×

NIC ASIA

स्वस्तिमा भन्छिन् – क्यारेक्टर बलियो हुनुपर्छ, भूमिका १–२ मिनेटको भएपनि फरक पर्दैन

माघ १६, २०७९

Prabhu Bank
NTC
तस्वीर : विश्वास खनाल/लोकान्तर
Premier Steels

अभिनेत्री स्वस्तिमा खड्काले चलचित्रमा आफूलाई समय भन्दा क्यारेक्टरले अर्थ राख्ने बताएकी छिन् । 

Muktinath Bank

आइतवार चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को घोषणा कार्यक्रममा बोल्दै उनले क्यारेक्टर बलियो भए आफू जति सानो भूमिकामा पनि अभिनय गर्ने बताएकी हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘५ मिनेट, २ मिनेट वा १ मिनेटको रोल भएपनि त्यसले फरक पार्दैन्’ उनले भनिन् – ‘त्यो क्यारेक्टर कत्तिको बलियो छ भन्ने कुराले अर्थ राख्छ ।’


Advertisment
Nabil box
Kumari

‘पशुपति प्रसाद’मा अभिनेत्री वर्षा सिवाकोटी छोटो भूमिकामा प्रस्तुत थिइन् । यसको सिक्वेल ‘भष्मे डन’मा पनि कतै स्वस्तिमा छोटै भूमिकामा मात्र प्रस्तुत हुन लागेकी हुन् कि भन्ने सञ्चारकर्मीहरूको जिज्ञासामा उनले उक्त कुरा बताएकी हुन् ।

Vianet communication

आजसम्मको चलचित्र करिअरमा आफूले सधै रोल कति मिनेटको हो भन्दापनि कति सशक्त छ भन्ने कुरामा ध्यान दिँदै आएको अभिनेत्री खड्काले बताइन् । 

उनले भनिन्, ‘५ मिनेटमा आफूले कत्तिको सशक्त काम गर्न सक्छु भन्ने कुराले चाहिँ अर्थ राख्छ ।’ 

उनले पछिल्लो समय आफू चलचित्रमा केन्द्रीय भूमिकामा काम गर्न थालेपछि धेरै निर्माताले सानो भूमिकामा अफर गर्न छाडेको समेत गुनासो गरिन् । ‘उहाँहरूलाई मैले सानो रोलमा काम गर्दिनँ होला भन्ने लागेको होला । तर, म २ मिनेटको भूमिकाको प्रतीक्षामा छु’– उनले भनिन् ।

खगेन्द्र लामिछानेको लेखन एवं निर्माण, दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानिया लगायतको अभिनय रहनेछ । 
चलचित्र घोषणा कार्यक्रममा अभिनेत्री खड्काले आफू एक्लै हल गएर ‘पशुपति प्रसाद’ हेरेको समेत स्मरण गरिन् ।

उनले दर्शकको मनमा बसेको चलचित्रको फेन्चाइजमा काम गर्न पाउँदा खुशी लागेको बताइन् । 

फागुनदेखि छायांकनमा जाने ‘पशुपति प्रसाद २ : भष्मे डन’ आउँदो वर्षको दशैँको फूलपातीमा प्रदर्शनमा आउने घोषणा गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १३, २०८०

गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x