ खनालसँग प्रतिस्पर्धा गरिरहेका छन् । इलाममा मत गणना जारी छ तर, बस्नेत खनालसँग फराकिलो मतान्तरले अघि छन् । जीतनिकट रहेका बस्नेत पनि संघीय संसदमा फ्रेस अनुहार हुन् ।
मोरङ ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर जितेका योगेन्द्र मण्डलले पनि पहिलो प्रयासमै संसदको यात्रा तय गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
लुम्बिनी प्रदेश सभाको पाँचौ बैठक आजबाट शुरु हुनेभएको छ । प्रदेश सभाको बैठक आज दिउँसो १ बजे बस्ने प्रदेश सभाका सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । बैठकमा सांसदहरुले प्रदेशका समसामयिक विषयमा ध...
एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रलाई संस्थागत र सुदृढ गर्नका लागि निर्वाचन प्रणालीको विधिलाई सुधार गरी राजनैतिक स्थिरता कायम गर्नु आजको आवश्यकता भएको बताएका छन् । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा...
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
सरकारमा सहभागी तेस्रो ठूलो दल रास्वपा सरकारबाट तत्काल नबाहिरिने भएको छ। आज साँझ अबेरसम्म बसेको पार्टीको बैठकले सरकारमै रहने निर्णय गरेको प्रवक्ता मुकुल ढकालले बैठकपछि जानकारी दिए। बैठक जार...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...