×

NMB BANK
NIC ASIA

गाली आएपछि एलिना भन्छिन् – जानी जानी कसैप्रति गलत धारणा राखेकी छैन

फागुन १, २०७९

NTC
Premier Steels

गायिका एलिना चौहान फेरि चर्चामा आएकी छिन् ।

Muktinath Bank

‘धोकेबाज हौ तिमी’ गीतको कारण चर्चामा रहिरहेकी गायिका चौहान यसपटक एक अन्तवार्तामा दिएको जवाफका कारण चर्चाको केन्द्रमा रहेकी हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अन्तवार्तामा उनले दिएको जवाफको अंश सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । त्यस्ता अंशहरूमा उनको आलोचना गरिएको छ ।


Advertisment
Nabil box
Kumari

शनिवार प्रशारित टेलिभिजन कार्यक्रम ‘द प्रकाश सुवेदी शो’मा अतिथिको रूपमा पुगेकी उनलाई सञ्चारकर्मी प्रकाश सुवेदीले रवि लामिछानेको फोटो देखाएर कुन रूपमा चिन्नुहुन्छ भनेर सोधेका थिए । जवाफमा गायिका चौहानले व्यक्ति चिन्ने भएपछि कुनै पनि रूपमा नचिन्ने बताएकी थिइन् ।

Vianet communication

‘पर्सनल्ली उहाँ यस्तो मान्छे भन्ने थाहा छैन । उहाँ रवि लामिछाने हो भनेर चिन्छु । रुपअनुसार चाहिँ चिन्दिन्’ उनले भनेकी छिन् ।

उक्त जवाफलाई लिएर चौहान अहिले सामाजिक सञ्जालमा ट्रोलसँगै आलोचित बनिरहेकी हुन् । 

अन्तवार्तामा दिएको जवाफको सानो अंशलाई लिएर आलोचित भएपछि गायिका चौहानले आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफूले जानी जानी कसैप्रति गलत धारणा नराखेको बताएकी छिन् । 

‘उक्त कार्यक्रमको ‘कुन रुपमा चिन्नुहुन्छ ?’ भन्ने सेगमेन्टमा रवि दाइको फोटो देखाएर कार्यक्रम संचालकले उहाँलाई कुन रुपमा चिन्नुहुन्छ भनेर गरेको प्रश्नमा मैले उहाँलाई प्रसनल्ली चाहिँ कुन रुपमा चिन्छु भन्नुपर्ने थियो’ उनले लेखेकी छिन् ‘तर अहिलेसम्म देखभेट नभएको र अन्तवार्ता/कार्यक्रम नभएको हुनाले प्रसनल्ली चाहिँ कुनै रुपमा चिन्दिन् भनेर भनेकी थिएँ । रवि दाइ एक कुशल पत्रकार, समाजसेवी र युवा नेता हो । त्यसमा कुनै शंका छैन र सायद नचिन्ने कमै हुनुहुन्छ होला ।’

गायिका चौहानले उक्त अन्तवार्तामा धेरै कुराहरू पनि भनेको भएपनि त्यसको चर्चा नभएको तर टिकटकमा सानो क्लिप्स काटेर अर्थको अनर्थ लगाएर गलत व्याख्या गर्दै हदैसम्म गिरेर गाली गरिरहेको उनको गुनासो छ ।

उनले भावनामा बगेर भन्दापनि अन्तवार्ता हेरेर मात्र धारणा बनाउन अनुरोध गरेकी छिन् । ‘एक पटक आँखा चिम्म गरेर सोच्नु त ! मैले त्यसरी गाली खानुपर्ने केही गरेकी छु र ?’ उनले अनुरोध गरेकी छिन् ‘म हजुरहरुकै छोरी–चेली, दिदी–बहिनि हो त्यसैले त्यति तल झरेर गाली नगरिदिनुहोला ।’

उनले आफूले जानि जानि कुनै गल्ती नगरेको बताउँदै अगाडि भनेकी छिन्, ‘जानी जानी कसैप्रति गलत धारणा राखेकी छैन । तरपनि मेरो कुराले कसैको भावनामा आँच पुगेको भए माफी चाहन्छु ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x