×

NMB BANK
NIC ASIA

विमान दुर्घटनामा दोहोरी गायिका निरा छन्त्यालको मृत्यु

माघ १, २०७९

NTC
Premier Steels

आइतवार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा लोकदोहोरी गायिका निरा छन्त्यालको पनि मृत्यु भएको छ ।

Muktinath Bank

दुर्घटनामा विमानमा सवार ६८ जनाको मृत्यु पुष्टि भएको जानकारी नेपाल नागरिक उड्डयन प्राधिकरणले दिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गायिका निराको मृत्यु भएको खबर उनको पारिवारिक स्रोतले पुष्टि गरेको हो । 


Advertisment
Nabil box
Kumari

मृत्यु हुनेहरूको शव पोखरास्थित गण्डकी प्रादेशिक अस्पतालमा राखेर सनाखत गरिएको छ । 

Vianet communication

यात्रुका आफन्त तथा परिवारका सदस्यलाई देखाएर शवको सनाखत गरिएको छ । 

अस्पतालमा रहेका गायिका​ निराका आफन्त गोविन्द पुनले भने, – ‘भर्खर ३० जनाको शव ल्याएको थियो । त्यसमा निराको छैन । फेरि ३२ जनाको ल्याउँदैछ ।’ 

उनले अगाडि थपे, ‘भित्र गएर शव पहिचान गर्न पनि गाह्रो छ । कोहीको टाउको नै छैन । कोहीको आधा अनुहार नै छैन । कोहीको शरीर एकदमै डढेको छ । ति शवहरू देख्दा निराको कस्तो अवस्थामा होला भन्ने कुराले एकदमै आत्तिएको छु ।’ 

निराकी दिदी हिरा छन्त्यालका अनुसार बहिनीले बिहान १० बजे काठमाडौं एयरपोर्टबाट आमालाई फोन गरेर पोखरा जाँदैछु भनेकी थिइन् । 

हिराले भनिन्, ‘पोखरा पुगेर आधा घण्टामा फोन गर्छु है भनेकी रहिछन् । तर, त्यसपछि उनको फोन आएन ।’ 

विमान दुर्घटनामा परेको खबर आएपछि निराका बुवालगायत आफन्त बागलुङबाट पोखरातर्फ जाँदै गरेको उनले बताइन् । 

गायिका निरा माघे सङ्क्रान्तिको अवसरमा आइतवार पोखरामा आयोजित एक कार्यक्रममा सहभागी हुन प्रस्थान गरेकी थिइन् ।

नेपाल छन्त्याल युवा संघ जिल्ला समिति कास्कीले कार्यक्रमको आयोजना गरेको थियो । यद्यपि, उनी चढेको विमान दुर्घटनामा परेको खबरसँग कार्यक्रम स्थगित गरिएको आयोजक संस्थाले जनाएको छ । गायिका निराले पोखरा उडनुअघि तस्वीर पोष्ट गर्दै माघे सङ्क्रान्तिको शुभकामना दिएकी थिइन् । 

उनले शनिबार काठमाडौंमा समेत साङ्गीतिक प्रस्तुति दिएकी थिइन् । काठमाडौंको कार्यक्रमका तस्विर राख्दै उनले लेखेकी थिइन् ‘अब भोलि पोखरामा रमाइलो गर्नुपर्छ ।’ बागलुङकी उनले स्वर दिएका केही लोकदोहोरी गीतहरू स्रोता दर्शकहरूले रुचाएका छन् । यस वर्ष तीजमा समेत उनले नयाँ गीत ल्याएकी थिइन् । लाइभ दोहोरी गायनमा पनि उनी सक्रिय थिइन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x