×

NMB BANK
NIC ASIA

समानुपातिक सांसद छनोटपछि रास्वपामा विवाद, केन्द्रीय सदस्य कार्कीले लेखे– उपलब्धीको दुरुपयोग भयो

मंसिर २४, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

समानुपातिकतर्फका सांसद छनोटको विषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीभित्र विवाद देखिएको छ । ठूला नेताहरूले आफ्ना नजिकका मान्छेलाई छनोट गरेको भन्दै एक केन्द्रीय सदस्यले विरोध जनाएका छन् । 

Muktinath Bank

पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले विधि र पद्धति मिचेर आफूलाई सांसद हुन नदिइएको भन्दै आक्रोश पोखेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आफ्नो गुरुआमा र कर्मचारीलाई अवसर दिँदा आफू सांसद हुनबाट रोकिएको बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले राष्ट्रिय स्वतन्त्र पार्टीले पुराना दलहरूलाई ‘दामी धक्का’ हानेर उपलब्धी हात पारेको बताएका छन् । तर, उक्त उपलब्धीको दुरुपयोग गरिएको उनको आरोप छ । पार्टीभित्र विधि पद्धति मिचेर उपलब्धीको दुरुपयोग गरिएको भन्दै उनले मतदाताहरूसँग माफी पनि मागेका छन् । 


Advertisment
Nabil box
Kumari

यस्तो छ कार्कीको सन्देश 

Vianet communication
Laxmi Bank

‘म नि झन्डै सांसद भएको थिएँ । हुन्थेँ पनि, यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए ।

किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो । म खसआर्य खुलातर्फको दोस्रो नम्बरमा र दिपक बोहोरा तेस्रो नम्बरमा थियौँ । समावेशी र आरक्षणको बिषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरि महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । बिधी त्यहि हो । त्यहि अनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनु पर्ने हो । यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो । तर आफ्नालाई काखी च्यापियो । 

जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो !’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x