×

NIC ASIA

सरकार विस्तारको तयारी

कांग्रेसबाट यी हुन् मन्त्रीका सम्भावित ८ अनुहार

चैत १४, २०७९

Prabhu Bank
NTC
Premier Steels

यस अघि एमालेले नै लिएका अधिकांश ८ मन्त्रालय लिने तयारी गरेको कांग्रेसबाट मन्त्रीको पनि लगभग टुंगो लागेको बताइएको छ । 

Muktinath Bank

सरकारमा कांग्रेसले अर्थ, परराष्ट्र, रक्षा, कृषि तथा पशुपन्छी, उद्योग वाणिज्य तथा आपूर्ति, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय नै लिने देखिएको छ । यसमा बढीमा २ वटा मन्त्रालय मात्रै हेरफेर हुन सक्ने कांग्रेस स्रोत बताउँछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसबाट नेतृत्व गरेर उपप्रधानमन्त्रीसहित उपसभापति पूर्णबहादुर खड्का सरकारमा जाने बताइन्छ । उनले गृह चाहे पनि यो मन्त्रालय माओवादीले आफैंसँग राख्ने तयारी गरेको छ । तर उनी अर्थ लिएर जाने कि रक्षा मन्त्री भएर सरकारमा जाने भन्ने टुंगोमा पुग्न नसकेको बताइन्छ । 


Advertisment
Nabil box
Kumari

सभापति शेरबहादुर देउवाले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने तयारी गरेपछि खड्का र महतबीच प्रतिस्पर्धा भइरहेको बताइन्छ । यो प्रतिस्पर्धा अर्थमा खड्काले बाजी मारे महतले परराष्ट्र मन्त्रालय सम्हाल्नेछन् । यद्यपि महतको अर्थमन्त्री बन्ने सम्भावना धेरै भएको कांग्रेस सभापति स्रोतको दाबी छ । 

Vianet communication

कांग्रेसले ८ मन्त्रालय पाउँदा देउवा पक्षका ६ र शेखर पक्षका दुई जनाले मन्त्री हुने अवसर पाउनेछन् । 

शेखर पक्षबाट मन्त्रीका लागि धनराज गुरुङ र डिगबहादुर लिम्बू मुख्य दाबेदार छन् । 

देउवा क्याम्पबाट सहमहामन्त्री किशोरसिंह राठौर, एनपी साउद, रमेश रिजाल र सीता गुरुङ मन्त्रीका लागि सबैभन्दा बलिया दाबेदार हुन् । तर पार्टीले पाउने मन्त्रालयको नाम टुंगो लागेर पार्टीले निर्णय नगरेसम्म यी नाममा पनि तलमाथि हुन सक्ने बताइन्छ । 

यीबाहेक संस्थापनबाट मन्त्रीका लागि उदयशमशेर राणा, विनोद चौधरी अर्थमन्त्रीका दाबेदार हुन् । तर देउवाले यो मन्त्रालय महतलाई दिन खोजे पनि उनीहरू परराष्ट्र मन्त्रीको लबिङमा लागेको बताइन्छ । मोहबहादुर बस्नेत, रामहरि खतिवडा, वीरबहादुर बलायर, श्याम घिमिरे, अजय चौरसिया मुख्य दाबेदार छन् । 

युवा नेता प्रदीप पौडेललाई मन्त्री बनाउन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पहल गरिरहेको बताइन्छ । सभापति देउवालाई नै भेटेर उनीहरूले युवा नेता पौडेललाई मन्त्री बनाएर सकारात्मक सन्देश दिन आग्रह गर्दै आएका छन् । 

कांग्रेसले मन्त्री चयन र उपचुनावका लागि उम्मेदवार चयन गर्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक नै भोलिका बिहीबारका लागि सारेको छ । मंगलबार बिहान ९ बजेलाई बोलाइएको बैठक दुई दिन पछाडि सारेको हो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x