माघ २०, २०७९
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
कर्णाली प्रदेशका १० जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि १२ निर्वाचन क्षेत्र छन् । सुर्खेत र दैलेखमा दुई/दुई निर्वाचन र अन्य आठ जिल्लामा एक निर्वाचन क्षेत्र कायम छन् । सबै क्षेत्रको निर्वाचन प्रक्रिया अन्तर्गत मतगणना सम्पन्न भइसकेको छ ।
मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा देशैभरि झैं कर्णालीमा लोकतान्त्रिक वाम–गठबन्धन र नेकपा एमालेबीच नै प्रतिस्पर्धा भयो । यो चुनावमा केही जिल्लामा राप्रपाले आफ्नो विगत फर्काउन सफल भयो ।
पाँच वर्षअघि विसं २०७४ मा नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेल भएको थियो । निर्वाचनमा एमाले र माओवादीको तालमेलका कारण कर्णालीका निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस ‘क्लिस्वीप’ भएको थियो । तत्कालीन अवस्थामा प्रदेशसभामा हालका मुख्यमन्त्री जीवबहादुर शाही मात्र प्रत्यक्षबाट निर्वाचित भएका थिए ।
प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचन २०७९ मङ्सिर ४ गतेको नतिजा भने विगतकै जस्तो तर ठिक उल्टो आएको छ । यस पटकको निर्वाचनबाट पाँच वर्षअघि माओवादी केन्द्रसँग तालमेल गरेको एमाले सिङ्गो कर्णालीबाट ‘क्लिस्वीप’ हुँदा कांग्रेस भने माथि उठेको छ । माओवादी केन्द्रले जुम्ला, हुम्ला, कालिकोट, जाजरकोट र रुकुमपश्चिम जितेको छ ।
नेपाली कांग्रेसले मुगु, दैलेख क्षेत्र नं २ र सुर्खेत क्षेत्र नं १ र २ मा विजय हासिल गरिसकेको छ । नेकपा एकीकृत समाजवादीले डोल्पा, दैलेख क्षेत्र नं १ र सल्यानमा आफ्नो जित हात पारिसकेको छ । एमालेले भने कर्णालीका १० जिल्लामा रहेका १२ निर्वाचन क्षेत्र मध्ये कतै पनि जीत हात पार्न नसक्दा शून्यमा झर्नुपरेको छ ।
जुम्लामा राप्रपाका प्रवक्ता ज्ञानबहादुर शाहीले २२ हजार ८१९ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार गोमा गौतम कुँवरले ११ हजार ९५९ मत प्राप्त गरे । यहाँ गठबन्धनको पराजय भएको छ । यसअघि नेकपा माओवादी केन्द्रका गजेन्द्रबहादुर महत सांसदमा निर्वाचित भएका थिए ।
सुर्खेत क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यमा गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का विजयी भएका छन् । खड्काले ४२ हजार ६०७ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका ध्रुवबहादुर शाहीले ३० हजार ९८८ मत प्राप्त गरे ।
सुर्खेत क्षेत्र नं २ मा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता हृदयराम थानीले नेकपा एमालेका अमृतबहादुर बुढाक्षेत्रीलाई पाँच हजार ६७ मतान्तरले पछि पार्दै ३४ हजार ६२५ मतले विजय भए ।
जाजरकोटबाट प्रतिनिधिसभा सदस्यमा शक्तिबहादुर बस्नेतले ३४ हजार १५१ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नीरजप्रसाद आचार्यले २५ हजार १२० मत प्राप्त गरे ।
रुकुमपश्चिममा नेकपा माओवादीका जनार्दन शर्माले ३९ हजार ५४९ मत ल्याउँदा नेकपा एमालेका नन्दराम देवकोटाले १२ हजार ९६१ मत ल्याएर पराजित भए ।
सल्यानबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याएर विजय भए ।
त्यस्तै, दैलेख क्षेत्र नं १ बाट गठबन्धनका साझा उम्मेदवार अम्मरबहादुर थापाले १८ हजार २५६ मत ल्याएर विजयी भए । त्यस्तै दैलेख क्षेत्र नं २ मा गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत ल्याएर विजय भए ।
नेकपा एमालेको गढ मानिएको दैलेखका दुवै क्षेत्रको विरासत यस पटकको लोकतान्त्रिक वाम–गठबन्धनले तोडिदिएको छ ।
कालीकोटमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाहीले २४ हजार ४७४ मत प्राप्त गरी विजय भए । उनका प्रतिस्पर्धी नेकपा एमालेका नगिन्द्र शाहीले १६ हजार ४१० मत प्राप्त ल्याएर पराजित भए ।
डोल्पा गठबन्धनका साझा उम्मेदवार धनबहादुर बुढाले ११ हजार २९२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका गणेशबहादुर शाहीले पाँच हजार ५०५ मत प्राप्त गरी पराजित भए ।
हुम्लामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका छिरिङ डम्डुल लामा नेकपा (एमाले) का दल रावललाई चार हजार ८५५ मतान्तरले पछि पार्दै विजयी भए ।
मुगुमा नेपाली कांग्रेसका ऐनबहादुर शाहीले नेकपा एमालेका राजबहादुर कार्कीलाई तीन हजार ९९४ मतान्तरले पछि पार्दै १४ हजार ७०२ मत ल्याएर विजयी भए ।
नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कर्णालीका अग्रगामी जनताको मतले अपेक्षित परिणाम प्राप्त भएको जनाए । नेकपा एमाले सुर्खेत क्षेत्र नं २ प्रदेश ९१० बाट निर्वाचित प्रदेशसभा सदस्य यामलाल कँडेलले गठबन्धनका नाममा एमालेमाथिको घेराबन्दीले कर्णालीमा एमालेका लागि अनपेक्षित नतिजा आएको प्रतिक्रिया दिए ।
एमालेभित्रको विभाजन र लोकतान्त्रिक वाम–गठबन्धनका कारण कर्णालीमा एमाले शून्य भएको राजनीतिक विश्लेषक पिताम्बर ढकाल बताउँछन् ।
निर्वाचन आयोग नेपालको सार्वजनिक तथ्याङ्क अनुसार हाल कर्णालीका १० जिल्लाको १० लाख ८५ हजार ४०३ मतदातामध्ये ६ लाख ६२ हजार ९५ ले मतदान गरेका थिए ।
बाँकेबाट बिहीबार पक्राउ परेका कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरीलाई हवाईजहाजबाट धनगढी ल्याइएको छ । नेपालगन्जबाट जहाजमै काठमाडौं लगिएका उनलाई त्यहाँबाट श्रीएयरलाइन्सको जहाजमा धनगढी ल्य...
राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का अध्यक्ष रवि लामिछानेको नागरिकता विषयमा सर्वोच्च अदालतले गरेको मुद्दाको फैसलाको पूरा पाठ नआएसम्म सो पार्टीले धैर्य गर्नुपर्ने नेकपा (माओवादी केन्द्र) ले जनाएको छ । पा...
नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजनीतिक स्थायित्व र सरकार सञ्चालनमा प्रमुख राजनीतिक दलबीच सहमतिको विकल्प नभएको बताएका छन् । सामाजिक सञ्जालमा ट्वीट ग...
सरकारको नेतृत्वकर्ता दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज पनि बस्दै छ। हिजो बिहीबार अपरान्ह बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको मन्तव्यसँगै सकिएको बैठक आज पुनः बस्न लागेको हो । आजको बैठकमा...
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो माग पुरा गर्न प्रधानमन्त्रीलाई थप दुई दिनको समय दिएको छ । सरकारबाट बाहिरिने या के गर्ने भन्ने विषयमा निर्णय लिन बिहीबार बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको पूर्ण...
पार्टी सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछिको विकसित घटनाक्रमबारे टुंगोमा पुग्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई सकस परेको छ । नागरिकता प्रकरणमा सांसद र मन्त्री पद खारेज भए पनि पुनः गृहमन्त्री बन्न पाउनुपर्न...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...