माघ १९, २०७९
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
काठमाडाैं | मंसिर २२, २०७९
प्रतिनिधिसभामा ६ सिट रहेको सीके राउत नेतृत्वको जनमत पार्टी सरकारमा सहभागी हुन सकारात्मक बनेको छ । बिहीबार बसेको जनमत पार्टीको केन्द्रीय समिति बैठकमा सदस्यहरुले सरकारमा जानुपर्ने धारणा राखेका थिए ।
सरकारमा जानेबारे सबैजसो सदस्यले सकारात्मक प्रतिक्रिया दिएसँगै राजधानीको तपोवन होटलमा बसेको बैठकले परिस्थिति हेरेर सरकारमा जानेबारेमा निर्णय गर्ने अधिकार अध्यक्ष राउतलाई दिने निर्णय गरेको महासचिव चन्दन सिंहले जानकारी दिए ।
‘सरकारमा जानबारे परिस्थिति हेरेर आवश्यक निर्णय हुन्छ । बैठकले सरकारमा जानेबारे थप निर्णय गर्ने अधिकार अध्यक्षजीलाई दिएको छ’, सिंहले लोकान्तरसँग भने । सोहीअनुसार दलहरुसँग छलफल गरिने पनि उनको भनाइ छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ राउत निर्वाचित भएका थिए भने समानुपातिकतर्फ ५ सांसद सो पार्टीले पाएको छ । पार्टीको बैठकले समानुपातिक सांसद बन्नेहरुको नाम अनुमोदन गरेको पनि सिंहले जानकारी दिए । निर्वाचन आयोगमा बुझाइएको क्लस्टरअनुसारको नामलाई नै बैठकले अनुमोदन गरेको उनको भनाइ छ । बैठकले जनमत पार्टीलाई मत दिने आम मतदातासहित निर्वाचन सफल बनाएकामा सम्बन्धित निकायलाई धन्यवाद पनि ज्ञापन गरेको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई दिनभित्र सत्ता साझेदार दलका नेताहरूले राजनीतिक इमानदारिता नदेखाए पार्टीले सरकारबाट बाहिरिने जस्तो अप्रिय निर्णय लिन सक्ने स्पष्ट गरेको छ । बिहीबार बसेको केन्द्रीय...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का राजनीतिक सल्लाहकार एवं नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा राखिरहन प्रयास भइरहेको बताएका छन् । उनले ...
दुवै मिर्गौला फेल भएपछि नेपाली सेनाका पूर्व प्रधानसेनापति रुकमाङ्गद कटवाल अस्पताल भर्ना भएका छन्। मिर्गौला फेल भएर डाइलसिस गराउँदैआएका कटवालको स्वास्थ्यमा थप समस्या देखिएपछि छाउनीस्थित सैनिक अस्पतालको आईसीयूमा उ...
प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने दाबी गरेका छन् । बिहीवार अपराह्न पार्टी स्थायी कमिटी बैठक सकेर केन्द्रीय कार्याल...
बिहीबार काठमाडौं आइपुगेका मलेसियाका गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्दैछन् । त्यस्तै उनले आजै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल लगाय...
मलेसियाका गृहमन्त्री नेपाल भ्रमणमा आइपुगेका छन् । गृहमन्त्री साइफुद्दिन नासुसन इजमाइल बिहीबार साँझ नेपाल आइपुगेका हुन् । गृह मन्त्रालयको निमन्त्रणमा आएका उनले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, श्...
– सत्तालाई आर्यघाटसम्मको सहयात्री बनाउने । – शक्तिलाई ईश्वरीय अनुकम्पा सम्झने । – सम्पत्तिलाई सामन्ती विरासतको जगमा ढाल्नुपर्ने । – पार्टी मुख्यालयलाई शान्त मसानघाट जस्तो राख्ने । निवास...
डा. इन्द्रजित सिंह कुँवर अर्थात डा. के.आई. सिंहले २०१४ साउन ११ गते प्रधानमन्त्री पदको शपथ लिए । आफूले एक रुपैयाँ पनि तलमाथि नगर्ने र अरूलाई पनि गर्न नदिने प्रतिबद्धतासहित प्रधानमन्त्री भएका उनले गोप्यरूपमा भ्रष्टा...
मानव सभ्यताको इतिहासबाट युद्ध निकालिदिने हो भने त्यो पूर्ण हुने छैन । परापूर्वकालदेखि अहिलेसम्म पनि विभिन्न परिणामका युद्धहरू भइरहेका छन् । एकाथरि विद्वानहरू मानव विकासको प्रमुख आधार नै संघर्ष वा युद्ध हो भन्ने ...