×

NMB BANK
NIC ASIA

मुलुकको अर्थतन्त्र

अर्थतन्त्रको वास्तविक चित्र : सूचक सकारात्मक हुँदा पनि चलायमान हुन सकेन बजार

फागुन ७, २०७९

NTC
Sarbottam
प्रतीकात्मक तस्वीर
Premier Steels
Marvel

अर्थतन्त्रको प्रमुख बाहिरी सूचक सकारात्मक देखिए पनि भित्री अवस्थामा भने अपेक्षाकृत ढंगले सुधार हुन नसकेको देखिएको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो तथ्यांक (चालू आर्थिक वर्ष २०७९/८० को पहिलो ६ महिना)सम्ममा रेमिट्यान्स आय २४ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ पुगेको छ । 

Muktinath Bank

देश भित्रनेभन्दा बाहिरिने रकमबीचको अन्तर अर्थात भुक्तानी सन्तुलन ऋणात्मकबाट धनात्मक भएको छ । भुक्तानी सन्तुलनको मापक शोधनान्तर स्थिति गत वैशाखमा २ खर्ब ८८ अर्ब ५० करोड रुपैयाँ ऋणात्मक थियो । उक्त अवस्थाबाट सुध्रिएर पुसमा ९७ अर्ब १० करोड रुपैयाँले शोधनान्तर स्थिति बचतमा गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वैशाखमा ९ अर्ब २८ करोड डलरमा झरेको डलर सञ्चिति बढेर १० अर्ब ३० करोड डलर हुन पुगेको छ । सरकारी खातामा पनि १ खर्ब ९९ अर्ब १५ करोड रुपैयाँ सञ्चिति छ  । 


Advertisment
Nabil box
Kumari

बैंकहरूमा निक्षेप संकलन असारको तुलनामा माघसम्ममा आइपुग्दा २ खर्ब रुपैयाँले बढेको छ भने कर्जा प्रवाह पनि १ खर्ब १५ अर्ब रुपैयाँ भएको छ । मूल्यवृद्धि ७ प्रतिशतकै दायरामा रहेकोसहित अर्थतन्त्रका अधिकांश बाहिरी सूचक सकारात्मक नै छन् । तर, अर्थतन्त्रको भित्री अवस्था भने कमजोर नै रहेको देखिएको छ ।

Vianet communication
Laxmi Bank

सरकारले लक्ष्यभन्दा २४ प्रतिशत कम मात्र राजस्व संकलन गर्न सकेको छ । थप स्रोतको व्यवस्थापन हुन नसक्ने अवस्था औंल्याउँदै १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेटलाई २ खर्ब ४४ अर्ब रुपैयाँ घटाइएको छ ।

चालू मात्र हैन पूँजीगत खर्च समेत ३ खर्ब ८० अर्ब रूपैयाँबाट घटाएर ३ खर्ब १३ अर्ब रूपैयाँमा सीमित गरी संशोधित बजेट सार्वजनिक गरिएको छ ।

अर्थतन्त्रमा संकुचन आउन थालेको र यसलाई सुधार गर्नुपर्ने भन्दै अत्यावश्यकबाहेकमा मन्त्रालयगत खर्च कटौती गर्ने निर्णय सरकारले गरेको छ । अर्थ मन्त्रालयले गत महिना वार्षिक साढे २४ अर्ब रुपैयाँ खर्च कटौती गर्ने निर्णय गरेको छ । बजारमा पैसाको अभाव बढिरहेको छ । विभिन्न क्षेत्रमा हुने कारोबारमा कमी आइरहेको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार गत असोजमा बजारमा ६ खर्ब २५ अर्ब बराबर रूपैयाँ चलनचल्तीमा थियो । यस्तो रकम पुसमा आइपुग्दा १ खर्ब ३ अर्ब रुपैयाँले घटेर ४ खर्ब ९५ अर्ब रूपैयाँमा सीमित भएको छ । 

स्रोतको व्यवस्थापन हुन नसक्दा खर्च कटौती गरेर अर्थतन्त्रलाई खुम्च्याउनु पर्ने अवस्था आएको अर्थविद्हरू बताउँछन् ।

बजेट घटाउनु भनेको अर्थतन्त्रलाई खुम्च्याउनु नै भएको अर्थशास्त्री शिवराज अधिकारीको तर्क छ । सरकारी तथ्यांकले अर्थतन्त्र चलिरहेको छ भन्ने देखाए पनि भित्री अवस्थाको वास्तविक चित्र नआएको अधिकारीले बताए ।

उनले भने, ‘लगानी गरिसकेपछि रिसाइकल हुनुपर्‍यो । उत्पादन हुनुपर्‍यो । उत्पादन भएर बजारमा जाने र बजारले फेरि उद्योगलाई चलायमान बनाउने हो । यसका लागि स्रोत परिचालन कति भयो र कसरी भइरहेको भनेर हेर्नुपर्ने हुन्छ,’ उनले भने, ‘अर्थतन्त्रका बाहिरी सूचक पछिल्लो ६ महिनामा राम्रो भएको हो तर बजार कसरी चलेको छ भनेर पनि हेरिनुपर्ने हुन्छ । सूचक मात्रै हेरेर हुँदैन अर्थतन्त्रको प्रणाली कसरी चलेको छ भनेर समेत हेरिनु महत्त्वपूर्ण हुन्छ ।’ 

बैंकहरूले प्रवाह गरेको ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी)भन्दा बढी रहेको देखिएको छ । त्यो ऋण कहाँ गयो र त्यसले अर्थतन्त्रलाई कति सपोर्ट गर्‍यो भनेर खासै खोजीनीति भएको देखिन्न । अहिले अर्थतन्त्रको दिशा कता मोडिएको छ र बजार किन चलायमान भएन भनेर हेर्ने र त्यसलाई समाधान गर्ने उपाय खोज्न ढिला भइरहेको अधिकारीले बताए ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीका अनुसार हिजोका दिनमा सबै अवस्था ठीक थियो आज मात्रै बिग्रिएको भन्ने हैन । विस्तारै बिग्रिँदै जाँदा आजको अवस्थामा आइपुगेको हो । उनका अनुसार मुद्रास्फीति बढेको छ । कर्जा नियन्त्रणमा छ भने अर्थतन्त्रको घाँटी चारैतिरबाट थिचेर राजस्व घटेको देखिएको छ । 

‘बजारको माग नहुनु नै अहिलेको समस्या हो । अर्थतन्त्र जाममा परेर बसेको छ जसले गर्दा खपत नै कम छ,’ उनले भने । 

बजारबाट कर्जाको माग नै कम आएको उनले जानकारी दिए ।

सूचकहरू सकारात्मक हुँदा पनि बजार चलायमान नहुनुलाई आमजनताको अपेक्षाका क्षेत्रमा काम नभएको भनेर बुझ्नुपर्ने नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बताए । ‘केन्द्रीय बैंकले अर्थतन्त्रको एउटा पाटो मात्रै देखाउने गर्छ, त्यसले आमनागरिकको चासो सम्बोधन गर्ने म्यान्डेड राख्दैन । सोही कारण भित्री अवस्था तथ्यांकमा आउँदैन,’ थापाले भने ।

अर्थतन्त्र सुधारका लागि अर्थमन्त्रालय र राष्ट्र बैंकसहित राष्ट्रिय योजना आयोग, विभिन्न मन्त्रालय, प्रदेश तथा स्थानीय सरकार सबैको भूमिका प्रभावकारी हुनुपर्ने बुझाइ थापाको छ । ‘सरकारले ठूला पूर्वाधार किन पूरा भएन ? आम नागरिकका दैनिक जीवनसँग जोडिने विषयमा सुधार किन आएन ? भनेर पनि हेर्नुपर्छ,’ थापाले भने, ‘बैंकिङ क्षेत्रबाट जाने कर्जा घट्नु, सरकारको खर्च कटौती हुनुसहितका सबै पक्षको विश्लेषण गरेर अगाडि बढ्नुपर्ने अवस्था छ ।’ 

सम्बन्धित निकायहरूबीच समन्वय जति प्रभावकारी हुन सक्यो उति छिटो अर्थतन्त्र रिकभर हुँदै जाने उनले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x