×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री एउटा हुने, देश अर्कोले चलाउन खोज्ने लक्षण देखिन लागेको छ : प्रमुख सचेतक लेखक

माघ २३, २०७९

NTC
Premier Steels

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सत्तारुढ गठबन्धनभित्र ठूला घटनाहरू हुने खतरा देखिएको बताएका छन् ।

Muktinath Bank

सोमवार सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले सत्तारुढ गठबन्धनका नेताहरूमा अधैर्यता र विचलन देखिएको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले सरकारको सैद्धान्तिक धरातल समेत कमजोर र विरोधाभाषपूर्ण रहेको भन्दै यसैको परिणाम स्वरूप सरकार अहिलेको अवस्थामा आइपुगेको बताए । उनले सत्तारुढ दलका नेताहरू अत्ताल्लिएको भन्दै त्यसले सत्तारुढ गठबन्धनभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिएको बताए ।


Advertisment
Nabil box
Kumari

सत्तारुढ दलहरूमध्ये नेकपा एमाले सबैभन्दा विचलित भएको उनको भनाई छ । उनले प्रधानमन्त्री एउटा हुने र देश अर्कोले चलाउन खोजेको लक्षण देखिएकाले यसो भएमा सकसपूर्ण स्थिति आउने उल्लेख गरे । 

Vianet communication

उनले भने, ‘यो सरकार जुन ढंगले अगाडि बढिराखेको छ, अथवा यो सरकार जसरी गठन भएको छ यसको सैद्धान्तिक धरातल नै यति कमजोर र यति विरोधाभाषपूर्ण छ कि यो धरातलमा हुने कुरा यही हो, जे भइरहेको छ । एमाले सबैभन्दा ज्यादा विचलित भएको छ । उहाँहरू यति ज्यादा अधैर्य, विचलित भएको जुन देखिएको छ केको लागि हुनुभएको छ भन्ने थाहा छैन । हिजो मैले संसदभित्र जुन रूप देखें । एमाले किन यति धेरै अधैर्य, विचलित भयो भन्ने कुरामा म गम्भीर भएको छु । यो सरकारको सैद्धान्तिक धरातल पनि अत्यन्त कमजोर र विरोधाभाषपूर्ण छ । त्यसैमा के छ त भन्दा प्रधानमन्त्री एउटा हुने, साँच्चिकै देश अर्कोले चलाउन खोज्ने खालको जुन लक्षण देखिन लागेको छ नि त्यसले त झन् ज्यादा सकसपूर्ण स्थिति उत्पन्न हुन्छ । यो सरकारको गतिविधिहरू र सत्ता समीकरणमा रहेका संलग्न भएका नेताहरूको अधैर्यता, प्रस्तुती, विचलन जुन देखिएको छ त्यसले के देखिएको छ भने अहिले सरकारमा भएका दलका केही नेताहरु अत्यन्तै आत्तिएका छन् । अत्तालिएका छन् । उहाँहरुको जुन चिन्ता र अधैर्यता देखिराखिएको छ त्यसले नै सत्ताभित्र केही ठूलै घटनाहरू हुने खतरा देखिराखिएको छ ।’

प्रमुख सचेतक लेखकले कांग्रेसले सत्ता समीकरण परिवर्तन गरेर अर्को समीकरण बनाउन नखोजेको स्पष्ट पारे । आफूहरूले अहिले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताए । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नुपर्छ भनेको कुरालाई उल्लेख गर्दै प्रमुख सचेतक लेखकले राष्ट्रिय सहमति कांग्रेसकै लागि होला भन्ने आफूहरूको बुझाइ रहेको बताए ।

उनले भने, ‘हामीले सत्ता समीकरण परिवर्तन गर्न खोजेको, अर्को समिकरण बनाउन खोजेको त्यस्तो केही पनि होइन । राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनमा हाम्रो ध्यान गम्भीर रूपले गएको छ । त्यो कुरालाई हामीले विशेष ढंगले प्राथमिकताका साथ हेरिराखेका छौं । प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति खोज्नुपर्छ भनिरहनुभएको छ । राष्ट्रिय सहमति कांग्रेसकै लागि त होला नि । अरु कसको लागि होला भन्ने हाम्रो बुझाइ हो ।’

सोमवारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको थियो । भेटलगत्तै सभापति देउवासँग भेट गरेका प्रमुख सचेतक लेखकले ३ नेताहरूबीच समसामयिक परिस्थितिबारे कुराकानी भएको बताए ।

उनले भने, ‘प्रधानमन्त्रीजीले दुवै जना नेताहरूलाई बोलाउनुभयो, समसामयिक परिस्थितिको बारेमा कुरा हो । त्यस्तो खासै केही कुरा छैन । नेताहरू भेटघाट भइराख्छ, भइरहनुपर्छ । राष्ट्रपतिको निर्वाचन आजको छलफलको विषय होइन । सामान्य समसामयिक विषयमा कुराकानी भएको होला नेताहरूका बीचमा । नेताहरूको बीचमा कुराकानी भयो, त्यो आफैंमा राम्रो पक्ष हो ।’ 

समसामयिक राजनीतिक परिस्थितिबारे कुराकानी भए पनि राष्ट्रपति निर्वाचनको सम्बन्धमा कुराकानी नभएको उनको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x