×

NMB BANK
NIC ASIA

मोरङको ३ नम्बर क्षेत्रमा ४ पालिका छन्, ३ नगरपालिका र १ गाउँपालिका ।

Muktinath Bank

सुन्दरहरैचा, बेलबारी, पथरी शनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका मोरङको ३ नम्बर क्षेत्रमा पर्छन् । २०७९ सालको आम निर्वाचनमा ४ पालिकामध्ये बेलबारीले ३ जना सांसद पाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा बेलबारीकै ३ जना निर्वाचित भएका छन् । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधि सभामा निर्वाचित भएका सुनिलकुमार शर्माको घर बेलबारी–४ मा छ । उनी एमालेका भानुभक्त ढकाललाई पराजित गर्दै निर्वाचित भएका छन् । ढकालले सुन्दरहरैचामा घर बनाइरहेका छन् ।

Vianet communication
Laxmi Bank

२०७४ सालको निर्वाचनमा पर्यटक उम्मेदवारको आरोप लागेपछि यस पटकको निर्वाचनमा उम्मेदवार बन्दा ढकालले घर बनाएका हुन् । शर्माले ४८ हजार ६३१ मत ल्याएर विजयी बन्दा ढकालले २५ हजार ८९५ मत ल्याएका थिए । रेखा थापाले १० हजार ९८८ मत ल्याएकी छन् ।

प्रदेशतर्फ ३(१) मा कांग्रेसका मानबहादुर लिम्बु निर्वाचित भएका छन् । उनले १९ हजार ७४९ मत ल्याएका छन् भने एमालेका दिलीप राईले १४ हजार ८१७ मत मात्रै ल्याएका छन् ।

लिम्बुको घर बेलबारी–१० मा पर्छ भने राईको घर पथरीशनश्चरे हो । राई पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर हुन् । 

मोरङ ३(२) मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका छन् । उनले एकीकृत समाजवादीका लक्ष्मीकुमार श्रेष्ठलाई पराजित गरेका हुन् । सुवेदीले १७ हजार ७२८ मत ल्याएर विजयी बन्दा श्रेष्ठले १५ हजार ३५८ मत प्राप्त गरेका छन् ।

सुवेदीको घर बेलबारी–३ मा छ । उनी बेलबारीका पूर्व मेयर समेत हुन् । समानुपातिकको मतगणना जारी रहेको छ । प्रदेशको समानुपातिकमा माओवादी केन्द्रबाट गीता तिम्सिनाको नाम बन्दसूचीमा छ । उनको घर पनि बेलबारी हो ।

बन्दसूचीमा महिलातर्फ उनको नाम पहिलो नम्बरमा रहेको छ । उनी पनि सांसद भए बेलबारीले ४ जना सांसद पाउनेछ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x