माघ १४, २०७९
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी संघको व्यवस्थापनमा यू–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा रग्बी संघका महासचिव चेतनराज गिरीले जानकारी गराए ।
पुरुषमा नेपाल, दक्षिण कोरिया, थाइल्यान्ड, युएइ, बंगलादेश, भारत, चाइनिज ताइपेइ र मलेसियाले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
महिलामा नेपाल, भारत, युएइ, मलेसिया र थाइल्यान्डले राउन्ड रोविन लिगका आधारमा खेल्ने छन् । राउन्ड रोविनमा शीर्ष दुई स्थानमा रहने टोलीले पुनः उपाधिका लागि भिड्ने छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव एवं एसिया रग्बीका सदस्य टंकलाल घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिताले खेलाडीले एक्पोजर पाउनुका साथै राष्ट्रको पर्यटन प्रवद्र्धन र अर्थतन्त्र बृद्धिमा टेवा पु¥याउन पनि महत्वपूर्ण योग्दान पु¥याउने धारणा व्यक्त गरे ।
रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रतियोगिता सञ्चालन गर्न १ करोडमाथि बजेट खर्च हुने र त्यसमा ५७ लाख नेपाल रग्बी संघले व्यवस्थापन गर्ने जानकारी गराए । उनका अनुसार बाँकी रकम एसिया रग्बीले व्यहार्ने छ ।
नेपाली टोलीको सम्पूर्ण खेल पोशाक गोक्यो वेयरले प्रायोजन गर्ने भएको छ । गोक्योका प्रोप्राइटर समिर केसीले कार्यवाहक अध्यक्ष देवकोटालाई पोशाक हस्तान्तरण गरे ।
सोही अवसरमा नेपाली टोलीका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो । पुरुषमा रोहन डंगोल (कप्तान), मनीष हिङमांग (उप कप्तान), विकास कार्की, मोशेष सुनार, चन्द्रदेव जोशी, गणेश बानियाँ, नवीनबहादुर मगर, विरास रेग्मी, सन्दिपकुमार राई, एएमपी चौधरी, अवी राई र प्रसेश पनेरु रहेका छन् । महिलामा मनीषा घिसिङ (कप्तान), सुजा राई (उप कप्तान), विदिशा राई, ज्योति बोम्जन, श्रीषा लोप्चन, मिनाक्षी अधिकारी, पुष्पा खड्का, आरजु शेर्पाली सुनार, पूजा बालमपाखी, सम्झौता तुम्बापो, सिर्जना छन्त्याल र सुमा योञ्जन छन् ।
दुईदिने प्रतियोगतिाका खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय रग्बी प्रतियोगिता हुन लागेको हो ।
काठमाडौं महानगरपालिका तेस्रो जुनियर आमन्त्रण मेयर कप तेक्वान्दो प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । आयोजकको २ सहित २० टिम सहभागी प्रतियोगितामा काठमाडौं सर्वाधिक ८ स्वर्ण, २ रजत र १ कांस्य जित्दै ...
क्रिकेटर सन्दीप लामिछानेले आफू हरेक पलका लागि आभारी रहेको बताएका छन् । बलात्कार आरोप लागेका सन्दीप हालै शर्तसहित धरौटीमा रिहा भएका थिए । रिहा पछि पहिलो पटक सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया बाहि...
घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफिएफ क्लब पोखरामा सञ्चालन भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसीप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ च्याम्पियन...
नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् । एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्र...
नेपाल क्रिकेट संघ (क्यान) का सात केन्द्रीय सदस्यहरूले नेपाली टी–२० लिगको दौरानमा स्पट फिक्सिङ जस्तो गम्भीर अपराधका लागि बाटो खोलिदिएको भन्दै कार्यसम्पादन समितिको राजीनामा मागेका छन्। क्यानका केन्द्रीय सदस्...
पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगिताको आज भएको फाइनलमा खेलाडीमाथि बोतल प्रहार भएको छ । पोखराको रंगशालामा आयोजित उक्त खेलमा आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको फाइनल खेल चलिरहेको थियो । खोँ...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...
जयमुकुन्द खनाल—नेपालको प्रशासनिक क्षेत्रको त्यस्तो नाम हो, जो कहिल्यै विवादमा परेन, कुनै 'स्क्यान्डल' मच्चाएन । प्रचारमा आउन पटक्कै मन नपराउने र आफ्नै पाराले मिहीनरूपमा काम गर्ने खनाल कृषि तथा पशुपन्...