×

NMB BANK
NIC ASIA

धरापमा लुम्बिनी सरकार

लुम्बिनीमा सरकार फेरबदलको चर्चा : नेतृत्व लिन कांग्रेस र माओवादीबीच हानथाप

चैत ५, २०७९

NTC
तस्वीरमा बायाँबाट चौधरी र महरा
Premier Steels
Marvel

लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का प्रदेशस्तरीय नेताहरूले आ–आफ्नो पार्टीमा दबाब बढाएका छन् ।

Muktinath Bank

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिएलगत्तै एमाले नेतृत्वमा रहेको लुम्बिनी सरकारलाई हटाएर नेतृत्व लिन कांग्रेस र माओवादीका नेताहरूले दौडधूप र दबाबलाई तीव्रता दिएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लुम्बिनी सरकारको नेतृत्व लिन कांग्रेस र माओवादीबीच हानथाप छ । लुम्बिनीमा कांग्रेस–माओवादीसहित नयाँ सत्ता समीकरण बन्ने सम्भावना छ । 


Advertisment
Nabil box
Kumari

राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ गठबन्धनले एमाले नेतृत्वका प्रदेश सरकारहरू संकटतर्फ धकेलिएका छन् ।

Vianet communication
Laxmi Bank

मुख्यमन्त्री लीला गिरी नेतृत्वको सरकारलाई हटाएर कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी र माओवादी संसदीय दलका नेता जोखबहादुर महराले सरकारको नेतृत्वका लागि लबिङ बढाएका छन् ।

८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा ८ दलीय सत्ता गठबन्धनमा ५५ सांसद छन् । मुख्यमन्त्री गिरी ५८ सांसदको समर्थनसहित पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । 

पार्टी सभापति शेरबहादुर देउवाका विश्वासपात्र चौधरीले सभापतिसँगै उपसभापति पूर्णबहादुर खड्का र पूर्व गृहमन्त्री बालकृष्ण खाँणसँग छलफल गरिसकेका छन् । 

महराले पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने भन्दै दबाब बढाएका छन् ।

नेकपा (माओवादी केन्द्र) लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी भइरहेको बताए ।

‘७ गते प्रदेशसभा बैठक आह्वान भएको छ,’ बरालले लोकान्तरसँग भने, ‘सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा छलफल हुँदैछ । हामी सरकारबाट बाहिरिएर सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं ।’

संसद्को पहिलो अधिवेशनको सातौं बैठक मंगलवार १ बजेका लागि बोलाइएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिएर मुख्यमन्त्री गिरीलाई राजीनामा दिन बाध्य पार्ने माओवादीको सोच छ । 

प्रदेशसभाको अघिल्लो कार्यकालमा एमालेका शंकर पोखरेल नेतृत्वको सरकार परिवर्तन भएपछि बाँकी कार्यकाल माओवादी र कांग्रेसले नेतृत्व गर्ने सहमति भए पनि माओवादीले मात्रै सरकारको नेतृत्व गर्‍यो ।

योपटक कांग्रेसलाई प्रदेश सरकारको नेतृत्व दिनुपर्ने दबाब केन्द्रदेखि नै माओवादीमा छ । कांग्रेसका प्रदेश सांसद तथा पूर्वमन्त्री वीरबहादुर रानाले सरकारमा रहेका दलहरूले समर्थन फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने बताए ।

‘केन्द्रको समीकरणअनुसार नयाँ सरकार बन्छ,’ रानाले लोकान्तरसँग भने, ‘योपटक कांग्रेसकै नेतृत्वमा लुम्बिनीमा सरकार बन्छ । योपटक कांग्रेसले अरूलाई छाड्ने कुरा छैन ।’ 

सरकारको नेतृत्व गरेको एमालेले केन्द्रमा अस्थिर राजनीति भए पनि प्रदेशमा त्यसलाई प्रवेश गर्न नदिने भन्दै छलफल अगाडि बढाएको छ ।

सरकारका प्रवक्ता चेतनारायण आचार्यले प्रदेशमा अस्थिरता नल्याउन सरकारमा सहभागी दलहरूलाई आग्रह गरिएको बताए ।

लुम्बिनीमा १० राजनीतिक दल र २ स्वतन्त्र सांसदको प्रतिनिधित्व छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x