×

NMB BANK
NIC ASIA

उपेन्द्र यादवप्रति सीके राउतको कटाक्ष- ३-४ महिना मन्त्री नभई बाँच्नै नसक्ने

चैत १२, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

उपराष्ट्रपतिमा महिलाको अधिकार खोसिएको जनमत पार्टीका अध्यक्ष तथा सांसद सिके राउतले बताएका छन्। 

Muktinath Bank

संघीय संसदको आजको बैठकमा विशेष समय लिँदै राउतले भने, 'संविधानमा सपष्ट व्यवस्था हुँदा हुँदै जुन काम गरियो, त्यो समयमा महिला सभासदहरू आफूले पाएको अधिकारबाट समेत पनि लिन नसक्ने अवस्था देखियो। त्यसप्रति मलाई दुःख लागेको छ। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचनको मिति तय गरेको प्रति पनि राउतले असन्तुष्टि व्यक्त गरे। भने, 'बारा २ मा सभासदको पद खाली हुन पाएको सूचना संघीय सचिवालयमा प्राप्त भएको छैन, उता निर्वाचन आयोगले तुरुन्त निर्वाचन कार्यक्रम वैशाख १० कै लागि घोषणा गरिसक्यो।'


Advertisment
Nabil box
Kumari

उनले यही रफ्तारमा अरू काम पनि देशमा भइदिए धेरै राम्रो हुने आयोगप्रति व्यंग्यात्मक टिप्पणी गरे। 

Vianet communication
Laxmi Bank

जसपा अध्यक्ष उपेन्द्र यादवप्रति कटाक्ष गर्दै उनले भने, 'कसैलाई ३-४ महिना मन्त्रीविना बाँच्चै नसक्ने अवस्था सिर्जना भयो भन्दैमा निर्वाचन आयोगले २० दिनको समय राखेर गराउन मिल्दैन।'

प्रतिनिधिसभाको रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। देशभरका ३ क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो।

बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको उक्त क्षेत्रमा जसपा अध्यक्ष यादवले उम्मेदवारी दिने तयारी गरेका छन्। उक्त विषयलाई लिएर राउतले यस्तो प्रतिक्रिया दिएका हुन्। 

निर्वाचन आयोगले वैशाख १० गते उपनिर्वाचन गराउने निर्णय गरेपछि राउत नेत‌ृत्वको जनमत पार्टीले समय अभाव भएको भन्दै यसप्रति असन्तुष्टि जनाउँदै आएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x