×

NIC ASIA

प्रदेश सरकारको नेतृत्व हत्याउने कसरत

लुम्बिनीमा प्रमुख पार्टीबाट दलको नेता को ? भित्रभित्रै यसरी हुँदैछ मुख्यमन्त्री बन्ने कसरत

मंसिर २९, २०७९

Prabhu Bank
NTC
Premier Steels

लुम्बिनी प्रदेशमा कुनै पनि समूहलाई सरकार गठनका लागि सुविधाजनक बहुमत नआएका बेला भावी मुख्यमन्त्रीका लागि दल नेता बन्न रस्साकस्सी शुरू भएको छ ।

Muktinath Bank

निर्वाचनको अन्तिम परिणाम आएसँगै पार्टीहरू दल नेता छान्नतर्फ केन्द्रित हुन थालेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वर्तमान कांग्रेस–माओवादी नेतृत्वको सत्ता गठबन्धन बहुमतनजिक भएको अवस्थामा संसदीय दलका आकांक्षी नेताले पार्टी नेतृत्व र गठबन्धनभित्र अनुकूलता जुटाउन दौडधूप बढाएका हुन् ।


Advertisment
Nabil box
Kumari

लुम्बिनीमा कुन पार्टीमा को नेता मुख्यमन्त्री बन्ने भन्ने टुंगो छैन । संसदीय दलको नेता नै भावी मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन्छन् । मुख्यमन्त्री भइसकेका शंकर पोखरेल र कूलप्रसाद केसी प्रदेशसभामा नभएकाले लुम्बिनीले नयाँ मुख्यमन्त्री पाउनेछ ।

Vianet communication

लुम्बिनी प्रदेश सभामा नेकपा एमाले पहिलो दल हो । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रक्रिया अगाडि बढिसकेको छ । 

कांग्रेसबाट रज्जाक कि चौधरी ?

नेपाली कांग्रेसबाट केन्द्रीय सदस्य तथा रूपन्देही १(२) बाट निर्वाचित अब्दुल रज्जाक र दाङ ३(१) बाट निर्वाचित तथा प्रदेशका मन्त्री डिल्लीबहादुर चौधरी संसदीय दलको नेता बन्ने दाउमा छन् । रज्जाक र चौधरीसँगै दाङ २(१) बाट निर्वाचित राजु खनालले दावी गरेका छन् । रज्जाक, चौधरी र खनाल तीनै जना कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । पाल्पाका वीरबहादुर रानाले पनि आकांक्षी देखिएका छन् । उनी संस्थापनइतर समूहका नेता हुन् ।

प्रतिनिधिसभा सांसद र मन्त्री भइसकेका रज्जाकले आफूलाई सभापतिले नै मुख्यमन्त्री बन्ने गरी प्रदेश सभातर्फ उम्मेदवार बनाएकाले दलको नेता केन्द्रबाट नै टुंग्याएर आउने बताए । रज्जाक भन्छन्, ‘दलको नेता, मुख्यमन्त्री र गठबन्धन भए लुम्बिनी प्रदेशमा कसले नेतृत्व गर्ने भन्ने केन्द्रबाट छलफल अगाडि बढिरहेको छ । हेरौं केही दिनमा टुंगो लाग्छ होला ।’ पार्टीको वरियतामा रज्जाक अगाडि छन् ।

प्रदेशसभा सार्वजनिक लेखा समितिको सभापति र अहिले मन्त्री भएकाले कार्य अनुभवको आधारमा चौधरीले आफूलाई दलको नेता र भावी मुख्यमन्त्रीको रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । पार्टी महासमिति सदस्य चौधरी २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा दाङबाटै प्रदेशसभा जितेका नेता हुन् । लुम्बिनीमा गठबन्धनको सरकार बनेमा कांग्रेस र माओवादी केन्द्र कसले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने रस्साकस्सी चलिरहेको छ । लुम्बिनीमा गठबन्धनको सरकार बन्ने निश्चित जस्तै भए पनि गठबन्धनको आकार अझै प्रस्ट भएको छैन ।

एमालेबाट गिरी कि ढकाल ?

नेकपा एमालेबाट संसदीय दलको नेतामा रूपन्देही २(१) बाट निर्वाचित लीला गिरी र रूपन्देही ५(१) बाट निर्वाचित भूमिश्वर ढकाल प्रमुख दाबेदार छन् । ‘सिनियारिटी’को हिसाबले गिरी पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री हुन् । ढकाल पार्टीका केन्द्रीय सदस्य हुन् । पार्टीबाट पहिलो वरियतामा रहेकाले दलको नेता आकांक्षी हुनु स्वाभाविक रहेको उनको तर्क छ । 

एमालेबाट प्रदेश सभाको प्रमुख सचेतक समेत रहिसकेका ढकालले यसअघि प्रदेशसभामा निभाएको भूमिकाका आधारमा संसदीय दलको नेता आफूले पाउनुपर्ने बताए । ‘मैले प्रदेश सभामा रहँदा पार्टीको तर्फबाट निभाएको भूमिकाको आधारमा दलको नेता पाउनुपर्छ भन्ने हो,’ ढकालले भने, ‘यो विषय पार्टीको निर्णयको विषय हो । पार्टीले जसलाई अगाडि सार्छ त्यो मान्नुपर्‍यो तर अहिले मेरो दावी स्वाभाविक हो ।’

गिरी आफू सर्वसम्मत रूपमा दलको नेता बन्ने दाउमा रहेका बेला रूपन्देही २(२) बाट निर्वाचित भोजप्रसाद श्रेष्ठले पनि दावी प्रस्तुत गरिराखेका छन् । दलको नेता बन्न गिरी र ढकाल आन्तरिक लबिङमा छन् ।

माओवादीबाट महरा एक्ला जस्तै 

माओवादी केन्द्रबाट रोल्पाबाट निर्वाचित जोखबहादुर महरा दलको नेता बन्ने देखिन्छ । उनका प्रतिस्पर्धी माओवादी प्रदेश अध्यक्ष सुदर्शन बराल गुल्मीबाट पराजित भएपछि महरालाई दलको नेता बन्न त्यति दौडधूप छैन । उनी लामो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव पनि भएका थिए । यता माओवादी केन्द्र बाँकेबाट निर्वाचित कृष्णा केसीले प्रदेशको नेतृत्व गर्ने इच्छुक रहेको बताइन् । ‘मेरो संघमा दावी थियो,’ केसी भन्छिन्, ‘म प्रदेशमा महिलातर्फ एक्ली निर्वाचित सांसद पनि हुँ । प्रदेशको नेतृत्व गर्ने अवसर पाए गर्ने हो ।’

प्रदेश सरकार गठनको समीकरण बनेसँगै प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख र संसदीय समितिको भागबण्डा हुने देखिन्छ । त्यसैले अझै पनि मुख्यमन्त्री कसको भागमा पर्छ भन्ने स्पष्ट खाका नआए पनि दौडधूप तीव्र छ । यद्यपि गठबन्धनको मिलिजुली सरकार बन्दा यसअघि माओवादीले लुम्बिनी प्रदेशको नेतृत्व गरेकाले अब आफूहरूले पाउनुपर्ने कांग्रेसको दावी छ ।

लुम्बिनीमा ५ दलीय गठबन्धनका ४१ सांसद छन् । सरकारको बहुमतका लागि ४४ सांसद आवश्यक पर्छ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा आउन खोजिरहेका छन् ।

एमाले पहिलो दल 

लुम्बिनी प्रदेश सभामा प्रत्यक्ष तर्फका ५२ सदस्यमध्ये नेकपा एमालेका १८, कांग्रेसका १७, माओवादीका ५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का २, जनमत पार्टीका १, नागरिक उन्मुक्तिका २, जसपाका २, राप्रपाका २ र स्वतन्त्र सांसद ३ निर्वाचित भएका छन् । समानुपातिकतर्फ प्राप्त मतअनुसार एमालेले ११, कांग्रेसले १०, माओवादीले ४, जनमतले २, नागरिक उन्मुक्तिले २, राप्रपाले २, जसपाले २, लोसपाले १, एकीकृत समाजवादीले १ र राष्ट्रिय जनमोर्चाले १ सिट पाएका छन् । यसरी एमालेका २९ र कांग्रेसका २७ सांसद हुनेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x