×

NIC ASIA

डिपोर्ट हुँदै कुख्यात सिरियल किलर

अध्यागमनमा २ घण्टासम्म चार्ल्स शोभराजलाई नजिकबाट नियाल्दा जे देखियो

पुस ८, २०७९

Prabhu Bank
NTC
Premier Steels

सर्वोच्च अदालतको आदेशपछि रिहा भएका कुख्यात सिरियल किलर चार्ल्स शोभराज अध्यागमन विभागको हिरासतमा छन् ।

फ्रान्सेली नागरिक शोभराजलाई उनकै देश फ्रान्स डिपोर्ट गर्नका लागि केन्द्रीय कारागारबाट सिधै अध्यागमन विभागमा लगिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अध्यागमनले कानूनी र कागजी प्रक्रिया पूरा गरेको छ । उनलाई १० वर्षसम्म नेपाल आउन नपाउने गरी डिपोर्ट गर्न लागिएको हो ।


Advertisment
Rupse Holidays
Nabil box

विभागले उनलाई फ्रान्स डिपोर्ट गर्नका लागि फ्रान्सेली दूतावासबाट ट्राभल डकुमेन्ट र पासपोर्ट ल्याउन भनेको थियो । उनका वकिलहरूले हिजै कानूनी प्रक्रिया पूरा गराएका थिए । 

Vianet communication

शोभराज अध्यागमन विभाग छिरेको १ घण्टामै कतार ट्रान्जिट भएर फ्रान्स पुग्ने टिकटको पनि व्यवस्था भइसकेको थियो । 

उनलाई आजै साँझ ६ बजे डिपोर्ट गर्ने तयारी छ ।

शोभराजले अध्यागमनमा जरिवानाबातपतको नेपाली रुपैयाँ ५० हजार समेत बुझाएका छन् । अन्य आर्थिक दायित्व र जरिवाना फरफारक गरेर उनी आफ्नो देश फर्काइँदैछन् ।

‘आई कान्ट पुटआउट माइ क्याप एन्ड ग्लासेज’

केन्द्रीय कारागारबाट चार्ल्स शोभराजलाई प्रहरीले मध्याह्न १२ः४० मा अध्यागमन विभागमा ल्याएको थियो । 

निकै सुरक्षा सावधानी अपनाएर शोभराजलाई अध्यागमन पुर्‍याउन २ वटा गाडी प्रयोग गरिएको थियो ।

पत्रकार र अन्यलाई सुइँको नदिन डमी अपराधीको प्रयोग समेत गरिएको थियो । अर्कै व्यक्ति (डमी अपराधी) देखाएर ध्यान भंग गरी शोभराजलाई सुटुक्क अध्यागमनमा प्रवेश गराइएको हो ।

भित्र लगेपछि कानून शाखामा प्रक्रिया पूरा गर्न करीब ४५ मिनेट लाग्यो । त्यसपछि विभागकी निर्देशक प्रदर्शनी कुमारीको कार्यकक्षमा लगेर बाँकी प्रक्रिया पूरा गरियो ।

फोटो खिच्नका लागि आग्रह गर्दा शुरूमा शोभराजले मानेनन् । तर दूतावासमा आवश्यक परेको भन्दै विभागका कर्मचारीले बारम्बार आग्रह गरेपछि उनी फोटो खिच्न तयार भए । 

उनले फाइबरको निलो ज्याकेट, सिग्नेचर टोपी र चस्मा लगाएका थिए । दूतावासले विनाटोपी र विनाचस्माको फोटो पठाउन भनेको थियो । तर, उनले टोपी र चस्मा खोल्न मानेनन् ।

शोभराजले ‘आई कान्ट पुटआउट माइ क्याप एन्ड ग्लासेज । इट्स माइ सिग्नेचर (क्याप)’ भनेपछि अध्यागमनका कर्मचारी केहीबेर अन्योलमा परे ।

कर्मचारीले केहीबेर सम्झाएपछि बल्ल उनी टोपी र चस्मा निकाल्न तयार भए । प्रहरीको कडा सुरक्षाबीच फोटो खिचियो ।

अध्यागमनमा तिर्नुपर्ने ५० हजार रुपैयाँका लागि उनले फ्रान्सको नम्बरमा एक महिलालाई फोन गरे । 

शुरूमा फ्रान्सेली भाषामा नै कुरा गरेका थिए । अन्तिममा उताबाट अंग्रेजी भाषामा जवाफ आयो– ‘आई विल पे विदिन थर्टी मिनेट्स’ ।

उनले अध्यागमनमा रहँदा निकिता विश्वासको नाम पनि लिए । 

शोभराजको कानून व्यवसायी समेत रहेकी निकिता उनको प्रेमिका भनेर चर्चामा आएकी युवती हुन् ।

अधिकांश समय शान्त नै रहेका शोभराज बेलाबेलामा भने झोक्किएका थिए ।

प्रहरी र शोभराजका वकिलबीच चर्काचर्की

नेपाल प्रहरीका २ जना प्रहरी नायब उपरीक्षक (डीएसपी), २ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) र केही प्रहरी कर्मचारीको कडा निगरानीमा शोभराजलाई ल्याइएको थियो । 

यति कडा सुरक्षा थियो कि प्रहरीले त्यहाँ रहेका कर्मचारी र काम परेर पुगेका अन्य सेवाग्राहीलाई मोबाइल निकाल्न समेत दिएको थिएन ।

त्यसक्रममा केहीबेर प्रहरी र शोभराजका वकिलबीच नोकझोक चल्यो ।

शोभराजका वकिल पहिलो तल्लामा रहेको निर्देशकको कार्यकक्षमा छिर्न खोज्दा प्रहरीले रोक्यो । ती व्यक्तिले आफू शोभराजको वकिल भएकाले भित्र जान दिन आग्रह गरे ।

प्रहरी अधिकृतले जवाफ फर्काए– अहिले तपाईंको काम छैन, बाहिर जान सक्नुहुन्छ ।’

ती वकिल आनाकानी गर्दै थिए ।

प्रहरीका ती अधिकृतले फेरि भने, ‘जानुस्, तपाईंको यहाँ काम नै छैन ।’

ती वकिल झोक्किए । एकछिन चर्काचर्की नै पर्‍यो ।

अध्यागमनका कर्मचारी केहीबेर अलमलमा परे ।

पछि दुवैजना संयमित भएपछि काम अगाडि बढ्यो ।

कुख्यात अपराधी चार्ल्स शोभराज १९ वर्ष ३ महिना नेपालको जेलमा बसेर छुटेका हुन् । २०३२ सालमा पहिलोपटक नेपाल आउँदा उनले अमेरिकी र क्यानेडियन नागरिकको हत्या गरेका थिए । 

त्यतिबेला प्रहरीलाई छक्याएर भाग्न सफल भए पनि २०६० सालमा नेपाल आउँदा उनलाई नेपाल प्रहरीले पक्राउ गरेको थियो ।

अदालतले दोषी ठहर गरी जन्मकैदको सजाय सुनाएपछि उनले झण्डै २ दशक लामो जेलजीवन बिताएका छन् ।

ज्येष्ठ नागरिकले पाउने कैद छूट र स्वास्थ्य अवस्थाका कारण सर्वोच्चले उनलाई रिहा गरेर फ्रान्स डिपोर्ट गर्न आदेश दिएको थियो ।

उनको रिटमा बुधवार नै फैसला भए पनि शुक्रवार मात्र रिहा गरिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

प्रकृतिको नियम

प्रकृतिको नियम

जेठ १९, २०८१

प्रकृतिको नियम के भने जति माथि पुग्यो उति झुक्नुपर्ने, गएको ठाउँ हेर्नैपर्ने, गएको ठाउँमा फर्कनै पर्ने । ठूलाठूला बोइङ्गहरू आकाशमा उड्छन्, बादलपारीको मुलुकमा पुग्छन्, समुद्रपारीको मुलुकसम्म पुग्छन् तर, पनि उनीहरू त्...

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

कर्मचारीले भन्ने 'माथि' कहाँ हो ? को हो ?

जेठ १८, २०८१

राणा शासनकालको प्रशासनिक व्यवस्थामा 'माथि' भन्नाले प्रधानमन्त्रीलाई बुझाउँदथ्यो । राजाको शासनकालमा दरबार वा राजालाई माथि भनिन्थ्यो । कर्मचारीले इमान्दारिता छाडेमा वा अनैतिक काम गरेमा कुरा माथि पुग्दथ्यो ...

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

मधेशमा चीनको उपस्थिति र सुरक्षा संवेदनशीलताका नाममा नेपालीले भोग्नुपर्ने सम्भावित सास्ती

जेठ १६, २०८१

जेठ ६ गते नेपाल–चीनमैत्री मञ्चद्वारा आयोजित एक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको बताउनुका साथै नेपालले कुनै पनि तत्त्वलाई चीनविरुद्धको गतिविधिमा लाग्न ...

x