×

NMB BANK
NIC ASIA

विना विभागीय मन्त्रीहरूको दैनिकी

१७ दिनदेखि बेरोजगार ४ मन्त्री : निवासमा बस्दाबस्दै वाक्क, हाई काढ्दै बित्छ दिन !

पुस २८, २०७९

NTC
Premier Steels

विना विभागीय मन्त्रीहरू विगत १७ दिनदेखि बेरोजगार छन् । पुस ११ गते शपथ लिएका मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खान बेरोजगार बनेका हुन् ।

Muktinath Bank

मन्त्रीको हैसियतमा गर्नुपर्ने कामको जिम्मेवारी नतोकिएका कारण चारैजना सरकारी निवास, पार्टी कार्यालय र संसदीय दलको कार्यालयमा पुगेर 'टाइम पास' गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निवासमा बस्दाबस्दै वाक्क भएपछि पार्टी कार्यालयदेखि संसदीय दलको कार्यालयसम्ममा पुगेर गफिनु र घाम ताप्दै हाई काढ्नु मन्त्रीहरूको दिनचर्या बनेको छ ।


Advertisment
Nabil box
Kumari

विना विभागीय मन्त्रीहरूले कार्यकर्ता भेटघाटदेखि बधाई थाप्नमै अधिकांश समय व्यतित गरिरहेका छन् । मन्त्रिपरिषदको बैठकमा सहभागी हुनुबाहेक अन्य कुनै सरकारी काम गर्न पाएका छैनन् ।

Vianet communication

विना विभागीय मन्त्री ज्वाला साहले जिम्मेवारी नतोकिएका कारण सात दिनका लागि निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश पुगेर आएको बताइन् । नेकपा एमालेको मधेश प्रदेश सह-इन्चार्ज समेत रहेकी उनले प्रदेशमा संसदीय दलको नेता चयन गर्नेदेखि क्षेत्रका जनता भेट्ने कामका लागि त्यता पुगेर फर्किएको बताइन् ।

शपथमा मन्त्री साह

'अहिले न कुनै मन्त्रालय छ, न कुनै जिम्मेवारी छ, त्यसैले क्याबिनेट बैठकबाहेक सिंहदरबार वा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा गएको छैन,' मन्त्री साहले लोकान्तरसँग भनिन्, 'दिनका दिन आफ्नै मिटिङ-सिटिङ, कार्यकर्ता भेटघाट, पार्टी कार्यालय जानेआउने आदि काममा व्यस्त छु ।'

प्रदेश र जिल्लामा गएका कारण कुल दुईवटा मात्र क्याबिनेट बैठकमा सहभागी हुन भ्याएको उनले बताइन् ।

'कुनै जिम्मेवारी नै दिइएको छैन । आजभोलिमा नै त्यसको टुंगो लाग्ला,' उनले थपिन्, 'मलाई यो नै मन्त्रालय दिन्छु भनेर पार्टी अध्यक्षले भन्नुभएको छैन । पार्टीले जे निर्णय गर्छ, त्यो सहर्ष स्वीकार गर्छु ।'

त्यसैगरी विना विभागीय मन्त्रीमा नियुक्त भएका जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान पनि पार्टी कार्यालयमा कार्यकर्ता भेटेर समय बिताइरहेको बताउँछन् ।

'मन्त्री निवास, पार्टी कार्यालय, संसदीय दलको कार्यालयमा आउनुहुने साथीहरूलाई भेटेर समय बिताइरहेको छु,' मन्त्री खानले लोकान्तरसँग भने, 'कतिपय कार्यक्रममा पनि पुगिन्छ । कुनै निश्चित मन्त्रालय नतोकिँदा काम पनि छैन । त्यसकारण साथीहरूसँगको भेटघाटमै समय बिताइरहेको छु ।'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक हुँदा जाने गरेको भए पनि त्यहाँ बस्न कुनै खास ठाउँको व्यवस्था नरहेको उनले सुनाए ।

'प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै पनि बस्ने फिक्स ठाउँ छुट्याइएको छैन,' उनले थपे, 'त्यसकारण धेरैजसो समय अहिले मन्त्री निवासमै बिताउने गरेको छु ।'

मन्त्री बनेपछि एक दिन आफ्नो घर बर्दियाको गुलरिया पुगेर फर्किएको उनले बताए । 'आजभोलिमा जिम्मेवारी प्रदान हुन्छ होला,' उनले थपे, 'उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाउने भनेर एक किसिमको सहमति भएको हो ।'

कार्यकर्ताहरू भेट्न आउँदा अब केही न केही हुन्छ भनेर आश गरेकाले पनि त्यहीअनुसार तयारी गरिरहेको उनले खुलाए ।

ती दुई मन्त्रीहरूले बस्ने निश्चित ठाउँ नभएको भने पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता महादेव पन्थ मन्त्रीहरूलाई कोठा छुट्याइएको बताउँछन् ।

'प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उहाँहरूलाई बस्नका लागि हामीले कोठा छुट्याएका छौं,' पन्थले लोकान्तरसँग भने, 'उहाँहरूले के भन्नुहुन्छ त्यो थाहा भएन । तपाईं आफैं प्रधानमन्त्री कार्यालयमा आएर छुट्याइएको कोठाको फोटो खिचेर लानुस् न त ।'

पन्थले भने जस्तै विना विभागीय मन्त्रीहरूलाई बस्नका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा एउटा कोठा छुट्याइएको छ ।

चौथो तल्लाको कुनामा चारैजनालाई बस्नका लागि कोठा छुट्याइएको हो । एकजना कर्मचारी समेत खटाइए पनि मन्त्रीहरूको नेमप्लेट भने छैन ।

एउटा मात्र कोठा भएकाले नेमप्लेट नलेखिएको त्यहाँ खटिएकी एक महिला कर्मचारीले जानकारी दिइन् ।

मन्त्रीहरूको शपथ

प्रधानमन्त्री कार्यालयमा छुट्ट्याइएको कोठामा विना विभागीय मन्त्री दामोदर भण्डारी मात्र जाने गरेका छन् । पुस २८ गते लोकान्तरकर्मी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जाँदा मन्त्री भण्डारी त्यही कोठामा भेटिए ।

'पार्टी कार्यालयमा कार्यकर्ता मात्र भेट्नुभन्दा दिनहुँ १ देखि २ घण्टा म यहीँ (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय ) आउने गरेको छु,' मन्त्री भण्डारीले लोकान्तरसँग भने, 'पार्टीका कार्यकर्तादेखि अन्य शुभेच्छुकलाई पनि यहीँ भेटघाट गरिरहेको छु ।'

त्यसैगरी अर्का विनाविभागीय मन्त्री राजेन्द्र राई पनि सरकारी निवासमै साथीभाइहरूसँग भेटघाट गरेर समय बिताइरहेको बताउँछन् । 'अहिले त क्वार्टरमै आनन्द छ, मस्ती छ,' मन्त्री राईले लोकान्तरसँग भने, 'साथीभाइहरूसँग भेटघाट भइरहेको छ । सुझाव, सल्लाह तथा माया पाइरहेको छु, आनन्द छ ।'

कहिलेकाहीँ प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा समेत भेटघाट गर्ने गरेको भए पनि धेरैजसो भेटघाट तथा बधाई एवं धन्यवाद साटासाट निवासमै गरिरहेको उनले खुलाए ।

'यत्रोपटक एमपी भइस्, बल्ल मन्त्री बन्न पाइस् भनेर साथीभाइले अपार माया र बधाई दिइरहेका छन्,' उनले थपे, 'मैले यही नै मन्त्रालय पाउनुपर्छ भनेर भनेको छैन । मलाई जुनसुकै मन्त्रालय दिए पनि राम्रो कार्यसम्पादन गर्छु भनेर भनेको छु ।'

मन्त्री भण्डारी

यही पुस ११ गते प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले ७ मन्त्री नियुक्त गरेकी थिइन् ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका लागि मात्र विभागीय मन्त्रालय तोकिएको थियो ।

अन्य ४ मन्त्रीको मन्त्रालय प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र तोक्नेगरी सहमति भएको थियो ।

प्रधानमन्त्रीले मंगलवार विश्वासको मत लिएका छन् । अब बल्ल सत्तारुढ दलहरूबीच मन्त्रालय बाँडफाँडबारे छलफल शुरू भएको छ ।

 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x