×

NMB BANK
NIC ASIA

ग्यासले निम्त्याएको संकट

ग्यास प्रयोग गर्न नजान्दा हुन्छ प्राय: दुर्घटना, थोत्रा सिलिन्डर र कमसल सामान अर्को कारण

फागुन ४, २०७९

NTC
Premier Steels

ग्यास लीक भएर ‘विस्फोट’ हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् । बुद्धनगरस्थित भाइको घरमा बस्दै आएका भण्डारी गएराति उक्त दुर्घटनामा परेका हुन् । दुर्घटनामा उनकी आमाको निधन भएको छ । नेता भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । 

Muktinath Bank

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालका अनुसार नेता भण्डारी आमाले ग्यास लीक भयो भन्ने जानकारी दिएपछि किचनमा पुगेका थिए । किचनमा बत्ती बाल्नका लागि स्विच थिच्दा ‘स्पार्क’ भएर आगो सल्किएको पाइएको प्रहरीले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले प्रारम्भिक सोधखोज गर्दा उहाँ (चन्द्र भण्डारी)की आमाले बाबु ग्यास लीक भयो भन्नुभएको रहेछ । नेताज्यूले लाइट बाल्दा स्पार्क भएर आगो लागी दुर्घटना भएको देखिएको छ,’ प्रवक्ता रिजालले लोकान्तरसँग भने ।


Advertisment
Nabil box
Kumari

गम्भीर घाइते अवस्थामा नेता भण्डारी र उनकी आमालाई तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याउँदा आमाको शरीर ७० प्रतिशत जलेको अवस्थामा थियो भने नेता भण्डारीको शरीर ३० प्रतिशतको हाराहारीमा जलेको चिकित्सकहरूले बताएका छन् ।

Vianet communication

यो घटनापछि लिक्विफाइड पेट्रोलियम ग्यास (एलपीजी) माथि थप प्रश्न उब्जिएको छ । नेपालमा प्रयोग हुने ग्यासको सिलिन्डर, त्यसलाई ढुवानी गर्ने तरिका र प्रयोग गर्ने तरिकाका विषयमा समेत प्रश्न उठेका छन् ।

मुख्यरूपमा नेपालमा एलपीजी ग्यास प्रयोग गर्न नजान्दा सिलिन्डर पड्केर वा लीक भएर दुर्घटना निम्तिने गरेको विज्ञहरूको भनाइ छ । एलपीजी ग्यास सिलिन्डरका विज्ञ प्रेमलाल महर्जनले अधिकांश दुर्घटना त्यसको प्रयोग गर्न नजान्दा भएको दाबी गरे । 

‘मिस ह्यान्डलिङका कारण ८० प्रतिशत दुर्घटना भएका छन् । त्यसपछि त्यसमा लाग्ने उपकरणहरूका कारणले २० प्रतिशत दुर्घटना भएको देखिन्छ,’ महर्जनले लोकान्तरसँग भने । ग्यास सिलिन्डरसँग प्रयोग गर्ने उपकरणहरू कमसल हुँदा पनि दुर्घटना निम्तिने गरेको उनको भनाइ छ ।

‘हामीले कमसल सामानहरूको प्रयोग गर्छौं । रेगुलेटर आईएसआई मापदण्डको आवश्यकता पर्छ । ३ लेयरको रबरको पाइप चाहिन्छ । चुलोमा पाइप जोड्दा कस्ने ठाउँमा कस्दैनौं त्यसले गर्दा ग्यास लीकेज हुने समस्या पनि छ,’ महर्जनले लोकान्तरसँग भने, ‘अर्को कुरा ग्यास राख्ने वा बाल्ने ठाउँमा बन्द कोठा हुने, झ्याल ढोका बन्द गरेर राख्ने, सिलिन्डर टेबुलमुनि वा टेबुलमाथि राख्ने गरेका छौं, त्यसले पनि दुर्घटना निम्त्याउँछ ।’ 

कम्पनीका तर्फबाट ग्यास सिलिन्डरमा पनि लापरवाही हुने गरेको उनले खुलाए ।

‘हाइड्रोस्टाटेटिक, हाइड्रोलिक परीक्षण गरेको देखिँदैन । लेदो नफाली सिलिन्डर भर्दा खिया लागेको अवस्था समेत थाहा हुँदैन । लेदो फाल्दा खिया लागेको देखिए सिलिन्डर नै फाल्नुपर्छ, तर त्यो गरेको देखिँदैन । ग्यास लीकेज नभएसम्म (थोत्रा सिलिन्डर) प्रयोग गरिरहेको देखिन्छ,’ महर्जनले भने ।

वासरहरूको उचित प्रयोग नहुँदा पनि दुर्घटना निम्तिने गरेको महर्जनले बताए ।

घरमा ग्यास ल्याएर क्वालिटीको सामानहरू प्रयोग गर्ने, हरेकपटक रेगुलेटर बन्द गरेर राख्ने गर्नुपर्छ । यो लिक्विफाइड पेट्रोलियम ग्यास हो, जुन उड्नुभन्दा सहजरूपले तलतिर बगेर जान्छ । यस कारणले तलबाट आगो लाग्ने हुन्छ । ती कुरामा ध्यान दिनुपर्छ । झ्याल ढोका खोलेर मात्र ग्यास खोल्न पनि उनले सुझाव दिए ।

सम्बन्धित निकायले ध्यान दिएनन्– माधव तिमल्सिना अध्यक्ष, उपभोक्ता अधिकार मञ्च 

पछिल्लो समय ग्यास लीक हुने समस्या देखिएको र त्यस विषयमा गुनासो आउने क्रम बढेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

‘हामीले हिजोअस्ति पनि ग्यास लीक भयो भन्ने गुनासो सुनेका थियौं । त्यस विषयमा जनचेतना जगाउन र सम्बन्धित निकायको ध्यान जाओस् भनेर नेपाल आयल निगमका जीएमलाई फोन गरेको थिएँ,’ अध्यक्ष तिमिल्सिनाले भने ।

उनले थपे, ‘सिलिन्डरभित्र भल्भ हुन्छ । ओरिंक हुन्छ । त्यसको परीक्षण गर्नुपर्ने हुन्छ । त्यसलाई प्रयोग गर्ने विषयमा जनचेतना जगाउन भनेको थिएँ ।’ 

खुला सिमाना भएका कारण कम गुणस्तरका सामानहरूका आएको र त्यसलाई नियमन गर्ने निकायले ध्यान नदिँदा समस्या देखिएको छ ।

ग्यास सिलिन्डहरू पनि कमसल र कुच्चिएको समेत प्रयोग भइरहेको तिमिल्सिनाले बताए । शहरी इलाकामा एउटै घरमा २०/२५ वटासम्म ग्यास सिलिन्डर रहेकाले जोखिम झनै बढेको उनको भनाइ छ । भाडाका घरहरूमा त्यस्तो समस्या छ ।

नागरिकको जिउज्यानको सुरक्षा गर्ने सम्बन्धमा राज्यको उचित ध्यान जान नसकेको पनि तिमिल्सिनाले बताए । ‘संविधानले प्रत्याभूत गरेको धारा ४४ अनुसार नागरिकको जिउ ज्यानको सुरक्षाका निम्ति यस्ता विषयमा सरकारले ध्यान दिनुपर्ने हुन्छ, तर त्यसमा सरकार कमजोर देखिएको छ ।’ 

अर्कातिर ठूला ग्यास प्लान्टहरूले बस्ती नै जोखिममा पारिरहेको उनले बताए । धादिङमा ठूल्ठूला ग्यास प्लान्टहरू नजिक–नजिकमा रहेको उदाहरण दिँदै उनले त्यस क्षेत्रको सुरक्षाका लागि पनि विशेष ध्यान दिनुपर्ने धारणा राखे ।

स्वचालित मशिनबाट सिलिन्डर भर्छौं, समस्या हुँदैन– व्यवसायी

नेपालमा लगभग १ करोड २५ लाख एलपीजी सिलिन्डर प्रयोगमा छन् ।

सिलिन्डरहरूको उत्पादन गुणस्तर मापदण्डअनुसार हुने गरेको दाबी नेपाल ग्यास उद्योग संघका अध्यक्ष पुस मल्लीले गरे ।

सिलिन्डर भर्दा हरेकपटक स्वचालित मशिनबाट सफा गर्ने गरिएको र वासर, त्यसभित्रको लेदो तथा सिलिन्डरको गुणस्तर परीक्षण गर्ने गरिएको मल्लीको भनाइ छ ।

‘मशिनले सिलिन्डरका सबै चिजहरूको जाँच गर्छ । त्यसमा कति ग्यास छ, सिलिन्डरको तौल कति छ भन्नेसम्मको परीक्षण स्वचालित हुन्छ । त्यसले गर्दा गुणस्तरमा समस्या छैन,’ अध्यक्ष मल्लीले भने, ‘सील प्याक समेत मशिनले चेक गरेर मात्रै ग्यास वितरण गरिन्छ ।’

ग्यास प्रयोगमा जनचेतनाको कमीले गर्दा समस्या देखिएको उनले बताए । उपभोक्ताले ग्यास सिलिन्डरमा अन्य कमसल सामग्री प्रयोग समस्या हुने गरेको उनको जिकिर छ ।

कहिले–कहिले भयो दुर्घटना

२०७९ जेठ २२ गते काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी वेल्डिङ गर्ने क्रममा ग्यास विस्फोट हुँदा पर्सा जगन्नाथपुर–३ का ३० वर्षीय किशोरी साह र १८ वर्षीय दीपककुमार साह घाइते भएका थिए । 

२०७९ जेठ २१ गते खाना पकाउने सिलिन्डर पड्किँदा तनहुँमा एक बालिकाको मृत्यु भएको थियो । भीमाद नगरपालिका– ९ च्यानडाँडाका शिवनारायण क्षेत्रीको १२ वर्षीय छोरी शुभेक्षा केसी क्षेत्रीको मृत्यु भएको थियो ।

ललितपुर– १५ को औद्योगिक क्षेत्रस्थित सगरमाथा ग्यास प्लान्टमा अक्सिजन सिलिन्डर भर्ने क्रममा ग्यास लीक भएर सिलिन्डर विस्फोट हुँदा ०७९ वैशाख ८ गते वृजमोहन महतोसहित दुईजनाको मृत्यु भएको थियो । ललितपुर– १२ मंगलबजारमा ग्यास सिलिन्डर पड्किँदा २०७८ कात्तिक १९ गते घरधनी लक्ष्मीकृष्ण ताम्राकारसहित चार जनाको ज्यान गरेको थियो भने  घटनामा पाँचजना गम्भीर घाइते भएका थिए ।

काठमाडौंको कालिमाटीमा पानीपुरीका लागि पुरी फुराइरहेको अवस्थामा सिलिन्डरको भल्भ लीक भएर पड्किँदा २०७८ सालमा भारत मोतिहारीका व्यवसायी विक पण्डितसहित दुईजनाको ज्यान गएको थियो ।

बाह्रबिसे नगरपालिका– ८ मानेश्वरास्थित मीनबहादुर तामाङको घरमा ०७८ चैत २० गते साँझ खाना पकाउने क्रममा सिलिन्डर पड्किँदा तामाङका १० वर्षीय छोरा इशाकसहित तीन बालबालिकाको ज्यान गएको थियो ।

यस्तै काठमाडौं ज्याठाका सुमन स्थापितको भुइँतलामा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा २०७५ भदौ २६ गते सात जना घाइते भएका थिए । पानी तान्ने मोटर जोड्ने क्रममा निस्किएको आगोको झिल्काबाट सिलिन्डरमा आगलागी भएको थियो । उक्त घरमा राखिएका ८० वटा अक्सिजन सिलिन्डरमध्ये २५ वटा पड्किएको थियो ।

के छ मापदण्ड ?

एलपी ग्यास नियमावली– २०६५ मा एलपी ग्यास कस्तो अवस्थामा भर्न नहुने र कस्ता उपकरणहरूको प्रयोग गर्नुपर्छ भन्ने विषय खुलाइएको छ ।

‘१४.२ केजीको रातोबाहेक अन्य रंगको सिलिन्डर भएमा, सिलिन्डरमा तरलीकृत पेट्रोलियम ग्यासबाहेक अन्य पदार्थ भएमा, भल्भमा कुनै पनि चिल्लो पदार्थ भएमा, पुनः जाँच गर्नुपर्ने मिति नाघेका सिलिन्डरहरू भएमा र ग्यास सिलिन्डरको पिँध  र घाँटी काटी जोडेको सिलिन्डर भएमा, खाली सिलिन्डरको तौल सिलिन्डरमा उल्लेखित भन्दा बढी भएमा, सिलिन्डर कुच्चिएको वा रिपेयरिङ गरेको भएमा (भर्नुहुँदैन),’ भनिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x