×

NIC ASIA

सन् १९९८ मा गरिएको आतंकवादी आक्रमणका आरोपित अहिले आएर परे पक्राउ

मंसिर २६, २०७९

Prabhu Bank
NTC
Premier Steels

सन् १९९८ मा लन्डनबाट न्युयोर्क गइरहेको प्यान एम १०३ उडानमा बम विस्फोट गराउने एक आरोपितलाई अमेरिकाले आइतवार हिरासतमा लिएको छ । 

Muktinath Bank

स्कटल्यान्डको लकरबीमा भएको यस आतंकवादी आक्रमणमा परी उडानमा रहेका २५९ जनाको ज्यान गएको थियो । अन्य ११ जना विमानका टुक्राटाक्री भुइँमा खस्दा लागेर मरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संयुक्त अधिराज्यको भूमिमा भएको त्यो सबभन्दा ठूलो आतंकवादी आक्रमण मानिन्छ । 


Advertisment
Nabil box
Kumari

पक्राउ परेका आरोपितको नाम अबु अगेला मसूद खैर अल–मरीमी हो । उनी लिबियाका निवासी हुन् । 

Vianet communication

स्कटल्यान्डको क्राउन अफिसका अनुसार, आरोपित पक्राउ परेको खबर सबै पीडित परिवारलाई दिइएको छ । अमेरिकाको जस्टिस डिपार्टमेन्टले मसुदलाई वाशिङटन डीसीमा पेश गरिने जानकारी दिएको छ । 

लकरबी विमानमाथि आतंकवादी आक्रमणको अनुसन्धानका क्रममा सन् २०१७ मा निर्णायक मोड आएको थियो । त्यतिखेर अमेरिकी अधिकारीहरूले लिबियाको गुप्तचर निकायलाई मसुदले दिएको अन्तर्वार्ता फेला पारेका थिए । 

उक्त अन्तर्वार्ता सन् २०१२ मा गद्दाफी सरकार अपदस्थ भएपछि लिइएको थियो । त्यतिखेर गुप्तचर निकायले मसुदलाई हिरासतमा लिएको थियो । 

अन्तर्वार्तामा मसुदले प्यान एम फ्लाइट १०३ मा आक्रमणका लागि बम बनाएको स्वीकार गरेको थियो । यस काममा अन्य दुईजना पनि सहभागी बनेको उसको भनाइ थियो । 

अमेरिकी अनुसन्धान निकाय एफबीआईको प्रतिवेदनमा यस आक्रमणमा लिबियाली गुप्तचर निकाय पनि संलग्न रहेको उल्लेख छ । गद्दाफीले आक्रमणका लागि मसुद र अन्य सदस्यहरूलाई धन्यवाद दिएका थिए । 

अन्य दुई सदस्य अब्दुल बासित अल–मगराही र लामेन खलीफा फहिमा थिए । तर फहिमामाथिको आरोप प्रमाणित हुन सकेको थिएन ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x