×

NMB BANK
NIC ASIA

एमाले सरकारमा जाँदैन : ओली

पुस ५, २०७९

NTC
Premier Steels

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा जाने पक्षमा नरहेको स्पष्ट पारेका छन् । सत्तारुढ गठबन्धनले सरकार गठनका लागि अनुचित, अपवित्र, फोहोरी उद्देश्य र अभ्यास गरिरहेको भन्दै आफ्नो पार्टी त्यसविरुद्धमा रहेको समेत उनले बताए । 

Muktinath Bank

मंगलवार पार्टीले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टीले सत्तामा रहेपनि, प्रतिपक्षमा रहेपनि राष्ट्र र जनताको हितमा सक्रिय एवं जिम्मेवार भूमिका निर्वाह गर्ने बताए । सामाजिक स्थिरता र स्थायित्वको पक्षमा दृढतापूर्वक देश र जनताको सेवा गर्न आफ्नो पार्टी लागिपर्ने अध्यक्ष ओलीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले एमालेबाहेक अन्य दलसँग सरकार बनाएर के गर्ने भन्ने कुनै गन्तव्य नै नभएको दाबी गरे । अध्यक्ष ओलीले देश र जनताका लागि भन्दा पनि आफ्नो स्वार्थ पूरा गर्नका लागि सत्तारुढ दलहरु सरकार बनाउने खेलमा लागिपरेकाले त्यसमा आफ्नो पार्टी सामेल हुन नचाहेको स्पष्ट पारे । 


Advertisment
Nabil box
Kumari

‘सरकार के का लागि भन्ने हामीले सुनिराख्या छैनौँ । को प्रधानमन्त्री हुने ? को राष्ट्रपति हुने ? कसले प्रधानमन्त्री छोडदिन भन्यो रे । अर्कोले म पनि छोडदिन भन्यो रे । यस्तै कुरामा सरकार गठन अड्किएको छ । गठन हुँदा पनि यस्तै कुराको लेनदेनबाट सरकार गठन हुने हो । विचारका लागि, उद्देश्यका लागि, गन्तव्यका लागि, देशका लागि, जनताका लागि, सुशासनका लागि, विकासका लागि सरकार बनिराखेको छैन । सरकार बन्ने प्रयासहरू अहिले कसरी भइराख्या छ ? नेकपा (एमाले) बाहेकका दलहरुको कुरा भन्ने हो भने आज दलहरु नेताका स्वार्थ, लोभ र पदीय आकांक्षाका बन्धक बनेका छन्’, ओलीको दाबी थियो । 

Vianet communication

अध्यक्ष ओलीले पार्टी र पार्टी संसदीय दलको नीति, निर्णय र निर्देशन अनुसार चल्न पार्टीका नवनिर्वाचित सांसदहरूलाई निर्देशन दिए । सच्चा जनप्रतिनिधिको रुपमा संसदभित्र र बाहिर पनि वैचारिक रुपमा स्पष्ट र  योजनावद्ध ढंगले अघि बढ्न सांसदहरुलाई सचेत गराए ।

उनले पार्टीले देश र जनताको हितबाहेक अरु  केही पनि नहेर्ने भएकाले पार्टीका सांसदहरुले पनि आफ्नो पार्टी र पार्टी संसदीय दलको आदेश र निर्देशनलाई दृढताका साथ पालना गर्नुपर्ने तर्क गरे । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x