×

NMB BANK
NIC ASIA

कर्णालीमा २२ दलको धरौटी जफत

पुस ३, २०७९

NTC
प्रतिकात्मक तस्वीर
Premier Steels

कर्णाली प्रदेश सभामा बन्दसूची पेश गर्ने २२ दलको धरौटी जफत भएको छ । 

Muktinath Bank

निर्वाचन आयोगले शनिवार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष प्रदेशसभा सदस्य निर्वाचन २०७९ को परिणाम सहितको प्रतिवेदन बुझाउँदा २२ दलहरूको धरौटी जफत भएको जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ अनुसार समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा कुनै राजनीतिक दलले कम्तीमा १ सिट प्राप्त नगरेमा त्यस्तो दलले राखेको धरौटी जफत हुने व्यवस्थाबमोजिम प्रदेशसभातर्फ बन्दसूची पेश गर्ने २८ दलमध्ये कर्णाली प्रदेशमा २२ वटा राजनीतिक दलको धरौटी जफत गरिएको आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

पत्रकार भेटघाटमार्फत शनिवार सहसचिव भट्टराईले निर्वाचन परिणाम प्रतिवेदनअनुसार कर्णाली प्रदेशसभातर्फ ४० जना निर्वाचित भएका छन् । यसमा पुरुष २५ जना (६२.५ प्रतिशत) र महिला १५ जना (३७.५ प्रतिशत) निर्वाचित बताए । उनका अनुसार कर्णाली प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ १५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ २८ राजनीतिक दल निर्वाचनमा सहभागी भएका थिए । 

Vianet communication

‘प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ११३ पुरुष र ३ महिला गरी कूल ११६ जनाको अन्तिम उम्मेदवारी कायम भएको थियो,’ उनले भने, ‘समानुपातिक निर्वाचन प्रणालीतर्फ भने कूल २०० जना उम्मेदवारको अन्तिम बन्दसूची कायम गरिएको थियो ।’

प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा ४ लाख ९७ हजार ९८० महिला, ५ लाख १० हजार ४२० पुरुष र अन्य ३ गरी कूल १० लाख ८ हजार ४०३ मतदाता कायम रहेका उनले बताए ।
 
आयोगको प्रतिवेदनअनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचनमा ६ लाख १४ हजार ७१७ (६०.९६ प्रतिशत) मत खसेकामा ५ लाख ८९ हजार ४८४ (९५.९ प्रतिशत) मत सदर र २५ हजार २३३ (४.१० प्रतिशत) मत बदर भएको छ । समानुपातिक निर्वाचनमा ६ लाख १३ हजार ५०९ (६०.४ प्रतिशत) मतदान भएकामा ५ लाख ७७ हजार ८२९ (९४.१ प्रतिशत) मत सदर भएको छ । 

निर्वाचनमा ३५ हजार ६८० (५.८२ प्रतिशत) मत बदर भएको आयोगले जनाएको छ । 
 
प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६० मा प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फको कूल सदर मतको १.५ प्रतिशत थ्रेसहोल्ड कटाउने वा सोभन्दा बढी मत प्राप्त गर्ने दलको तर्फबाट मात्र उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । जसअनुसार कर्णाली प्रदेशसभामा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टीको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधित्व भएको छ ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा ३७ राष्ट्रिय संस्थाका ७ हजार ५५३ र २ वटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जना पर्यवेक्षकबाट निर्वाचन पर्यवेक्षण भएको जनाइएको छ । आयोगका अनुसार निर्वाचित प्रदेशसभा सदस्यहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरिनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x