×

NMB BANK
NIC ASIA

लुम्बिनीमा ३५ समानुपातिक सीटमध्ये ३१ महिला छनोट, कुन दलबाट को–को समेटिए ?

मंसिर २५, २०७९

NTC
छानिएका केही महिला सांसद तस्वीरमा
Premier Steels

लुम्बिनी प्रदेशसभामा ३५ समानुपातिक सीटमध्ये ३१ जना महिला छनोट भएका छन् । ८७ सदस्यीय प्रदेशसभाका लागि प्रत्यक्षतर्फ ५२ र समानुपातिकतर्फ ३५ प्रदेश सांसद छनोट हुने संवैधानिक व्यवस्था छ । 

Muktinath Bank

प्रदेशसभामा ३३ प्रतिशत महिलाको उपस्थिति अनिवार्य रहेकाले प्रत्यक्षतर्फ एक जना महिला मात्रै निर्वाचित भएको हुँदा समानुपातिकबाट ३१ महिला छान्नुपरेको हो । निर्वाचन आयोगमा दलहरूले शनिबार प्रदेश सांसदको सूची बुझाइसकेका छन् । प्रत्यक्षतर्फ नेकपा माओवादी केन्द्रबाट कृष्णा केसी ‘नमूना’ ले बाँकेबाट चुनाव जितेकी छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनीमा समानुपातिकतर्फ एमालेले ११, कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी २, नागरिक उन्मुक्ति पार्टीले २, जनमत पार्टीले २, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाले १/१ गरी ३५ सीट प्राप्त गरेका छन् । लुम्बिनी प्रदेशसभामा १० दलको प्रतिनिधित्व रहेको छ । 


Advertisment
Nabil box
Kumari

यी हुन्, कांग्रेसका ९ जना महिला  

Vianet communication

नेपाली कांग्रेसले लुम्बिनी प्रदेशसभाका १० समानुपातिक सांसदहरूको नाम टुंगो लगाएको छ । प्रत्यक्षतर्फ १७ क्षेत्र जितेको कांग्रेसले समानुपातिकतर्फ १० सांसद पाएको छ । जसमध्ये खस आर्यबाट जमुना ढकाल (रूपन्देही), निमा गिरी (प्युठान) र मालती सोडारी (बर्दिया) रहेका छन् । 

यस्तै जनजातितर्फ धनलक्ष्मी श्रेष्ठ (प्यूठान), माया पुन (बाँके) रहेका छन् । यसैगरी थारूबाट देवीप्रसाद चौधरी (रुपन्देही) र सञ्जुकुमारी चौधरी (बाँके) रहेका छन । मधेशीतर्फ सुशीला बादी (दाङ), दलिततर्फ लोकीकुमारी बिक (दाङ) र मुस्लिमतर्फ मीनाकुमारी सिद्दिकी (बाँके) रहेका छन् ।

एमालेका ११ मध्ये १० महिला 

प्रत्यक्षतर्फ १८ सीट जितेको एमालेले समानुपातिकमा ११ सिट पाएको छ ।  एमालेबाट खसआर्य महिलातर्फ जानकी न्यौपाने (रूपन्देही), वसन्ती न्यौपाने (बाँके) चयन भएका छन् ।

आदिवासी जनजाति महिलाबाट सरिता पुन, (रुकुम पूर्व) , यमुना रोका तामाङ (रोल्पा) चयन भएका छन् । त्यस्तै थारूबाट सीता चौधरी (दाङ), भगवतीकुमारी थरूनी (रूपन्देही), दलिततर्फ इन्द्रकुमारी गहतराज (पाल्पा), यसैगरी रेखाकुमारी शर्मा (दाङ), मधेशीतर्फ शान्ति लोध (रुपन्देही), (अल्पसंख्यक) र मुस्लिमतर्फ रासा बानु (बाँके) र खसआर्य पुरूषमा गिरिधारीलाल न्यौपाने (कपिलवस्तु) रहेका छन् । 

माओवादी केन्द्रबाट २ महिला र २ पुरुष समानुपातिबाट सांसद बनेका छन । खस आर्यतर्फ भक्तिप्रसाद आचार्य (अर्घाखाँची),  जनजातितर्फ दिलकुमारी बुढा (रुकुमपूर्व) थारूतर्फ कृष्णा थारू (बर्दिया) र दलिततर्फ यमबहादुर नेपाली (गुल्मी) रहेका छन् । माओवादीबाट प्रत्यक्षमा एकजना महिलाले जीत निकालेकी छिन् ।

राष्ट्रिय जनमोर्चाबाट गुल्मीकी तारा थापा सिफारिश भएकी छिन् । राष्ट्रिय जनमोर्चा केन्द्रीय सदस्य तथा गुल्मी कालीगण्डकी गाउँपालिकाकी पूर्व उपाध्यक्ष थापा जनमोर्चाको लुम्बिनी प्रदेश समानुपातिक सांसद कोटाबाट प्रदेश सांसदमा सिफारिश भएकी हुन् । त्यस्तै जनता समाजवादी पार्टीबाट अम्बिका काफ्ले (बर्दिया), नागरिक उन्मुक्ति पार्टीबाट निर्मला कुमारी थारू चौधरी (रुपन्देही) र नोरीकुमारी चौधरी (बाँके) रहेका छन् । 

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट भगवती अधिकारी घिमिरे (रुपन्देही), जनमत पार्टीबाट सुमन रायमाझी (बर्दिया) र गीता गुरूङ (रुपन्देही रहेका छन् । त्यस्तै लोसपाबाट हेमा बेल्वासे केसी, राप्रपाबाट मेनुका खाँण (गुल्मी) र जनजातितर्फ मीनाकुमारी श्रेष्ठ बाँके रहेका छन् । 

लुम्बिनीमा १० दलको सहभागिता 

लुम्बिनी प्रदेशसभामा १० राजनीति दलको सहभागिता हुने भएको छन् । प्रत्यक्षमा ८ वटा दलले मात्रै चुनाव जिते पनि समानुपातिकतर्फ थप २ दलले ‘थ्रेस होल्ड’ कटाएर एक/एक सिट पाउने भएपछि प्रदेश सभामा १० दलको उपस्थिति हुने भएको हो । लुम्बिनीमा ३२ दलले चुनावमा भाग लिएका थिए । उहाँ स्वतन्त्रले ३ सीट जितेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x