×

NMB BANK
NIC ASIA

निरा छन्त्यालको शोकमा आज देशभरका दोहोरी साँझ बन्द

माघ २, २०७९

NTC
Premier Steels

पोखरामा आइतवार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा मृत्यु भएकी २२ वर्षीया लोकगायिका निरा छन्त्यालको मृत्युको शोकमा आज देशभरका दोहोरी साँझ बन्द हुने भएका छन् ।

Muktinath Bank

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायिका छन्त्यालको निधनमा सोमबार देशभर शोक मनाउने निर्णय गर्दै दोहोरी साँझ बन्द गर्ने जनाएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रतिष्ठान अध्यक्ष रमेश बिजीको अध्यक्षतामा बसेको प्रतिष्ठानको आइतबार  आकस्मिक बैठकले सोमबार सबै कार्यक्रम रद्द गर्नेदेखि छन्त्यालको निधनमा केन्द्र, प्रदेश र सबै शाखामा शोक मनाउने निर्णय गरेको छ ।


Advertisment
Nabil box
Kumari

गायिका छन्त्यालको निधनले प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको प्रतिष्ठानले सार्वजनिक गरेको विज्ञप्‍तिमा उल्लेख गरिएको छ । 

Vianet communication

‘नेपाली लोकदोहोरी गायनको क्षेत्रमा प्रस्तुतिको हिसाबले अब्बल, मिलनसार, स्टेज कार्यक्रमहरूमा सुन्दर प्रस्तुति दिएर सबैको मन जित्न सफल गायिका छन्त्यालको निधनले राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानलाई अपूरणीय क्षति पुगेको छ’ विज्ञप्‍तिमा भनिएको छ । 

बागलुङ घर भएकी गायिका छन्त्याल एक साङ्गीतिक कार्यक्रममा सहभागी हुन काठमाडौंदेखि पोखरा उडेकी थिइन् ।

उनले विष्णु खत्री, नरेश खाती, प्रकाश पराजुली लगायतसँग सहकार्य गरेर गीतहरू ल्याएकी छिन् । 

लाइभ दोहोरी गायनमा समेत उनी सक्रिय थिइन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x