×

NMB BANK
NIC ASIA

कांग्रेस विरासत जोगाउने एक्ला ज्ञानेन्द्रः भोजपुर छाडेपछि फाप्यो सुनसरी

मंसिर १५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभातर्फ सुनसरीबाट चुनाव जित्ने नेपाली कांग्रेसका एक्ला व्यक्ति बनेका छन् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की । ४ वटा निर्वाचन क्षेत्र मध्ये ३ वटा क्षेत्रमा कांग्रेसले टिकट पाएको थियो । भागबन्डा हुँदा एक क्षेत्रमा माओवादीले टिकट पाएको थियो । 

Muktinath Bank

क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको भागबन्डामा माओवादीले टिकट पाएको थियो । त्यहाँ एमालेको समर्थनमा जनता समाजवादी (जसपा)का अशोक राई निर्वाचित भए । क्षेत्र नम्बर २ मा कांग्रेसका सिताराम मेहताले टिकट पाएका थिए । उनी पनि एमालेका भीम आचार्यसँग पराजित बने । क्षेत्र नम्बर ३ मा ३१ वर्षदेखिको विजयकुमार गच्छदारको विरासत तोड्दै एमालेकी भगवती चौधरी विजयी बनिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्षेत्र नम्बर ४ मा भने ज्ञानेन्द्रले झिनो मतान्तरले कांग्रेसको इज्जत जोगाइदिएका छन् । उनी ११२ मतान्तरले विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार ३७१ मत प्राप्त गरेका छन् ।


Advertisment
Nabil box
Kumari

मन्त्री कार्की २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुनसरी–४ बाटै विजय भएका थिए । अघिल्लो चुनावमा कांग्रेसले ३ र वाम गठबन्धनले एक सिटमा जीत हात पारेका थिए । क्षेत्र नम्बर १ बाट वाम गठबन्धनबाट  एमाले उम्मेदवार जयकुमार राई विजयी थिए भने २ बाट कांग्रेसका सीताराम महतो, ३ बाट विजय गच्छदार र ४ बाट ज्ञानेन्द्रबहादुर कार्की विजयी भएका थिए । 

Vianet communication
Laxmi Bank

तर, यस पटक वाम–लोकतान्त्रिक गठबन्धन हुँदा सुनसरीमा एमालेको हाबी भयो । कांग्रेसको १४ महाधिवेशनको असर परेका कारण चुनावमा सुनसरीमा कांग्रेसले पराजय भोग्नु परेको कांग्रेसकै नेताहरू बताउँछन् । प्रदेश १ मा संस्थापन पक्षका पिलर मानिएका कार्कीले सुनसरीमा शेरबहादुर देउवाको समेत इज्जत जोगाइदिएका छन् । सुनसरीका तीन वटै क्षेत्रमा देउवा पक्षका नेताले प्रतिनिधि सभामा टिकट पाएका थिए । 

२०७४ सालको चुनावमा कांग्रेस मोरङको परिणामजस्तै सुनसरीमा देखिएको छ । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा त्यस चुनावमा एक क्षेत्र मात्रै चुनाव जितेर कांग्रेसको साख मिनेन्द्र रिजालले जोगाएका थिए । अहिले सुनसरीमा कांग्रेसको साख जोगाउने ज्ञानेन्द्र एक्ला हुन् । 

ज्ञानेन्द्र यो जित दोस्रो हो । भोजपुरमा तीनपटक चुनाव हारेपछि गिरिजाप्रसाद कोइरालाको निर्वाचन क्षेत्र ताकेर आएका कार्कीलाई यो क्षेत्र फापेको छ । 

२०५१ सालको मध्यावधि चुनावमा भोजपुर–१ मा एमालेका हेमराज राईसँग कार्की २६ भोटको झिनो मतान्तरले हारेका थिए । २०५६ को चुनावमा पनि कार्कीले भोजपुर–१ बाट चुनाव हारेका थिए । एमालेका घनेन्द्र बस्नेतसँग कार्की ८३८ मतान्तरले पराजित भए । त्यति बेला भोजपुरमा दुई वटा निर्वाचन क्षेत्र थिए ।

पहिलो संविधान सभाको चुनावमा कार्कीले भोजपुरबाटै चुनाव लडे । त्यस बेला पनि उनी विजयी हुन सकेनन् । संविधान सभाको पहिलो चुनाव कार्कीका लागि हारको ह्याट्रिक भयो । त्यस बेला कार्की माओवादीका पदम राईसँग २ हजार २१४ मतको फराकिलो अन्तरले चुनाव हारेका थिए । २०७० को चुनाव भने उनले प्रत्यक्ष चुनाव लड्ने हिम्मत गरेनन् र समानुपातिकतर्फको सांसद भए ।  

तेस्रो प्रयासमा पनि चुनाव जित्न नसकेपछि उनले गिरिजाप्रसाद कोइरालाले चुनाव जित्ने गरेको क्षेत्र सुनसरी– ४ मा आँखा लगाएका थिए । उनले आँखा लगाएको क्षेत्रले दोस्रो पटक प्रत्यक्ष चुनाव जितेर संसदमा छिर्ने बाटो बनाइ दिएको छ । उनले  सुनसरी ४ बाट लगातार दोस्रोपटक निर्वाचन जितेका हुन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x