×

NMB BANK
NIC ASIA

चलचित्र

कस्तो छ दीपक–दीपाको चलचित्र ‘छक्का पञ्जा ४’ ?

फागुन २०, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

हामीकहाँ अक्सर लभस्टोरी, एक्सन र सामाजिक चलचित्रहरू नै बढी मात्रामा बन्दै आएका छन् । 

Muktinath Bank

यस्तोमा राजनीतिक चलचित्र भने नेपालमा विरलै बन्छन् । कथाभित्र कताकति थोरै समावेश गरे पनि राजनीतिलाई नै मुख्य विषयवस्तु बनाएका चलचित्रहरु दुर्लभै छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शुक्रवारदेखि प्रदर्शनमा आएको मल्टिस्टारर ‘छक्का पञ्जा ४’ त्यसैमध्येको एक चलचित्र हो, जुन शतप्रतिशत राजनीतिक विषयवस्तुमा आधारित छ ।  


Advertisment
Nabil box
Kumari

गाउँबाट शहर आएका काजीसाप अर्थात् निर्भय सिंह (नीर शाह) पार्टीको अध्यक्षसँगै चार–चार पटक सांसद बनिसकेका छन् । 

Vianet communication
Laxmi Bank

उनको छोरा–बुहारी र नातिको परिवार छ । ‘राजा’ नामबाट परिचित छोरा दिग्विजय सिंह (दीपकराज गिरी) गुण्डागर्दीमा सक्रिय छ । लामो कपाल, अघिपछि पाँच–सात जना लिएर हिँड्ने उसको दैनिकी कुटपिट र झै–झगडा गर्नुमा बित्छ ।

छोराको गुण्डागर्दीका कारण पार्टीभित्र बुवाले समेत गुनासो खेप्दै आइरहेका छन् । 

देशमा प्रतिनिधिसभाको चुनाव नजिकिँदो छ । निर्भय सिंह अन्तिमपटक चुनाव लड्ने तयारीमा छन् । सोहीबखत उनी अचानक बिरामी भएपछि बनेको परिस्थितिका कारण गुण्डागर्दीमा सक्रिय राजा अनायासै राजनीतिमा होमिनुपर्ने हुन्छ । 

राजनीतिमा कहिल्यै लाग्दिनँ भनेका उनी बुवाको अन्तिम इच्छाका खातिर आफ्नो लामो कपाल काटेर राजनीतिमा पाइला चाल्छन् । 

दिग्विजय उम्मेदवार बनेर आफ्नो निर्वाचन क्षेत्रमा पुग्छन् । बाल्यकालका दुई साथी सन्जेल (केदार घिमिरे) र बुद्धि (बुद्धि तामाङ)को साथले राजाले चुनाव जित्छन् पनि । 

अब, सांसद बनेपछि उनले कसरी काम गर्छन् ? गुण्डागर्दीलाई अँगालेरै अगाडि बढ्छन् कि उनको बानीबेहोरामा परिवर्तन आउँछ ? जनताबाट कस्तो प्रतिक्रिया पाउँछन् ? पार्टीभित्र कत्तिको ‘छक्कापञ्जा’ हुन्छ ? २ घण्टा ३० मिनेट लामो चलचित्र यसकै वरिपरि घुम्छ । 

null

अघिल्ला सिरिजमा वैदेशिक रोजगारीले निम्त्याएको समस्या,  युवापुस्ताको विदेश मोहदेखि सरकारी विद्यालयभित्र हुने बेथितिको कथा उठाएका दीपकराज गिरी र दीपाश्री निरौलाले यसपटक राजनीतिलाई मूल कथा बनाएका हुन् । 

राजनीतिलाई लिएर जनतामा देखिएको फ्रस्ट्रेसन, राजनीतिभित्रको विकृति अनि त्यहाँभित्र हुने ‘छक्कापञ्जा’ नै चलचित्रको कथा हो ।  

राजनीतिलाई मुख्य कथा बनाए पनि यसभित्र मायाप्रेम, रोमान्स, सरकारी कार्यालयमा हुने कर्मचारीहरुको ढिलासुस्ती, घुसखोरीदेखि वैदेशिक रोजगारीमा जाँदाको झन्झटसम्मलाई प्रस्तुत गरिएको छ ।

सामाजिक सञ्जालका कारण मानिस कसरी रातारात जनतामाझ हिरो बन्न सक्छन् भन्ने समसामयिक कुरालाई पनि चलचित्रले छोएको छ । 

‘छक्कापञ्जा’ सिरिजको राम्रो पक्ष संवाद हो । ‘छक्कापञ्जा ४’मा पनि दर्शकलाई हँसाइरहने थुप्रै संवाद छन् । 

राजा, शिक्षकको भूमिकामा देखिएका केदार एवं साथीको भूमिकामा देखिएका बुद्धिले बोल्ने थुप्रै पन्चलाइनले दर्शकलाई रोमाञ्चित बनाइरहन्छ । अघिल्ला सिरिजमा जस्तै परिस्थितिजन्य संवादमा जोड दिइएको छ ।​ 

दीपाश्री (रुक्मणी) दीपकराज (राजा)को श्रीमतीको भूमिकामा छिन् । राज आचार्य उनीहरूको छोराको भूमिकामा देखिएका छन् । अभिनेत्री बेनिशा हमालले ‘एलिशा’ नामक युट्युबर पात्रको भूमिका निर्वाह गरेकी छिन् । 

हेमराज बीसी निर्देशित चलचित्रमा निर्मल शर्मा, अनुराग कुँवर, मलिना जोशी, बेदना राई, सुष्मा निरौला, रमेश बुढाथोकी लगायतको समेत अभिनय छ । 

अभिनेत्री स्वस्तिमा खड्कालाई दर्शकहरूले गीतमा हेर्न पाउँछन्, जुन गीत युट्युबमा हिट समेत भइसकेको छ । तर, उक्त गीत सही प्रसंगमा नराखिएको हो कि जस्तो लाग्न सक्छ । 

‘छक्कापञ्जा’का अघिल्ला सिरिजको जस्तै फ्लेवर यसमा पनि पाइन्छ । प्रस्तुतिमा उस्तै शैली देखिन्छ । कलाकारहरूको अभिनयमा पनि त्यति नवीनता देखिँदैन । ​यद्यपि, गुनासो गर्ने धेरै ठाउँ भने छाडेका छैनन् । ​ 

छायाँकन, साउन्डमा पनि खासै अपग्रेड गरिएको देखिँदैन । क्यामरा एंगल, शट डिजाइन र साउन्ड औसत छ । 

केही कमीकमजोरीका बावजूद चलचित्र हेरिरहँदा एकाध ठाउँ बाहेकमा दर्शकहरू त्यति बोर चाहिँ हुनुपर्ने छैन । राजनीतिक कथा भए पनि यसको प्रस्तुतिलाई मनोरञ्जनात्मक शैलीमै सरल रुपमा वाचन गरिएको छ । जसलाई दर्शकहरुले सजिलै बुझ्न सक्नेछन् । मनोरञ्जनका साथमा समाजका थुप्रै समसामयिक विषयवस्तुसँग पनि दर्शकलाई साक्षात्कार गराउन चलचित्र सफल छ ।

चलचित्रले बक्सअफिसमा भने पक्कै राम्रो गर्ने अपेक्षा गर्न सकिन्छ । 

निर्देशक : हेमराज बीसी
कथालेखन :दीपकराज गिरी

कलाकारहरू : दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धि तामाङ, राज आचार्य, बेदना राई, सुष्मा निरौला, नीर शाह, बेनिशा हमाल, रमेश बुढाथोकी इत्यादि 
विधा : कमेडी

​अवधि : २ घण्टा ३० मिनेट

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x