×

NMB BANK
NIC ASIA

ग्याङ्स्टर ब्लूज : कमजोर कथा, औसत निर्देशन

कात्तिक २०, २०७४

NTC
Sarbottam
Premier Steels
Marvel
शीर्षकमै ग्याङ्स्टर भएपछि चलचित्रको कथामा एक्सन हुन्छ भन्ने दर्शकले पहिल्यै अनुमान गरेका हुन्छन् ।  जस्तो सुकै कथा वा विधाको फिल्म भएपनि त्यसको कथा भने बलियो हुनैपर्छ । तर विडम्बना नै भन्नुपर्ला, ‘ग्याङ्स्टर ब्लूज’ कथामा नै चिप्लिएको छ ।

व्यावसायिक हिसाबले सफल जेरी, होस्टेल, गाजलु लगायतका चलचित्र निर्देशन गरेका हेमराज बीसीबाट दर्शकले सफल चलचित्रको आशा गर्नु स्वाभाविकै हो । तर उनको पछिल्लो चलचित्र ‘ग्याङ्स्टर ब्लूज’ भने कथामै चुकेको छ ।

चलचित्रमा खासै ठूलो ग्याङ्स्टरको कथा पनि छैन । नेपालगञ्जमा काठमाडौंबाट आकाश (आशिरमान देशराज जोशी) फर्केर आएको छ । ऊ आएको खबरले साथी कल्लु (संयम पुरी) आकाशलाई भेट्न घर पुग्छ । कल्लुले काठमाडौंमा ‘काण्ड’ मच्चाएर आएको आकाश भनी नेपालगञ्जका डनहरूलाई सुनाउँछ । पहिलेदेखि नै केटा समूह बनाएर हिँड्ने कल्लुको समूहलाई आकाशको आगमनले राहत मिल्छ ।Gangster Blues

उनीहरू पैसा कमाउन ठेक्कापट्टामा लाग्छन् । आशिरमानको भाइ अपहरणले पनि आकाश र कल्लुको समूहलाई बदलाको बाटोतिर मोडिन बाध्य बनाउँछ । अर्कातिर आकाशले डाक्टर पढ्दै गरेकी स्कूलदेखिकी साथी आना शर्मालाई मन पराउँछ । बिस्तारै यी दुईबीच प्रेम पनि हुन्छ । आकाशले प्रेम, परिवार र पैसा कमाउने मेलोलाई कसरी अगाडि बढाउँदै लैजान्छ भन्ने चलचित्रमा देखाउन खोजिएको छ ।

‘ग्याङ्स्टर ब्लूज’ फितलो कथामा बनेको एक औसत चलचित्र हो ।

फिल्ममा डेब्यु गरेका आशिरमान जोशी चलचित्रको केन्द्रमा छन् । उनी नभएका दृश्य शायदै छन् चलचित्रमा । फिल्मको केन्द्रीय पात्रको भूमिका निभाएका आशिरमानले अभिनयको माध्यमबाट भने आफूलाई केन्द्रमा राख्न सकेका छैनन् । उनको अभिनय फितलो छ । अग्लो कद र आकर्षक अनुहारले आशिरमानलाई आशावादी देखाएको छ तर अभिनय दमदार छैन । एक्सन दृश्यमा उनको अभिनय आकर्षक छ ।

संयम पुरीको अभिनय उनका अन्य चलचित्रको तुलनामा कमजोर छ । उनले मधेसी पात्रको चरित्र निर्वाह गरेका हुन् कि पहाडी भन्नेमा नै अलमल पारिदिन्छन् । संवादको प्रस्तुतिले उनलाई कच्चा बनाइदिएको छ । उनी आफ्नो भूमिकामा फिट लाग्दैनन् ।

‘जेरी’ की आना शर्माको अभिनय पनि औसत छ । रोजिशा शाही ठकुरीले आफ्नो ‘बोल्ड’ भूमिकामार्फत सम्भावना देखाएकी छिन् । पात्रको मूडी अभिव्यक्तिलाई जस्ताको तस्तै उनले निर्वाह गर्न खोज्नु सुखद पक्ष हो । क्याम्पस पढ्दाकी सोझी युवतीको भूमिकामा पनि उनले आफूले उतारेकी छन् ।

बरू प्रमोद अग्रहरी र अनुपम शर्माको अभिनय तारिफयोग्य छ । छोटो भूमिकामा देखिएका प्रमोदले आफ्नो चारित्रिक भूमिकालाई बलियो बनाएका छन् । खलनायकका रूपमा प्रस्तुत भएका अनुपमको अभिनय चरित्र सुहाउँदो छ ।

फिल्मको छायांकन पक्ष सामान्य छ । प्रायः नेपालगञ्जमा शूटिङ गरिएको ‘ग्याङ्स्टर ब्लूज’ लाई कामचलाउ छायांकनमै टारेका छन् शैलेन्द्रध्वज कार्कीले । न फिल्मका कुनै दृश्यले दर्शकलाई लोभ्याउँछ, न त छायांकन पक्षले कथाक्रम अगाडि बढाउन भूमिका नै खेलेको जस्तो लाग्छ ।

कथाले दर्शकको मन जित्न ठूलै कसरत गर्नुपर्छ । चलचित्र मूल कथामा आउँदा मध्यान्तर भइसक्छ । मध्यान्तरपछि फिल्म सकियो कि भन्ने लाग्छ तर कथा अनावश्यक लम्बिन्छ ।

लेखकसमेत रहेका निर्देशक हेमराज बिसीले स्क्रिप्टमै काँटछाँट गर्नुपर्ने थियो । उनले कथामै ख्यालठट्टा गर्दा पूरै फिल्म कमजोर बनेको छ । कथानक नै अनावश्यक लम्बिएको छ अर्थात् फिल्मको मुख्य कमजोरी कथा नै हो । पुरानो विषयवस्तु भएपनि प्रस्तुतीकरणमा नयाँपन दिन सकेको भए सिनेमाको रूप भिन्नै हुने थियो ।

डीएसपीको भूमिकामा देखिएका रामबाबु गुरुङ फिल्ममा जतिबेला पनि घटना भएपछि आइपुग्छन् । अझ भनूँ, कसैको मृत्यु निश्चित भएपछि दृश्यमा टुप्लुक्क आउँछन् ।

पात्रलाई जेलमै कोचिन्छ तर प्रहरीको भूमिका कतै पनि जोड्न आवश्यक ठानिएको छैन । फिल्ममा रामबाबुलाई निडर डीएसपीका रूपमा अर्थ्याइएको छ तर फिल्ममा उनको चरित्र नै कमजोर छ । उनले अघिपछि लिएर हिँड्ने प्रहरीका पात्र लामो कपाल पाल्दै क्याप लगाएर हिँड्ने सामान्य युवाजस्तो लाग्छन् ।

फिल्मको एक्सन पक्ष राम्रै छ । क्लाइमेक्सको द्वन्द्व र दृश्यलाई आकर्षक बनाइएको छ । आशिरमान र आनाको रील प्रेमलाई निर्देशकले मन छुने बनाउने प्रयास गरेका त हुन् तर कथा नै कमजोर हुँदा त्यो प्रेमसमेत शक्तिशाली बन्न सकेको छैन । तोडफोड र धुमधडाका खालका सिनेमा रुचाउनुहुन्छ भने तपाईंलाई यो फिल्म मन पर्न सक्छ ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x