×

NMB BANK
NIC ASIA

बागमतीमा बनेन् नयाँ प्रदेश सभा भवनः पुरानैमा स्वागतको तयारी

मंसिर २६, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बागमतीको प्रदेश सभा भवन समयमा निर्माण सम्पन्न नहुँदा पुरानै भवनमा नयाँ प्रदेश सभा सदस्यहरूको बैठक बस्नुपर्ने भएको छ । २०७७ मंसिर १० गते प्रदेश सभाका निवर्तमान सभामुख सानुकुमार श्रेष्ठले नयाँ प्रदेश सभा भवनको शिलान्यास गरेका थिए । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन कार्यालय मकवानपुरले २०७९ को वैशाख १ गतेसम्म निर्माण सम्पन्न गर्ने गरी अर्घाखाँची÷सगुन पारामाउन्ट जेभीसँग भवन निर्माण सम्झौता गरेको थियो । तर, तोकिएको समयमा काम सम्पन्न नभएपछि पुनः आगामी जेठ मसन्तसम्मको लागि म्याद थपिएको छ । 

Muktinath Bank

यस अघि पनि तत्कालीन शिक्षा निर्देशनालयको साँघुरो भवनमा प्रदेश सभा बैठक सञ्चालन हुँदै आएको थियो । प्रदेशको नीति निर्माण गर्ने थलोको रुपमा रहेको प्रदेश सभा हल अस्तव्यस्त रूपमा रहेको छ । अघिल्लो ५ वर्षे प्रदेश सभाको अवधिमा प्रदेशमा ३ जना मुख्यमन्त्री फेरिए पनि प्रदेश सभा भवनको रूप भने फेरिन सकेन । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश सभा भवन निर्माणका लागि हालसम्म ३ करोड ३ लाख  ९७ हजार रुपैयाँ खर्च भइसकेको शहरी विकास तथा भवन कार्यालय मकवानपुरका कार्यालय प्रमुख घनश्याम श्रेष्ठले बताए । ८० प्रतिशत काम सम्मन्न भइसकेको भए पनि एयरकन्डिसनर (एसी) उपकरणहरू बाहिरबाट ल्याउनु पर्ने भएकोले निर्माण कार्यमा ढिलाइ भएको श्रेष्ठले बताए ।


Advertisment
Nabil box
Kumari

उता नयाँ प्रदेश सभा भवन समयमा निर्माण नहुँदा प्रदेश सभा सचिवालयले भने पुरानै भवन मर्मतसम्भारको काम गरिरहेको छ । सचिवालयले प्रदेश सभाको मूल गेटदेखि सभामुख, उपसभामुखको कार्यकक्ष, सत्ता पक्ष र प्रतिपक्षको लागि सिट व्यवस्थापनका साथै रंगरोगन लगाएर आकर्षण बनाउने कार्य गर्दा प्रदेशमा दोहोरो खर्चसमेत बढेको छ । हालसम्म उक्त कार्यका ७ लाख रुपैयाँ खर्च गरेकोे प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले बताए । बागमती प्रदेश सभामा विभिन्न दलबाट निर्वाचित १ सय १० प्रदेश सभा सदस्यहरूको प्रतिनिधित्व रहने छ ।

Vianet communication
Laxmi Bank


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x