×

NMB BANK
NIC ASIA

निर्यातमा निराशा

निर्यातमा ८% नगद अनुदान र प्रोत्साहन, तैपनि किन साढे ३५ अर्बले घट्यो निकासी ?

पुस १२, २०७९

NTC
Premier Steels

सरकारले चालू आर्थिक वर्षदेखि ६ प्रकारका नयाँ वस्तुलाई निर्यात अनुदान दिएको छ । यीमध्ये सिमेन्ट निर्यात गर्न शुरू भइसकेको छ ।

Muktinath Bank

सरकारले क्लिङ्कर, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउडलाई पनि निर्यातयोग्य वस्तुको सूचीमा राखेको छ । यी वस्तु निर्यात गर्दा समेत नगद अनुदान दिने व्यवस्था भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्यातमा नगद अनुदानलाई सहजीकरण गर्ने, प्रक्रिया छोटो गर्न र व्यवसायमैत्री बनाउन भदौ ३१ गते निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिमा दोस्रोपटक संशोधन गरेर राजपत्रमा सूचना सार्वजनिक गरेको छ । चालू आर्थिक वर्षको बजेटले घोषणा गरेको ८ प्रतिशतसम्मको नगद अनुदानलाई कार्यान्वयन गर्न, छोटो र सहज प्रक्रियाबाट अनुदान पाउन सक्ने गरी कार्यविधि ल्याएको छ ।


Advertisment
Nabil box
Kumari

कार्यविधि कार्यान्वयन गर्ने र अनुदान पाउने व्यवस्थासहितको विवरण राखेर केन्द्रीय बैंकले भने शुक्रवार मात्रै सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले जारी गरेको निर्यातमा अनुदान प्रदान गर्ने सम्बन्धी कार्यविधिअनुसार विभिन्न ३६ प्रकारका वस्तुमा दाबी गर्न पाइन्छ । यस्तो अनुदान दाबी आर्थिक वर्ष सकिएको ६ महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था छ ।

Vianet communication

सरकारले नगद अनुदान दिएर प्रोत्साहन गर्ने, निर्यात प्रवर्द्धन केन्द्रमार्फत थप सजीकरण गर्ने, व्यवसायीलाई लाभ र राहत दिइरहेको भए पनि निकासी भने घट्दै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको मंसिरसम्मको तथ्यांकअनुसार नेपालबाट हुने निर्यात ३०.६१ प्रतिशतले घटेको छ । 

यस्तो निर्यात साउनदेखि मंसिरसम्मको ५ महिनामा ६७ अर्ब ३० करोड रुपैयाँको मात्रै भएको छ । यस्तो निर्यात गत वर्षको सोही अवधिको तुलनामा ३५ अर्ब ६१ करोड ६० लाख रुपैयाँले घटेको छ । गत वर्ष यो अवधिसम्ममा भएको निर्यात १ खर्ब २ अर्ब ९२ करोड रुपैयाँको थियो ।

निर्यातमा अनुदान पाउन उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था छ । यो व्यवस्था अनुसार व्यवसायीले बाहिरबाट कच्चा पदार्थ आयात गर्ने र भ्यालू एड ३० प्रतिशतभन्दा बढी गरेर निर्यात गर्न पाउँछन् । 

नेपालबाट निर्यात गर्ने र अनुदान पाइने वस्तुहरूमा प्रशोधित चिया, कफी, हस्तकलाका सामान, प्रशोधित छाला, हाते कागज, जडीबुटी, पत्थर निर्यात गर्न पाइन्छ । यीसहित अल्लोका सामान, मिनरल वाटर, बेसार, ताजा तरकारी, फूल, मह, अलैंची, अदुवा, दुग्धजन्य पदार्थ, फलफूल, अम्रिसो निर्यात गर्दा नगद अनुदान पाइन्छ । यसका साथै स्वदेशी कपडा, तयारी पोशाक, गलैंचा, पश्मिना, जुट, गहना, छाला, औषधि निर्यात गर्दा पनि नगद अनुदान पाइन्छ ।

ऊनजन्य वस्तु, धागो, तामाका सामान, जुत्ताचप्पल, क्लिङ्कर, सिमेन्ट, स्टील, कत्था, रोजिन तथा तार्पेन र प्लाइउड निर्यात गर्दा नगद अनुदान दिने व्यवस्था सरकारले गरेको छ । 

पछिल्लो समय नेपालबाट निर्यात हुने प्रमुख वस्तु पाम आयल र सोयाविन आयलको भारत निकासी नहुँदा समग्र निर्यातकै हिस्सा कम भएको छ । निर्यात प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाका अनुसार यी २ वस्तुको निर्यात कम हुँदा गत वर्षको तुलनामा यो वर्ष ५ महिनामा नै ३४ प्रतिशतले निर्यात घटेको छ । 

नेपालबाट निर्यात गर्न सहजीकरण गर्दै गरेको र उत्पादन बढाउनमा जोड दिँदै गरेको भए पनि उत्पादन नै कम हुँदा अरु वस्तुबाट अपेक्षाकृत हिस्सा बढ्न सकेको छैन । सरकारले चालू आवदेखि दिएको ८ प्रतिशतसम्मको नगद अनुदान र थप वस्तुको निकासी अुनमतिले अब बिस्तारै बढ्ने अनुमान गर्न सकिने पनि राणाले बताए । 

राणाका अनुसार विश्वव्यापी आर्थिक मन्दी, कोभिडले पारेको दीर्घकालीन असर र उत्पादनमा अपेक्षा अनुसारको वृद्धि हुन नसक्नु नै निर्यातको हिस्सा कम देखिएको हो । आयात गरेर ल्याउनमै रमाइरहेका व्यवसायी र नेपाली समाजले निर्यातमा जोड दिन सकिरहेको छैन । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा व्यवसायी पशुपति मुरारका भारतले पाम आयल र सोयाविन आयल आयात नगरिदिँदाको असर नेपालको निर्यातमा परेको बताउँछन् । उनका अनुसार नेपालबाट निर्यात हुने प्रमुख वस्तुमा लागेको रोकमा पनि अन्य वस्तुबाट भएको योगदानलाई सकारात्मक रूपमै मान्नुपर्छ । 

नयाँ उत्पादन थपिने, सरकारी नियम र नीतिले सहजीकरण गर्दै जाने, उत्पादन बढाउने प्रयास भइरहेको छ । अहिले जे–जस्तो व्यवस्थामा निर्यात भइरहेको छ, त्यसलाई थप सहजीकरण गर्दै जाँदा भोलिका दिनमा अझै बढ्ने अपेक्षा गर्न सकिन्छ । पछिल्लो समय निर्यात हुन थालेको सिमेन्टले सकारात्मक गति दिने अपेक्षा छ । बिस्तारै क्लिङ्कर र स्टील निर्यात पनि थप हुँदै जान्ने र यसले निर्यातमा उल्लेख्य योगदान गर्ने बुझाइ मुरारकाको छ । 

 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २०, २०८१

काठमाडौंको चण्डोल घर भएका कामोद ढुंगाना २०८० असार ३१ गते वुलिङ एयरको विद्युतीय गाडी (ईभी) किन्न नयाँ बानेश्वरस्थित बज्र ग्रुपको इभी-नेपाल मोटर्स प्रालि पुगेका थिए । अंकित मूल्य (एमआरपी) ३० लाख ९९ हजार रुप...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

बैशाख १८, २०८१

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमा दिन मनाइँने बुद्धजयन्ती एवं लुम्बिनी दिवसको तयारी शुरू भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्धजयन्ती एवं लुम्बिनी दिवसका रुपमा...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x