×

NMB BANK
NIC ASIA

मुलुकले पायो नयाँ राष्ट्रपति

राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित

फागुन २५, २०७९

NTC
Premier Steels

कांग्रेस नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

Muktinath Bank

बिहीवाार भएको मतदानमा एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै पौडेल राष्ट्रपतिमा निर्वाचित भएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाैडेलले ३३,८०२ मत प्राप्त गर्दा नेम्वाङले १५,५१८ मत पाए ।


Advertisment
Nabil box
Kumari

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ र प्रदेश सभाका ५५० सांसद मतदाता थिए । जसमा संघीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए । 

Vianet communication

संघीय संसद्का प्रतिसांसद मतभार ७९ र प्रदेशसभाका सांसदको प्रतिसांसद मतभार ४८ तोकिएको थियो । 

पौडेल २०५१ सालको निर्वाचनपछि सभामुख भएका थिए । नेम्वाङ पनि संविधानसभाका पूर्वअध्यक्ष एवं पूर्व सभामुख हुन् ।

दुवै उम्मेदवार मध्यमार्गी नेताको रूपमा परिचित छन् ।

एक दर्जन दलको समर्थन पाएपछि पौडेल राष्ट्रपतिमा सहजै विजयी भएका हुन् ।  

पौडेललाई राष्ट्रपतिमा केन्द्र र प्रदेशसभामा सबैभन्दा ठूलो दल भएको कांग्रेस, तेस्रो ठूलो दल माओवादी केन्द्र, चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत, लोसपा, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाले मतदान गरे ।

यसअघि २०६५ साउनमा कांग्रेसकै डा. राववरण यादव पहिलो राष्ट्रपतिमा निर्वाचित भएका थिए । उनी २०७२ कात्तिक ११ सम्म राष्ट्रपति थिए ।

त्यसपछि एमालेकी विद्या भण्डारी २०७२ कात्तिक ११ गते राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । दोस्रो कार्यकालका लागि २०७४ फागुनमा २९ मा उनी पुनः निर्वाचित भइन् ।

यसअघि तीन कार्यकालमा दुई नेता राष्ट्रपतिमा निर्वाचित भएका थिए । पौडेलको जीतसँगै चौथो कार्यकालका लागि पौडेल तेस्रो राष्ट्रपति निर्वाचित भएका हुन् । उनी कांग्रेसबाट  कार्यवाहक सभापति, उपसभापति, महामन्त्री, पटक–पटक मन्त्री र सांसद भएका नेता हुन् ।

पौडेल २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९ को चुनावमा तनहुँबाट प्रतिनिधिसभामा निर्वाचित हुँदै आएका छन् । पौडेल २०७४ मात्रै प्रतिनिधिसभामा पराजित भएका छन् ।  

पौडेल २००१ असोज २९ मा तनहुँको बाहुन पोखरामा जन्मिएका थिए ।

पौडेल १४ राजनीतिक मुद्दामा जेलजीवन बिताएका थिए । उनले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृत साहित्यमा शास्त्रीसम्मको अध्ययन गरेका छन् । 

पौडेल समकालीन नेताहरूमध्ये लोकतन्त्रप्रति प्रतिबद्ध, निष्ठावान र पारदर्शी नेताको रूपमा परिचित छन् । पौडेलले आफू जिते राजतन्त्रको राष्ट्राध्यक्षको तुलनामा गणतन्त्रको राष्ट्रध्यक्ष कसरी फरक हुन्छ भन्ने देखाउने दाबी गरेका छन् । आफू राष्ट्रपति भएपछि सवारीका नाममा सडक जाम नगराउने प्रतिबद्धता समेत उनले व्यक्त गरेका छन् । 

आफू कांग्रेसबाट राष्ट्रपति चुनिए पनि संविधान रक्षाका लागि निष्पक्ष भएर भूमिका निर्वाह गर्ने उनको भनाइ छ । संविधान र गणतन्त्रको रक्षाका लागि आफू खरो उत्रिने उनले बताएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

x